माओवादीमा पारदर्शी जीवनशैली र उच्च नैतिकता भएका नेताको खोजी « Khabarhub

माओवादीमा पारदर्शी जीवनशैली र उच्च नैतिकता भएका नेताको खोजी


२२ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समिति बैठकमा नेताहरूको जीवनशैलीलाई लिएर बहस भएको छ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि सोमबार भएको छलफलका क्रममा नेताहरूले नेतृत्वमा स्पष्ट विचार र राजनीतिक दृष्टिकोण खोजेका उपाध्यक्ष अग्नि सापकोटाले बताए।

‘स्पष्ट विचार र स्पष्ट राजनीतिक दृष्टिकोणको प्रष्टतासहित अगाडि बढ्नुपर्छ भन्ने सबैको भनाइ छ । हाम्रो जीवनशैली खुला पुस्तकको पाना जस्तो हुनपर्छ’, उनले बैठकमा उठेका कुराबारे भने, ‘नेताहरू पारदर्शी हुनुपर्छ । उच्च नैतिक चरित्र र सबैको विश्वास जित्ने खालको हुनुपर्छ भन्ने सबैको भनाइ आएको छ ।’

उनले बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सबै नेता–कार्यकर्ताहरू श्रम र उत्पादनमा जोडिनुपर्ने कुरा उठेको बताए । ‘कम्तीमा पनि महिनामा तीन दिन अध्यक्ष पनि श्रममा जोडिनपर्छ भन्ने छ’, उनले भने, ‘बोल्ने सबैले दण्डहीनताको अन्त्य गरिनुपर्छ भन्नु भएको छ ।’

उनले आइतबारको बैठकमा विभिन्न अभियान चलाउने तयारी गरिएको बताउँदै सोमबार काँठको अभियानको कुरा नेताहरूले उठाएको जानकारी दिए ।

‘अब पार्टीलाई सडक र सदनसँग जोड्ने नीतिअनुसार प्रभावकारी बनाउनुपर्छ । सदन छिटोभन्दा छिटो आह्वान गर्न दबाब सिर्जना गर्नुपर्छ । अरु पार्टीसँग पनि कुरा गर्नुपर्छ भन्ने उठाउनु भएको छ’, सापकोटाले भने।

महाधिवेशनमा कसरी जाने भन्नेमा मत नमिलेको उनले बताए । ‘महाधिवेशनमा गर्नेमा सबैको सहमति छ । तर अभियानमा गएर या त्यसपछि मात्रै भन्नेमा अलमल छ । महाधिवेशनको मिति, कार्यतालिका अहिले नै तोकौँ भन्ने अधिकांशको भनाइ छ । कोहीले अहिले नै तोक्नु पर्छ भन्नु भएको छ। महाधिवेशनबारे मिश्रित कुरा आइरहेका छन्’, उनले भने ।

प्रकाशित मिति : २२ पुस २०८१, सोमबार  ६ : २५ बजे

अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले विकासशील मुलुकको विश्व आर्थिक शासन व्यवस्थामा

सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा

रसुवा– भोटेकोशी बाढीका कारण चीनसँगको सीमावर्ती जिल्ला रसुवाको सडक सञ्जाल

ग्रिसको एक्रोपोलिस नजिक भवनमा विस्फोट, दुई अचेत व्यक्तिको उद्धार

एथेन्स- ग्रिसको राजधानी एथेन्सस्थित पर्यटकीय क्षेत्र प्लाकामा शुक्रबार भएको विस्फोटपछि

बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध

बागलुङ– बाढी तथा पहिरोका कारण बागलुङका दुई राष्ट्रिय राजमार्ग शुक्रबार

मौसम प्रतिकूल भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित

मुस्ताङ– मौसम प्रतिकूलता भएसँगै धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङ सुनसान