पाकिस्तानको खैबर पख्तुनख्वामा स्वास्थ्य बजेट २ खर्ब ३२ अर्ब « Khabarhub

पाकिस्तानको खैबर पख्तुनख्वामा स्वास्थ्य बजेट २ खर्ब ३२ अर्ब

खर्च जम्मा ५ अर्ब २९ करोड


२२ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा विगत १० वर्षदेखि पूर्वप्रधानमन्त्री इमरान खानले स्थापना गरेको पाकिस्तान तहरिक ए इन्साफ पार्टीले सरकार चलाइरहेको छ । तैपनि उक्त प्रान्तले लामो समयदेखि स्वास्थ्य संकटको सामना गरिरहेको छ ।

अघिल्लो वर्षजस्तै सन् २०२४ मा पनि प्रान्तीय सरकारले स्वास्थ्य क्षेत्रमा संकटको घोषणा गरेको थियो । तर अझै पनि त्यहाँका बासिन्दा गुणस्तरीय स्वास्थ्य सेवाबाट भने वञ्चित छन् ।

सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको दाबी गरेको भए पनि नतिजा भने सकारात्मक देखिएको छैन । सरकारले स्वास्थ्य क्षेत्रका लागि २ खर्ब ३२ अर्ब पाकिस्तानी रुपैयाँ बजेट विनियोजन गरेको थियो । त्यसमध्ये ३५ अर्ब ७६ करोड रुपैयाँ विकासका परियोजनाका लागि विनियोजन गरिएको थियो ।

विनियोजित कुल बजेटमध्ये केबल १५ प्रतिशत अर्थात् ५ अर्ब २९ करोड रुपैयाँ मात्रै खर्च भएको छ । यति हुँदा हुँदै पनि सरकारले अघिल्लो वर्षको १२ अर्ब रुपैयाँ तिर्न बाँकी नै छ ।

प्रकाशित मिति : २२ पुस २०८१, सोमबार  ६ : ४८ बजे

सिद्धपोखरी मर्मतमा स्थानीयको सहभागिता (तस्बिरहरू)

भक्तपुर– भक्तपुर नगरपालिकाले आफ्नो दीर्घकालीन ‘सम्पदा जोगाउने’ नीति अन्तर्गत ऐतिहासिक

बदनाम गर्न मविरुद्ध संगठित रूपमै अफवाह फैलाइयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूविरुद्ध संगठित रूपमा अफवाह

एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई दियो १३१ रनको चुनौती

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई

सुकुम्वासीको नयाँ सङ्कट: आश्रयस्थलमा बढ्दै लागुऔषध दुर्व्यसनी

काठमाडौँ – थापाथलीस्थित बागमती नदी किनारबाट विस्थापित भई कीर्तिपुरको राधास्वामीस्थित

वसन्त ऋतुको हिमाल आरोहण सकियो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

काठमाडौँ– सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित