प्रचण्डलाई सुदनको सुझाव- दस्तावेजमा योगा राख्ने भए मुन्दुमको बिजुवा पनि अटाऔँ « Khabarhub

प्रचण्डलाई सुदनको सुझाव- दस्तावेजमा योगा राख्ने भए मुन्दुमको बिजुवा पनि अटाऔँ


२२ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


894
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (माओवादी केन्द्र) का नेता सुदन किरातीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक दस्तावेजमा सोमबार सुझाव दिएका छन्।

अध्यक्ष प्रचण्डले आइतबार पेश गरेको राजनीतिक दस्तावेजबारे सुझाव दिँदै नेता किरातीले योगा राख्न नहुने बताएका हुन् ।

‘योगा मानिसको अतिरिक्त क्रियाकलापमा पर्छन् । यसलाई हाम्रो दस्तावेजमा नराखौँ । राख्नै परे मुन्दुमको बिजुवा पनि राखौँ, मर्निङवाक फिजियो लगायत पनि अटाएर जाऊँ।’

प्रचण्डको दस्तावेजका अरु कुरा राम्रो रहेको पनि उनको टिप्पणी थियो । ‘पार्टी धेरै बिग्रिसकेकाले यो दस्तावेज कार्यन्वयन चुनौतीपूर्ण छ । यो प्रतिवेदन कार्यन्वयन गरेर पार्टीलाई रुपान्तरण र पुन:निर्माण गर्न सके हाम्रो दु:खको ओरालो यात्रा सकिएर सुखको उकालो यात्रा हुनेछ’, उनले भनेका छन् ।

आममानिसले प्रचण्डका पालामा असल काम भएको र अहिले केपी शर्मा ओलीको पालामा खराब काम भएको बुझ्न थालेको पनि बताएका छन् ।

‘आममानिसले बुझ्न र भन्न थालेका छन, प्रचण्ड नेतृत्व सरकारले गरेको असल काम र ओली सरकारले गरेको खराब काम । कुनै पनि पार्टी र नेतृत्व (राज्य सञ्चालनका आधार स्तम्भ हुन्’, उनले भने ।

किरातीले एमाले अध्यक्ष ओलीमा स्टालिन र प्रचण्डमा लेनिनभन्दा जनवादी प्रवृत्ति देखिएको बताएका छन् ।

‘पार्टीभित्रको राजनीतिमा ओलीमा स्टालिन प्रवृत्ति देखिएको छ । प्रचण्डमा देखिएको लेनिनभन्दा बढी जनवादी प्रवृत्तिले समग्रमा सकरात्मक अवस्था हाम्रो पार्टीको पक्षमा ल्याएको छ’, उनले भने ।

उनले देशको जिम्मा लिन अनुशासित र शक्तिशाली पार्टी चाहिने पनि बताएका छन् । उनले यही बैठकबाट विषेश अधिवेशनको मिति घोषणा गर्न पनि माग गरेका छन् ।

‘यही बैठकबाट विशेष महाधिवेशन घोषणा गरेर केन्द्रीय समितिलाई आयोजक समितिमा बदलौँ’, उनले भने, ‘प्रचण्ड नेतृत्वको आवश्यकतालाई फेरि पुष्टि गरौँ ।’

उनले हरेक केन्द्रीय सदस्यलाई एक पालिका र महानगरमा एक वडा जिम्मा दिएर संगठन विस्तारलाई तीव्र बनाउनुपर्ने सुझाव पनि बैठकमा दिए ।

उनले पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन सक्रिय राजनीतिमा आउने कुराले सकरात्मक सन्देश नगएको बताएका छन् ।

‘सम्माननीय पूर्व उपराष्ट्रपतिज्यू राजनीतिमा आउने कुराले समाजमा सकरात्मक सन्देश गएको छैन’, उनले भनेका छन् ‘हामीबाटै नयाँ परम्परा र संस्कृतिको आधारस्तम्भ खडा गरौँ । उदारणीय बनौँ । १२ हातको सरस्वतीलाई तीन हातको मन्दिरमा नराखौँ ।’

प्रकाशित मिति : २२ पुस २०८१, सोमबार  ७ : ०३ बजे

पहिराले अरनिको राजमार्ग अवरुद्ध

काठमाडौं – केही दिन यतादेखि परेको वर्षाका कारण आएको पहिराका

एक हजार ५९५ पदाधिकारी एकैपटक पदमुक्त : कुन क्षेत्रमा कति ? (विवरणसहित)

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त

‘मेरो स्कुल’ कृति सार्वजनिक

काठमाडौं – लेखिका मीना खड्काको पहिलो कृति ‘मेरो स्कुल’ सार्वजनिक

कुन-कुन निकायका पदाधिकारीहरू हुँदैछन् पदमुक्त ? (सूचीसहित)

काठमाडाैं – राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष

मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जनालाई पक्राउ