२०२४ मा पाकिस्तानमा आतंककारी आक्रमणका घटनामा ४० प्रतिशतले वृद्धि « Khabarhub

२०२४ मा पाकिस्तानमा आतंककारी आक्रमणका घटनामा ४० प्रतिशतले वृद्धि


२२ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सन् २०२४ मा पाकिस्तानमा आतंककारी आक्रमणका घटनामा ४० प्रतिशतले वृद्धि भएको पाइएको छ । वर्ष सन् २०२४ मा पाकिस्तानमा ९ सय ५ वटा आतंककारी आक्रमणका घटना भएका छन् ।

पाकिस्तान इन्स्टिच्युट फर कनफ्लिक्ट एण्ड सेक्युरिटीले सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२४ मा भएका आतंककारी आक्रमणमा १ हजार १ सय ७७ जनाले ज्यान गुमाएका छन् । यी आक्रमणमा परी अरु १ हजार २ सय ९२ जना घाइते भएका छन् ।

अघिल्लो वर्षको तुलनामा सन् २०२४ मा भएका आक्रमणका घटनामा मृतकको सङ्ख्या २१ प्रतिशतले बढेको छ । यद्यपि घाइतेको सङ्ख्या भने ५ प्रतिशतले घटेको जनाइएको छ ।

मारिने १ हजार १ सय ७७ जनामध्ये ४ सय ८८ जना सर्वसाधारण छन् भने ४ सय ६१ जना सुरक्षा बलका सदस्य छन् । बाँकी २ सय २५ जना भने लडाकु रहेको उक्त प्रतिवेदनमा जनाइएको छ ।

पाकिस्तानी सुरक्षा बलले आतंककारीविरुद्ध गरेको कारबाहीमा भने ७ सय ९२ जना मारिएका छन् । मारिनेमध्ये ७ सय २५ जना लडाकु छन् ।

प्रकाशित मिति : २२ पुस २०८१, सोमबार  ८ : ०९ बजे

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल माघ ७ गते बुधबार माघ

आज २०८२ साल माघ ७ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ७ गते बुधबार माघ

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि