युद्धग्रस्त सुडानमा तीन करोडभन्दा बढीलाई सहायताको आवश्यकता « Khabarhub

युद्धग्रस्त सुडानमा तीन करोडभन्दा बढीलाई सहायताको आवश्यकता


२२ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

पोर्ट सुडान – संयुक्त राष्ट्रसङ्घले सोमबार २० महिने युद्धपछि सुडानमा आधाभन्दा बढी बालबालिकासहित तीन करोडभन्दा बढी मानिसलाई सहायताको आवश्यकता रहेको बताएको छ ।

राष्ट्रसङ्घले ‘अभूतपूर्व मानवीय सङ्कट’ भनेको यस स्थितिमा कूल तीन करोड चार लाख आवश्यकतामा परेका मानिसमध्ये दुई करोड नौ लाख मानिसलाई लक्षित गर्दै चार अर्ब २० करोड डलरको कोष आह्वान गरेको छ । सुडान सेना र अर्धसैनिक ¥यापिड सपोर्ट फोर्सेस (आरएसएफ) बीच सन् २०२३ अप्रिलमा सुरु भएको युद्धले सुडान टुक्रिएको छ र अनिकालको सङ्घारमा पुगेको छ ।

दशौँ हजार मानिस मारिएका छन् र ८० लाखभन्दा बढी आन्तरिक रूपमा विस्थापित भएका छन् । यसले युद्धअघि २७ लाख विस्थापितका अतिरिक्त सुडानलाई विश्वको सबैभन्दा ठूलो आन्तरिक विस्थापन सङ्कटका रूपमा परिणत गरेको छ । युद्धबाट बच्न थप ३३ लाख मानिस सुडानको सीमा पार गरेर भागेका छन् । यसको अर्थ जसको अर्थ युद्धपूर्व अनुमानित पाँच करोड जनसङ्ख्याको एक चौथाईभन्दा बढी अहिले विस्थापित भएका छन् ।

सुडानका पाँच क्षेत्रहरूमा पहिले नै अनिकाल घोषणा गरिएको छ र मेसम्ममा थप पाँच क्षेत्रमा अनिकाल फैलिने अपेक्षा गरिएको । सुडानमा हाल ८१ लाख मानिस भोकमरीको सँघारमा छन् । सुडानको सेना–समर्थित सरकारले अनिकाल भएको अस्वीकार गरेको छ । यद्यपि सहायता संस्थाहरूले नोकरशाही अवरोध र जारी हिंसाले सहायता पहुँचमा अवरोध भएको गुनासो गरेका छन् ।

सेना र आरएसएफ दुवैमाथि भोकमरीलाई युद्धको हतियारको रूपमा प्रयोग गरेको आरोप लगाइएको छ । द्वन्द्वको धेरैजसो समयमा संयुक्त राष्ट्रसङ्घले यस गरिब उत्तरपूर्वी अफ्रिकी देशमा आफ्नो मानवीय प्रतिक्रियाका लागि लक्षित कोषको एक चौथाई पनि जुटाउन सङ्घर्ष गरेको छ । नागरिकहरूमाथि गरिएका अत्याचारका मात्राका बावजुद मध्यपूर्व र युक्रेनका द्वन्द्वहरूको छायाँमा परेर सुडानको युद्धलाई प्रायः विश्वको ‘बिर्सिएको’ युद्ध भनिएको छ ।

प्रकाशित मिति : २२ पुस २०८१, सोमबार  ८ : १९ बजे

माघ १ गतेदेखि नगद कारोबारको सीमा पाँच लाख मात्र

काठमाडौं– आगामी माघ १ गतेदेखि नगद कारोबारको सीमा पाँच लाख

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दैछ । पाटी

नायक अविषेकलाई भन्दा बढी किन गायक केहरलाई ब्रान्डिङ गर्दैछन् निर्देशक राउत ?

काठमाडौं – डेब्यू नायक अविषेक खड्का र डेब्यू नायिका आकृति

विशेष महाधिवेशनका लागि कांग्रेस प्रतिनिधि काठमाडौं आउँदै, भृकुटीमण्डपमा बढ्यो चहलपहल

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशन सुरु हुनुअघि नै काठमाडौंको भृकुटीमण्डप

कांग्रेस नेता एवं पूर्वमन्त्री होमनाथ दाहालको निधन

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री होमनाथ दाहालको निधन भएको