क्यानडाका प्रधानमन्त्रीले दिए राजीनामा « Khabarhub

क्यानडाका प्रधानमन्त्रीले दिए राजीनामा


२२ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


450
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले राजीनामा दिएका छन् । आफ्नो लिबरल पार्टीभित्र बढ्दो असहमतिका कारण उनले राजीनामा घोषणा गरेको अन्तराष्ट्रिय समाचार संस्थाहरुले उल्लेख गरेका छन् ।

अतिरिक्त महसुल बढाउने भनेर अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएको चेतावनीपछि उत्पन्न विश्वासको सङ्कट र अर्थमन्त्री क्रिष्टिष फ्रिल्यान्डको राजीनामापछि उनीमाथि राजीनामाको दबाब बढेको थियो ।

ट्रुडोले राजीनामा दिएपछि उनी तत्कालै प्रधानमन्त्री पद छोड्ने वा नयाँ लिबरल नेताको चयनसम्म पदमा रहने भन्ने कुरा अझै स्पष्ट भएको छैन । उनले २०१३ देखि लिबरल पार्टीको नेतृत्व गर्दै आएका छन् र उनी २०१५ देखि क्यानाडाको प्रधानमन्त्रीका रूपमा कार्यरत थिए ।

पछिल्लो समयमा गरिएको जनमत सर्वेक्षणहरूमा उनको पक्षमा कमजोर नतिजा देखिएपछि उनी दबाबमा परेका थिए । डिसेम्बर महिनामा ट्रुडोका अर्थमन्त्रीले नीतिगत मतभेदका कारण राजीनामा दिएपछि प्रधानमन्त्रीमाथिको दबाब झनै बढेको थियो ।

क्यानाडामा आगामी अक्टोबरसम्म चुनाव सम्पन्न गरिनुपर्ने संवैधानिक प्रावधान छ । तर, जनमत सर्वेक्षणहरूमा ट्रुडो नेतृत्वको लिबरल पार्टीको लोकप्रियता घट्दै गइरहेको र विपक्षी कन्जरभेटिभ पार्टीले ठूलो जीत हासिल गर्ने संभावना देखिएको छ ।

प्रकाशित मिति : २२ पुस २०८१, सोमबार  १० : २० बजे

पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती

पर्वत– पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ

७५ देशको आप्रवासी भिसामा अमेरिकाको रोक : यस्तो छ नेपालसहित देशको सूची

काठमाडौं – अमेरिकाले नेपालसहित ७५ देशका नागरिकलाई आप्रवासी भिसा बन्द

मकरस्नानमा आउने भक्तजनलाई कालीगण्डकीमा निःशुल्क डुङ्गा

नवलपरासी– पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा माघेसङ्क्रान्ति स्नान गर्न आउने तीर्थालुको

थाइल्यान्ड रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुग्यो

थाइल्यान्ड – थाइल्यान्डमा चीन समर्थित उच्च गतिको रेल परियोजनामा बुधबार

माघे सङ्क्रान्ति नेपाली समाजमा किन प्रचलित छ ?

काठमाडौं– माघे सङ्क्रान्ति नेपाली समाजमा गहिरो सांस्कृतिक, धार्मिक र सामाजिक