आज २०८१ साल माघ २४ गते बिहीबारको राशिफल « Khabarhub

आज २०८१ साल माघ २४ गते बिहीबारको राशिफल


२४ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल माघ २४ गते बिहीबार माघ शुक्ल पक्षको नवमी तिथि। द्रोण नवमी व्रत। तदनुसार सन् २०२५ फेब्रुअरी ६ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : धनलक्ष्मी योग परेकाले तपाईंलाई आज चिट्ठा पर्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। शिक्षाका क्षेत्रमा भने गुरुको सल्लाह लिएर अगाडि बढ्नुपर्ने समय छ। अनुत्पादक क्षेत्रको खर्च कटौती गर्नुपर्ने दिन छ।

वृष : तपाईंको कला र गलाको प्रदर्शन गर्ने दिन छ। नाट्य क्षेत्रमा काम गर्दै हुनुहुन्छ भने बढुवा हुनेछ। प्राविधिक शिक्षामा गरेको प्रयास सफल बन्नेछ। व्यापारमा गरेको सानो लगानीबाट सन्तोषजनक आम्दानी हुनेछ।

मिथुन : सञ्चित धन खर्च हुनाले मनमा अशान्ति बढ्नेछ। व्यापारमा फाइदा हुनेछ। दक्षिणको लामो यात्रा नगर्नु उचित हुनेछ। आफूले गर्ने काममा एक्लै अगाडि नबढी सहकार्य गर्नु राम्रो हुनेछ। परिवारमा विवाद नगर्दा फाइदा हुनेछ।

कर्कट : शनिदेव अनुकल भएमा दिन राम्रो छ। दाजुभाइसँगको सहकार्यले फाइदा हुनेछ। भूमी सम्बन्धी कारोबारमा लाभ हुनेछ। शिक्षामा गरेको प्रयास सफल बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

सिंह : कर्मस्थानमा चन्द्रमा पुगेकाले कामलाई निरन्तता दिनु राम्रो हुन्छ। मन अशान्त बन्दा ठुलो घाटा हुनेछ। दाम्पत्य जीवन सुखमय रहनेछ। प्रेम सम्बन्धमा सुधार हुनेछ।

कन्या : स्वास्थ्यले साथ दिनेछ। परिवारले तपाईंलाई अप्ठेरो परिस्थितिमा साथ दिँदा मन शान्त बन्नेछ। प्रेम सम्बन्धमा सुधार हुनेछ। धार्मिक कार्यमा सहभागी हुनु उपयुक्त हुनेछ।

तुला : दक्षिणको लामो यात्रा नगर्नु उचित हुनेछ। स्वास्थ्यको ख्याल नगर्दा समस्या बढ्नेछ। शिक्षामा मिहिनेत गर्नुपर्ने समय छ। दाम्पत्य जीवन सुखमय रहनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक : परिवारको सल्लाह लिएर अगाडि बढेमा दिन सहज छ। सहकर्मी साथीबाट उचित सल्लाह प्राप्त हुनेछ। स्वास्थ्यमा समस्या बढ्नेछ। खानपानमा विशेष ख्याल गर्नुपर्ने दिन छ।

धनु : दिन सामान्य छ। धनको पछाडि लाग्दा इज्जतमा समस्या हुनेछ। स्वास्थ्यको ख्याल गर्नुपर्ने समय छ। उत्तरको लामो यात्रा नगर्नु उचित हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मकर : मनको कुरा सार्वजनिक गर्ने दिन छ। कुरा गुम्स्याएर राख्नाले समस्या बढ्नेछ। राज्यको तर्फबाट तपाईंको काममा साथ र समर्थन प्राप्त हुनेछ। बौद्धिक व्यक्तिसँगको अन्तरक्रियाले मनमा शान्ति मिल्नेछ।

कुम्भ : दक्षिणको लामो यात्रा नगर्नु उचित हुनेछ। खानपानमा ख्याल गरेमा स्वास्थ्यमा सुधार हुनेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ। परिवारको साथ मिल्दा मन शान्त बन्नेछ।

मीन : भगिनी संघ संस्थानको तर्फबाट साथ र सहयोग प्राप्त हुनेछ। सुरुवाती साढेसाती भएकाले बोली र व्यवहारमा एकरुपता देखाउनुपर्ने समय छ। शिक्षामा संघर्ष गर्नुपर्ने समय छ। दान गरेर दिनको सुरुवात गरेमा दिन सहज बन्नेछ।

प्रकाशित मिति : २४ माघ २०८१, बिहीबार  ५ : १२ बजे

आगामी वैशाख १२ देखि स्वयम्भू महोत्सव

काठमाडौं – काठमाडौं महानगरपालिकाले आगामी वैशाख १२ देखि स्वयम्भू महोत्सव

आइतबारदेखि वर्षा पश्चिमतिर विस्तार हुने

काठमाडौं – पछिल्लो तीन दिनदेखि नेपालको गण्डकीदेखि कोशीसम्म वर्षा भइरहेकामा

हाँडेभिर–बगरफाँट–भकिम्ली सडक स्तरोन्नति गरिँदै

म्याग्दी – ट्र्याक खुलेको १८ वर्षपछि हाँडेभिर–बगरफाँट–दुधेखोला हुँदै भकिम्ली जोड्ने

गोरखा दुर्घटना अपडेट : ज्यान गुमाउने सातै जना भारतीय नागरिक

गोरखा – मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेका तीर्थयात्री चढेको

अमेरिकी सेनाका उच्च अधिकारी जनरल भोवेल आइतबार काठमाडौं आउँदै

काठमाडौं – अमेरिकी सेना प्रशान्त (युएसएआरपीएसी) का उप–कमाण्डिङ जनरल जोएल