राजस्व अनुसन्धान कार्यालय पथलैयाबाट ८ मुद्दा दायर | Khabarhub Khabarhub

राजस्व अनुसन्धान कार्यालय पथलैयाबाट ८ मुद्दा दायर


२४ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– राजस्व अनुसन्धान कार्यालय पथलैयाले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ६८ करोड ७३ लाख मागदाबीसहित राजस्व चुहावटसँग सम्बन्धित आठ वटा मुद्दा दायर गरेको छ ।

कार्यालयले गत आर्थिक वर्षको सोही अवधिमा भने ५४ लाख माग दाबीसहित राजस्व चुहावटसँग सम्बन्धित एक मात्रै मुद्दा दर्ता गरेको थियो ।

राजस्व अनुसन्धान कार्यालय पथलैयाका प्रमुख अनुसन्धान अधिकृत हरिप्रसाद शर्माले गत आर्थिक वर्षको ६ महिनाको तुलनामा चालु आवको सोही अवधिमा राजस्व चुहावट सम्बन्धित मागदाबी रकम र मुद्दा संख्या उल्लेखनीय रुपमा वृद्धि भएको जानकारी दिए ।

‘कार्यालयले चालु आवको ६ महिनाको अवधिमा ६८ करोड ७३ लाख राजस्व चुहावट मुद्दा मागदाबी रकमसहित आठ वटा राजस्व चुहावटका मुद्दा दर्ता गरेको छ’ उनले भने ,‘गत आवको सोही अवधिमा राजस्व चुहावट सम्बन्धित एउटा मात्रै मुद्दा दर्ता भएको थियो ।’

कार्यालयले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा राजस्व चुहावट धरौटी दाखिला रकम करिव ९६ प्रतिशत बढी सङ्कलन गरेको छ । कार्यालयले चालु आवको ६ महिनाको अवधिमा राजस्व चुहावट धरौटी दाखिला रकम दुई करोड ९८ लाख सङ्कलन गरेको छ । जबकी गत आवको ६ महिनाको अवधिमा भने एक करोड ५२ लाख धरौटी दाखिला गरेको थियो ।

कार्यालयले गत आर्थिक वर्षको ६ महिनाको तुलनामा चालु आवको सोही अवधिमा भिसिटिएस जरिवाना रकममा पनि १२ लाख ४३ हजार बढी सङ्कलन गरेको छ ।

कार्यालयले चालु वर्षको ६ महिनाको अवधिमा भिसिटिएस जरिवाना रकम ४७ लाख ४३ हजार सङ्कलन गरेको छ भने गत आवको सोही अवधिमा ३५ लाख सङ्कलन गरेको थियो । 

प्रकाशित मिति : २४ माघ २०८१, बिहीबार  १२ : १५ बजे

वर्तमान सरकारले जनताका अपेक्षा पुरा गर्नसक्छ : डा. महत

काठमाडौं– नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले वर्तमान सरकारले जनताको

पाएका अधिकारलाई बलियो बनाउन संविधान संशोधन गर्नुपर्छ : उपप्रधानमन्त्री सिंह

काठमाडौं– उपप्रधान एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले प्राप्त गरेका अधिकारलाई

रिलाइन्स स्पिनिङको नक्कली अडिट धितोपत्र बोर्डमा मिलाइएको प्रचण्डको आरोप

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले

सुरक्षण उपकरण किन्दा घुस – सुनील पौडललाई अर्को भ्रष्टाचार मुद्दा, भारतीय नागरिक दीपक आनन्द पनि तानिए

काठमाडौं- राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलविरुद्ध

रविलाई ५४ लाख धरौटीमा रिहा गर्न आदेश

काठमाडौं- सहारा सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका