‘मम्मी’को प्रिमियरपछि प्रतिक्रिया : डरलाग्दो र अहिलेसम्मै उत्कृष्ट हरर फिल्म ! « Khabarhub

‘मम्मी’को प्रिमियरपछि प्रतिक्रिया : डरलाग्दो र अहिलेसम्मै उत्कृष्ट हरर फिल्म !


२४ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


663
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निर्माण पक्षले साइको थ्रिलर फेमिली ड्रामा जनरामा बनाएको दाबी गरेको फिल्म ‘मम्मी’को बुधबार सुन्धारास्थित एक हलमा प्रिमियर सम्पन्न भएको छ ।

फिल्ममा नायिका प्रियङ्का कार्की, नायिका दिया मास्के र नायक तथा निर्देशक सुलक्षण भारती केन्द्रीय भूमिकामा छन् ।

नायिका प्रियङ्काले यसअघि पनि ‘माला’ र ‘चीँ मुसी चीँ’ जस्ता हरर फिल्ममा अभिनय गरेकी थिइन् । जुन बक्स अफिसमा असफल रहे, दर्शकबाट पनि राम्रो प्रतिक्रिया पाएको थिएन ।

मम्मी फिल्मको गीत ‘म त यसै नक्कली’ सार्वजनिक कार्यक्रममा प्रियङ्काले भनेकी थिइन्, ‘मेरो यसअघिको हरर फिल्ममा दर्शक डराउनु पर्ने दृश्यमा हास्नुहुन्थ्यो । यसले मलाई हरर फिल्म प्रति ट्रमा छ । मैले निर्देशक (समर निरौला’लाई यो पटक त्यस्तो नहोस् भने सजग गराएको छु ।’

यो पटक दर्शक डराउनुपर्ने ठाउँमा डराउलान् त ? फिल्म प्रदर्शन नजिकिँदै गर्दा प्रियङ्कालाई यो प्रश्नले पक्के सताइरहेको होला । खैर, यो प्रश्नको जवाफ प्रियङ्काले भोलिबाट पाउने छिन् । शुक्रबार (भोलि)बाट यो फिल्म प्रदर्शनमा आउँदैछ ।

यद्यपि प्रिमियरपश्चात् आएका प्रतिक्रियाले हरर फिल्मप्रति प्रियङ्काकाले ट्रमा उतार्ने संकेत गर्छ ।

कलाकार तथा निर्देशक दीपाश्रीले हरर खुराकले फिल्म पूरै हेर्न नसकेको प्रतिक्रिया दिइन् । उनले भनिन्, ‘हरर दृश्य आँखा छोप्दै, खोल्दै गरेर हेरेँ । फिल्म हेर्दा डर लाग्यो ।’

दर्शकलाई डर पैदा गर्न सवालमा फिल्म सफल भएको उनको तर्क छ । भन्छिन्, ‘डर पैदा गर्नु भनेको हरर फिल्मको जीत हो । म डराएँ,यो भनेको फिल्मको जीत हो ।’

नायिका केकी अधिकारीले भने ‘मम्मी’लाई अहिलेसम्म बनेको उत्कृष्ट हरर फिल्मको संज्ञा दिइन् । उनले भनिन्, ‘नयाँ निर्देशकको काम हो जस्तो देखिँदैन ।’

नायक सलोन बस्नेतले फिल्मका विभिन्न दृश्यले आफूलाई त्रसित बनाएको प्रतिक्रिया दिए । उनले थपे, ‘त्रसित पार्ने दृश्यहरु मन पर्‍यो । हेर्दा मज्जा आयो । दिया मास्केको प्रस्तुती राम्रो लाग्यो । उहाँले निर्वाह गरेको भूमिका डरलाग्दो छ ।’

त्यस्तै; नायिका नम्रता श्रेष्ठलाई पनि फिल्म हेर्दा डर लागेछ । आफू हरर फिल्मको दर्शक नभएको बताउँदै उनले आधा फिल्म नै हेर्न नसकेको अनुभव सुनाइन् । उनले भनिन्, ‘मलाई फिल्म हेर्दा एकदमै डर लाग्यो । मेरो आँखा बन्द नै थियो । मैले पूरा फिल्म हेर्न सकिनँ ।’

लेखक तथा समीक्षक सामिप्यराज तिमल्सेना पनि ‘मम्मी’ फिल्मलाई अहिलेसम्मकै उत्कृष्ट हरर फिल्म मान्छन् । उनको विश्लेषण, ‘फिल्मका हरेक पक्ष अब्बल छन् । यो फिल्मले एउटा छाप छोड्ने निश्चित छ ।’

प्रिमियरमा उपस्थित अधिकांशले डेब्यू निर्देशक समरको निर्देशकीय क्षमताको समेत प्रशंसा गरे ।

प्रिमियरका थप तस्बिरहरू :

प्रकाशित मिति : २४ माघ २०८१, बिहीबार  २ : ०८ बजे

पश्चिम बंगालका पूर्व विधानसभा उपसभामुख आशीष बनर्जी पार्टी कार्यालयमै झुन्डिएको अवस्थामा भेटिए

काठमाडौं– पश्चिम बंगाल विधानसभा पूर्वउपसभामुख तथा तृणमूल कांग्रेस (टीएमसी) का

विदेशी उपाधिको समकक्षता निर्धारणको जिम्मेवारी अनुदान आयोगलाई

काठमाडौं– विश्वविद्यालय अनुदान आयोगले विदेशी विश्वविद्यालय वा सोसरहका शैक्षिक संस्थाबाट

विपद् जोखिम न्यूनीकरणमा पूर्वतयारी र समन्वयमा जोड

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले सम्भावित विपद्बाट हुने जनधनको क्षति न्यूनीकरणका

क्षयरोग केन्द्र ठिमीबाट ग्यास वितरण, नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौं– नेपाल आयल निगमको समन्वयमा राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरको ठिमीमा

देउवाकै सभापतित्वमा १५औँ महाधिवेशन गर्ने इतर समूहको घोषणा, बढ्यो कांग्रेस विभाजनको जोखिम

काठमाडौं- नेपाली कांग्रेसको संस्थापन इतर समूहद्वारा शुक्रबारदेखि आयोजित राष्ट्रिय भेला