‘मम्मी’को प्रिमियरपछि प्रतिक्रिया : डरलाग्दो र अहिलेसम्मै उत्कृष्ट हरर फिल्म ! | Khabarhub Khabarhub

‘मम्मी’को प्रिमियरपछि प्रतिक्रिया : डरलाग्दो र अहिलेसम्मै उत्कृष्ट हरर फिल्म !


२४ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


663
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निर्माण पक्षले साइको थ्रिलर फेमिली ड्रामा जनरामा बनाएको दाबी गरेको फिल्म ‘मम्मी’को बुधबार सुन्धारास्थित एक हलमा प्रिमियर सम्पन्न भएको छ ।

फिल्ममा नायिका प्रियङ्का कार्की, नायिका दिया मास्के र नायक तथा निर्देशक सुलक्षण भारती केन्द्रीय भूमिकामा छन् ।

नायिका प्रियङ्काले यसअघि पनि ‘माला’ र ‘चीँ मुसी चीँ’ जस्ता हरर फिल्ममा अभिनय गरेकी थिइन् । जुन बक्स अफिसमा असफल रहे, दर्शकबाट पनि राम्रो प्रतिक्रिया पाएको थिएन ।

मम्मी फिल्मको गीत ‘म त यसै नक्कली’ सार्वजनिक कार्यक्रममा प्रियङ्काले भनेकी थिइन्, ‘मेरो यसअघिको हरर फिल्ममा दर्शक डराउनु पर्ने दृश्यमा हास्नुहुन्थ्यो । यसले मलाई हरर फिल्म प्रति ट्रमा छ । मैले निर्देशक (समर निरौला’लाई यो पटक त्यस्तो नहोस् भने सजग गराएको छु ।’

यो पटक दर्शक डराउनुपर्ने ठाउँमा डराउलान् त ? फिल्म प्रदर्शन नजिकिँदै गर्दा प्रियङ्कालाई यो प्रश्नले पक्के सताइरहेको होला । खैर, यो प्रश्नको जवाफ प्रियङ्काले भोलिबाट पाउने छिन् । शुक्रबार (भोलि)बाट यो फिल्म प्रदर्शनमा आउँदैछ ।

यद्यपि प्रिमियरपश्चात् आएका प्रतिक्रियाले हरर फिल्मप्रति प्रियङ्काकाले ट्रमा उतार्ने संकेत गर्छ ।

कलाकार तथा निर्देशक दीपाश्रीले हरर खुराकले फिल्म पूरै हेर्न नसकेको प्रतिक्रिया दिइन् । उनले भनिन्, ‘हरर दृश्य आँखा छोप्दै, खोल्दै गरेर हेरेँ । फिल्म हेर्दा डर लाग्यो ।’

दर्शकलाई डर पैदा गर्न सवालमा फिल्म सफल भएको उनको तर्क छ । भन्छिन्, ‘डर पैदा गर्नु भनेको हरर फिल्मको जीत हो । म डराएँ,यो भनेको फिल्मको जीत हो ।’

नायिका केकी अधिकारीले भने ‘मम्मी’लाई अहिलेसम्म बनेको उत्कृष्ट हरर फिल्मको संज्ञा दिइन् । उनले भनिन्, ‘नयाँ निर्देशकको काम हो जस्तो देखिँदैन ।’

नायक सलोन बस्नेतले फिल्मका विभिन्न दृश्यले आफूलाई त्रसित बनाएको प्रतिक्रिया दिए । उनले थपे, ‘त्रसित पार्ने दृश्यहरु मन पर्‍यो । हेर्दा मज्जा आयो । दिया मास्केको प्रस्तुती राम्रो लाग्यो । उहाँले निर्वाह गरेको भूमिका डरलाग्दो छ ।’

त्यस्तै; नायिका नम्रता श्रेष्ठलाई पनि फिल्म हेर्दा डर लागेछ । आफू हरर फिल्मको दर्शक नभएको बताउँदै उनले आधा फिल्म नै हेर्न नसकेको अनुभव सुनाइन् । उनले भनिन्, ‘मलाई फिल्म हेर्दा एकदमै डर लाग्यो । मेरो आँखा बन्द नै थियो । मैले पूरा फिल्म हेर्न सकिनँ ।’

लेखक तथा समीक्षक सामिप्यराज तिमल्सेना पनि ‘मम्मी’ फिल्मलाई अहिलेसम्मकै उत्कृष्ट हरर फिल्म मान्छन् । उनको विश्लेषण, ‘फिल्मका हरेक पक्ष अब्बल छन् । यो फिल्मले एउटा छाप छोड्ने निश्चित छ ।’

प्रिमियरमा उपस्थित अधिकांशले डेब्यू निर्देशक समरको निर्देशकीय क्षमताको समेत प्रशंसा गरे ।

प्रिमियरका थप तस्बिरहरू :

प्रकाशित मिति : २४ माघ २०८१, बिहीबार  २ : ०८ बजे

कलाकार लक्ष्मी श्रेष्ठको निधन

काठमाडौं – कलाकार लक्ष्मी श्रेष्ठको निधन भएको छ। । चर्चित

काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा

काठमाडौं – काठमाडौं उपत्यकासहित आज देशका विभिन्न क्षेत्रमा वर्षा भएको

आधुनिक सीपसहित पुरानै पेशामा फर्किए बाजुराका कुमाल समुदाय

धनगढी – बाजुरा बाह्विसका कुमाल जाति फेरि माटोका भाँडा बनाउने

ट्रम्प र पुटिनको वार्ता निष्कर्षविहीन भएपछि रुसद्वारा युक्रेनमाथि भीषण आक्रमण

किभ – रूसी सरकारी प्रवक्ताले शुक्रबार एक प्रेस ब्रिफिङमार्फत युक्रेनमाथिको

शल्यक्रिया गरेको केही समयमा मृत्यु, आफन्त आन्दोलित

दाङ – दाङ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुत्केरीको मृत्यु भएपछि