बादलको टिप्पणी- माओवादी ‘जनयुद्ध’ हिंसा नै हो, अब दिवस मनाइरहनुको अर्थ छैन | Khabarhub Khabarhub

बादलको टिप्पणी- माओवादी ‘जनयुद्ध’ हिंसा नै हो, अब दिवस मनाइरहनुको अर्थ छैन


२४ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


537
Shares
  • change font
  • change font
  • change font

धनगढी– नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा (बादल)ले माओवादीद्वारा १० वर्षसम्म सञ्चालित युद्धलाई हिंसा नै भएको टिप्पणी गरेका छन् ।

पार्टीको प्रशिक्षण भेलामा सहभागी हुन अछाम पुगेका थापाले तत्कालीन अवस्थामा माओवादीले सुरु गरेको ‘जनयुद्ध’लाई ‘हिंसा’का रुपमा ब्याख्या गरेका हुन् ।

पत्रकार महासंघ अछामले मंगलसेनमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले दुनियाँमै नभएको ‘जनयुद्ध दिवस’ माओवादीको स्टन्टबाजी मात्रै भएको बताए। 

भने,  ‘जनयुद्ध’ भनेको युद्ध हो । युद्ध भनेको हिंसा हो । हिंसामा मर्ने र मार्ने हुन्छ । यो कुरालाई माओवादीले पनि मान्छ । हिंसा भनेको संघर्षको सर्वोच्च रूप हो । प्रत्येक हिंसा युद्ध होइन । युद्ध भनेको राजनैतिक आन्दोलनको उच्चतम रूप हो ।’

यस्तै थापाले अब ‘जनयुद्ध दिवस’ मनाउनुको कुनै अर्थ नरहेको टिप्पणी पनि गरेका छन् । ‘जनयुद्ध दिवस’ दुनियाँमा मनाइँदैन । तर, माओवादीहरूको यो एक ढङ्गको स्टन्टबाजी हो’, उनले भने, ‘हामीले गणतन्त्र दिवस मनाउने हो । संविधान दिवस मनाउने हो । त्यो मनाइरहेका छौँ । ‘जनयुद्ध दिवस’ मनाउने माओवादीको गलत निर्णय हो ।’ 

तत्कालीन समयमा बादल स्वयम् माओवादीको तेस्रो वरीयताका नेता थिए । उनी युद्धको आर्किटेक्टका रुपमा भूमिका निर्वाह गर्नेमध्येका एक हुन् । सर्वोच्च अदालतले नेकपालाई एमाले र माओवादीलाई पुरानै अवस्थामा हुने गरी दर्ता बदर गर्दा उनी एमालेतिर लागेका थिए ।

अछाम पुगेर दिएको अभिव्यक्ति सुन्दा माओवादी युद्धबारे केपी शर्मा ओली, योगेश भट्टराई र बादलको मत मिलेको देखिन्छ । योभन्दा अगाडि माओवादी युद्धबारे एमालेबाट निष्कासित भीम रावल पनि कडा आलोचक थिए ।  

यस्तै थापाले रावलबारे पनि विभिन्न टिप्पणी गरे । ने, ‘उहाँ (रावल) अहिले हाम्रो पार्टीमा हुनु हुन्न । दशौँ महाधिवेशनको समाप्तिपछि नै उहाँ एमालेमा हुनुहुन्न । दशौँ महाधिवेशनदेखि नै उहाँ एमालेमा हुनुहुन्थेन । महाधिवेशनलगत्तैदेखि उहाँ पार्टीको विधि विधानअन्तर्गत रहनुभएन । त्यही बेला देखिनै पार्टी छाडिसक्नु भएको थियो ।’ 

बादलले अहिले रावल गैरकम्युनिस्ट पार्टी बनाउनेतिर लागेको बताए । ‘मार्क्सवादी दर्शन बोकेको एमाले छोडेर भीम रावल गैरकम्युनिस्ट पार्टी बनाउन लाग्नु भयो, उहाँमा वैचारिक विचलन देखियो’, बादलले भने।

बादलले नेकपा एमाले र नेपाली कांग्रेसको समीकरण ०८४ सम्म जाने बताए । ‘यसलाई भत्काउने कोसिस भइरहेको छ । यो भत्किने सम्भावना छैन’, थापाको दाबी थियो । पछिल्लो समय पार्टी छोड्ने र जोडिने सन्दर्भ जोड्दै आफू कुनै पार्टी छाडेर नआएको, नेकपाकै निरन्तरतास्वरूप एमालेमा रहेको थापाले दाबी गरे । 

‘अर्को पार्टी छोडेर एमालेमा आएको होइन । विचारमा एकरूपमा भएको हुँदा म एमालेमा आएको हुँ । यो नयाँ एमाले हो, पुरानो एमाले होइन । माओवादी केन्द्र र नेकपा एमाले मिलेर नेकपा भएको हो । त्यो नयाँ पार्टी हो’, बादलले बताए ।

पार्टी लाइनबाट विचलित भएर केही सदस्यहरूसहित प्रचण्ड पार्टीबाट निस्किएको बादलले बताए । माधव नेपाल र वामदेव पनि अवसर नपाएर नेकपाको निरन्तरताबाट बाहिर गएको आरोप बादलको छ ।

उनले  भने, ‘प्रचण्ड नेकपा छाडेर माओवादी केन्द्रमा लागे र गुट बनाए । माधव कुमार नेपालजी यहाँबाट फुट्नु भयो नेकपा एस बनाउनु भयो । वामदेव फुट्नु भयो । एकता अभियान बनाउनु भयो । उहाँहरूमा विचलित हुनुभयो ।

म त्यस्तो होइन ’, उनले भने, ‘प्रचण्ड प्रधानमन्त्री हुन पाएनन् , एकल अध्यक्ष हुन पाएनन् । माधव नेपालले प्रधानमन्त्री वा पार्टी अध्यक्ष नपाएर फुटेर गए ।’

आगामी निर्वाचनमा एमालेले बहुमत ल्याएर निर्णायक राष्ट्रिय शक्ति बन्न कसैले रोक्न नसक्ने थापाको दाबी थियो ।

‘मिसन ०८४ मा हुने निर्वाचनमा बहुमत ल्याउनुपर्छ । एमालेले बहुमत ल्याएपछि मात्रै सुखी नेपाली समृद्ध नेपालको परिकल्पना पूरा हुन्छ’, उनले भने , ‘निर्णायक राष्ट्रिय शक्ति बनाएर सरकार चलाउने लक्ष्य छ । त्यो पूरा हुन्छ । त्यसका लागि जनताको मन जित्नेगरी काम गर्न सबै नेता कार्यकर्ताहरूलाई भनेका छौँ ।’ त्यसै अभियान अन्तर्गत अछाम आइपुगेको बादलको भनाई थियो ।

बादल अछाम पुग्दा रावल भने धनगढीमा छन् । रावलकै नेतृत्वका मातृभूमि जागरण अभियानले अछामका वडादेखि पालिकासम्म कमिटी विस्तार अभियान थाले पनि एमालेले बादललाई अछाम पठाएको श्रोतको दाबी छ । उनी पहिलो दिन आमभेला तथा कार्यकर्ता प्रशिक्षणमा सहभागी हुनेछन् । मंगलसेनमा भने एमालेको कार्यकर्ता प्रशिक्षण कार्यक्रम चलिरहेको छ

प्रकाशित मिति : २४ माघ २०८१, बिहीबार  २ : १९ बजे

ढुकुटीको भ्वाङ बढाएका अर्थमन्त्री पौडेल तनावमा, खर्च बढाउन सचिव गुहारे

काठमाडौं – संसद्‌का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा

प्राधिकरणबाट घिसिङलाई हटाइएकामा माओवादी केन्द्रको विरोध

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले नेपाल विद्युत् प्राधिकरणका

कांग्रेसमा विचित्र : नेताजति असहमत, निर्णयकर्ता अदृष्य !

काठमाडौं– सरकारले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई बर्खास्त

कुलमानलाई किन हटाएको ? एमाले नेताका तीनथरी तर्क

काठमाडौं– सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले नेपाल विद्युत प्राधिकरणका कार्यकारी

हितेन्द्रदेवको तर्क- मैले न्याय पाएँ, अब लोडसेडिङ हुँदैन, चाँडै सकारात्मक नतिजा आउँछ

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले पदभार