प्रतिनिधिसभामा रविको सांसद पद निलम्बन फुकुवाको माग | Khabarhub Khabarhub

प्रतिनिधिसभामा रविको सांसद पद निलम्बन फुकुवाको माग


२४ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


882
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सहकारी प्रकरणमा मुछिएका सभापति रवि लामिछानेको सांसद पद निलम्बन फुकुवाको माग गरेको छ । 

प्रतिनिधिसभाको बिहीबारको बैठकको शून्य समयमा रास्वपा सांसद असीम साहले पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेको सांसद पद निलम्बन फुकुवाको माग गरेका हुन् ।  

उनले लामिछानेलाई पदबाट निलम्बन गर्नु पूर्ण गैरकानुनी कार्य भएको पनि जिकिर गरे । संसद कुनै व्यक्ति, दल विशेष र सत्तासत्तारी दलहरूको निजी अखडा नभएको सांसद साहले बताए । 

‘रवि लामिछानेलाई संसद पदबाट निलम्बन गर्नु पूर्ण गैरकानुनी कार्य रहेको छ । संसद कुनै व्यक्तिको, कुनै दल विशेषको वा सत्ताधारीको निजी अखडा होइन,’ साहले भने, ‘हामी सुसंस्कृतिक राजनीतिमा विश्वास गर्छौँ । संसदीय मर्यादालाई ध्वस्त पार्ने काम बदर गरियोस् र रवि लामिछानेको सांसद पद निलम्बन फुकुवा गरियोस् ।’

प्रकाशित मिति : २४ माघ २०८१, बिहीबार  २ : १७ बजे

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित