आयोगले पूर्णता नपाउँदा काम सुरु हुन सकेन « Khabarhub

आयोगले पूर्णता नपाउँदा काम सुरु हुन सकेन


२४ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

झापा– भूमि समस्या समाधान आयोग झापाले कार्यालय स्थापना गरे तापनि काम सुरु गर्न नसकेको जनाएको छ ।

जिल्ला समन्वय समिति चन्द्रगढीको माथिल्लो तलामा कार्यालय स्थापना गरिएको छ। पहिलाको आयोगले गरेको कामलाई नै निरन्तरता दिने आयोगका जिल्ला अध्यक्ष मदन अधिकारीले बताए। 

विगत एक महिना अघि सरकारले आयोगका जिल्ला अध्यक्ष नियुक्ति गरे तापनि सदस्यहरूको नियुक्ति र कर्मचारी व्यवस्थापन हुन नसक्दा काम सुरुवात गर्न नसकेको उनले बताए। 

उनले भने, ‘विगतमा राष्ट्रिय भूमि आयोगले जहाँ पुर्‍याएर काम रोकिएको छ त्यहीबाट निरन्तरता दिने हामीलाई सरकारको निर्देशन छ ।’

उहाँले हाल भूमिहिन दलित, सुकुम्वासी र अव्यवस्थित बसोवासीहरुको विगतको आयोगले गरेको काम अध्ययन गरिरहेको बताउँदै समितिले पूर्णता पाएसँगै कामलाई तीव्र रूपमा अघि बढाउने बताए। अध्यक्ष अधिकारीले जिल्लाका १५ वटै पालिकाहरूमा गरिएका कामहरूको तथ्यांक संकलन गर्ने र सो क्षेत्रको अवस्था बुझ्ने काम गरिरहेको जानकारी दिए । 

‘कार्यालय नियमित रूपमा सुरु गरियो समितिले पूर्णता पाएको छैन’, उनले भने, ‘सदस्यहरु नियुक्ति हुन  र कर्मचारी व्यवस्थापन पनि बाँकी रहेको छ । अध्ययन गर्ने काम मात्र भएको छ । फिल्डमै गएर काम सुरु गर्न सकेको छैन ।’

प्रकाशित मिति : २४ माघ २०८१, बिहीबार  २ : २४ बजे

लुम्बिनीको तेस्रो विकेट लिन सुदूरपश्चिम संघर्षरत दुवै ओपरन आउट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ को बिहीबारको

माइतीघरमा नारा : जेन-जीको आडमा चुरीफुरी, सुशीला सरकार कुरीकुरी (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको माइतीघरमा जेन-जीको समूहले सरकारविरुद्ध प्रदर्शन गरेका छन् । 

श्रीलंकामा भारी वर्षा र पहिरोका कारण ३१ जनाको मृत्यु

एजेन्सी– श्रीलंकामा हाल आएको भारी वर्षा र पहिरोका कारण ३१

सामाजिक सुरक्षा व्यवस्था सामाजिक न्यायको आधार हो : प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले दिगो, सक्षम र सबैसमावेशी सामाजिक सुरक्षा

नेपाल–भियतनाम चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्रिको नयाँ कार्यसमिति चयन

काठमाडौं– नेपाल–भियतनाम चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिको १४औँ साधारणसभाले  व्यवसायी