गगनले मागे भूकम्प र बाढीपीडितलाई राहत र पुनर्निमार्णबारे सरकारसँग जानकारी « Khabarhub

गगनले मागे भूकम्प र बाढीपीडितलाई राहत र पुनर्निमार्णबारे सरकारसँग जानकारी


२४ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले जाजरकोटमा गएको भूकम्प र गत असोजमा आएको बाढीबाट क्षतिग्रस्त संरचना पुनर्निर्माण र पीडितलाई दिइने राहतबारे सरकारको तयारीबारे जानकारी माग गरेका छन् ।

प्रतिनिधिसभाको पाँचौँ अधिवेशनको बिहीबार बसेको दोस्रो बैठकमा उनले जाजरकोटको भूकम्प, असोजको बाढीले पुर्‍याएको क्षतिको पुनर्निर्माण र पीडितहरूलाई दिइने राहतका लागि भइरहेका कामबारे सदनलाई जानकारी गराउनुपर्ने माग गरेका हुन् ।

‘जाजरकोटको भूकम्प, असोजको बाढी, यसका बारेमा गरिएका कामहरू, भइरहेका कुराहरू, स्रोत कसरी जुटाउने सोचिएको छ ?,’ सांसद थापाले बैठकको शून्य समयमा भने, ‘यी सबै कुराहरूबारे सदनलाई जानकारी गराइयोस् । हामी सुन्न पनि चाहन्छौँ, त्यो छलफलमा भाग लिन पनि चाहन्छौँ ।’

उनले असोजबाट बाढीले क्षतिग्रस्त ४१ वटा सडकखण्डको पुनर्निर्माणका लागिमात्रै २५ अर्ब चाहिने र भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण गरी झण्डै एक खर्ब रुपैयाँ चाहिने पनि बताए ।

‘सरकारले बजेटमा छुट्टयाएको जम्मा २१ अर्ब छ । यो पैसा कहाँबाट ल्याउने भन्ने सरकारले सोचेको छ ? यो बर्खाको बेलामा बाटोहरु कसरी बन्छन् ?,’ सांसद थापाले भने ।

उनले असोजको बाढीमा बगेका, भत्किएका घरहरूको अस्थायी आवासको निम्ति मंसिर मसान्तभित्रै अनुदान दिने राष्ट्रिय विपद् व्यवस्थापन परिषद्ले निर्णय गरेको स्मरण गर्दै कतिपयले पहिलो किस्ताको अनुदान पनि राम्रोसँग नपाएको पनि बताए ।

जाजकरकोटको भूकम्पबाट करिब ९२ हजारभन्दा बढी घरहरूको पुनर्निर्माण गर्नुपर्ने आंकलन गरिएको भन्दै उनले भने, ‘पुनर्निर्माण धेरै परको कुरा, दोस्रो किस्ता पनि कतिपयले पाएका छैनन् । उदेक लाग्दो कुरा त डीडीए भर्खरमात्रै भएको छ ।’

प्रकाशित मिति : २४ माघ २०८१, बिहीबार  २ : ३१ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।