गगनले मागे भूकम्प र बाढीपीडितलाई राहत र पुनर्निमार्णबारे सरकारसँग जानकारी « Khabarhub

गगनले मागे भूकम्प र बाढीपीडितलाई राहत र पुनर्निमार्णबारे सरकारसँग जानकारी


२४ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले जाजरकोटमा गएको भूकम्प र गत असोजमा आएको बाढीबाट क्षतिग्रस्त संरचना पुनर्निर्माण र पीडितलाई दिइने राहतबारे सरकारको तयारीबारे जानकारी माग गरेका छन् ।

प्रतिनिधिसभाको पाँचौँ अधिवेशनको बिहीबार बसेको दोस्रो बैठकमा उनले जाजरकोटको भूकम्प, असोजको बाढीले पुर्‍याएको क्षतिको पुनर्निर्माण र पीडितहरूलाई दिइने राहतका लागि भइरहेका कामबारे सदनलाई जानकारी गराउनुपर्ने माग गरेका हुन् ।

‘जाजरकोटको भूकम्प, असोजको बाढी, यसका बारेमा गरिएका कामहरू, भइरहेका कुराहरू, स्रोत कसरी जुटाउने सोचिएको छ ?,’ सांसद थापाले बैठकको शून्य समयमा भने, ‘यी सबै कुराहरूबारे सदनलाई जानकारी गराइयोस् । हामी सुन्न पनि चाहन्छौँ, त्यो छलफलमा भाग लिन पनि चाहन्छौँ ।’

उनले असोजबाट बाढीले क्षतिग्रस्त ४१ वटा सडकखण्डको पुनर्निर्माणका लागिमात्रै २५ अर्ब चाहिने र भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण गरी झण्डै एक खर्ब रुपैयाँ चाहिने पनि बताए ।

‘सरकारले बजेटमा छुट्टयाएको जम्मा २१ अर्ब छ । यो पैसा कहाँबाट ल्याउने भन्ने सरकारले सोचेको छ ? यो बर्खाको बेलामा बाटोहरु कसरी बन्छन् ?,’ सांसद थापाले भने ।

उनले असोजको बाढीमा बगेका, भत्किएका घरहरूको अस्थायी आवासको निम्ति मंसिर मसान्तभित्रै अनुदान दिने राष्ट्रिय विपद् व्यवस्थापन परिषद्ले निर्णय गरेको स्मरण गर्दै कतिपयले पहिलो किस्ताको अनुदान पनि राम्रोसँग नपाएको पनि बताए ।

जाजकरकोटको भूकम्पबाट करिब ९२ हजारभन्दा बढी घरहरूको पुनर्निर्माण गर्नुपर्ने आंकलन गरिएको भन्दै उनले भने, ‘पुनर्निर्माण धेरै परको कुरा, दोस्रो किस्ता पनि कतिपयले पाएका छैनन् । उदेक लाग्दो कुरा त डीडीए भर्खरमात्रै भएको छ ।’

प्रकाशित मिति : २४ माघ २०८१, बिहीबार  २ : ३१ बजे

भन्सार शुल्कमार्फत अमेरिकी व्यापार नीतिमा परिवर्तनको प्रयास

एजेन्सी– सन् २०२५ मा पुनः राष्ट्रपतिको जिम्मेवारी सम्हालेपछि डोनाल्ड ट्रम्पले

विधायन व्यवस्थापन समितिबाट पर्यटन विधेयक पारित

काठमाडौं– राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले पर्यटन विधेयक पारित गरेको

एक्सन फिल्म ‘परिवर्तन’ हेर्न १६ वर्ष मुनिका दर्शकलाई अभिभावक साथ चाहिने

काठमाडौं – माघ ९ बाट प्रदर्शनमा आउन लागेको एक्सन फिल्म

अन्तर्राष्ट्रिय तेल बजारमा गिरावट, विश्वव्यापी लगानीकर्तामा अनिश्चितता

एजेन्सी– एशियाली शेयर बजारमा बुधबार प्रायः गिरावट देखिएको छ । अमेरिकी

दोलखाका उम्मेदवारलाई गिजाइरहेका बेवारिसे योजना  

दोलखा– पछिल्लो एक दशकको अवधिमा दुई वटा निर्वाचन सम्पन्न भएर