हेटौँडा उपमहानगरद्वारा फोहर संकलन स्थगन « Khabarhub

हेटौँडा उपमहानगरद्वारा फोहर संकलन स्थगन


२४ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मनहरी– आजदेखि हेटौंँडा उपमहानगरपालिकाभित्रका १९ वडामा फोहर संकलन अनिश्चित कालका लागि स्थगन गरिएको छ । 

मंगलबार उच्च अदालत पाटन, हेटौँडा इजलासले राप्ती नदी तटमा अर्को आदेश नभएसम्मका लागि फोहर नफाल्न उपमहानगरपालिकाको नाममा निषेधाज्ञा जारी गरेसँगै फोहर संकलन तथा व्यवस्थापन स्थगित भएको उपमहानगरपालिकाले जनाएको छ ।

उपमहानगरको कार्यालयले आज सूचना जारी गर्दै अर्को आदेश वा व्यवस्था नभएसम्मका लागि फोहर संकलन स्थगन गरिएको उल्लेख गरेको हो ।

उपमहानगरका प्रवक्ता सविन न्यौपानेले अदालतले राप्ती तटमा फोहर नफाल्न आदेश जारी गरेको बताउँदै उपमहानगरसँग वैकल्पिक स्थान नभएकाले तत्काल फोहर उठाउन रोक्नु परेको उल्लेख गरे । 

दुई साता अघि राप्ती तटमा रहेको फोहर संकलन तथा व्यवस्थापन केन्द्रमा आगलागी भएपछि प्रदूषण फैलिएको भन्दै निवेदक योगेन्द्रप्रसाद उपाध्यायले उच्च अदालतमा मुद्दा दायर गरेका थिए। 

सोको सुनुवाइ गर्दै न्यायाधीश डा निर्मला पौडेल भट्टराईको एकल इजलासले गत मङ्लबार राप्ती तटमा फोहर फाल्न नलगाउनु भन्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

प्रकाशित मिति : २४ माघ २०८१, बिहीबार  २ : ५२ बजे

माइतीघरमा राति बस्न रोक, प्रहरीले हटायो महिनौँदेखि राखिएका टेन्ट (फोटो फिचर)

काठमाडौँ – काठमाडौँको माइतीघर मण्डलामा महिनौँदेखि टाँगिएका टेन्टहरू प्रहरीले हटाएको

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन्।

चाडपर्व नजिकिँदै गर्दा मूल्यवृद्धि नियन्त्रणमा सरकार असफल भएको एमालेको आरोप

काठमाडौँ – नेकपा (एमाले) ले चाडपर्व नजिकिँदै गर्दा दैनिक उपभोग्य

वित्तीय समावेशीकरण र पहुँच विस्तारका लागि राष्ट्र बैंकले गर्‍यो फिनटेक रणनीति सार्वजनिक

काठमाडौँ – नेपालमा डिजिटल वित्तीय सेवाको दायरा फराकिलो बनाउँदै वित्तीय

विपत् व्यवस्थापनमा भोटेकोशी बाढीले पढाएको पाठ

भनिन्छ– प्राकृतिक विपत्ति कहिल्यै निम्तो दिएर आउँदैन। बाढी, पहिरो, चट्याङ,