रिलाइन्स स्पिनिङको नक्कली अडिट धितोपत्र बोर्डमा मिलाइएको प्रचण्डको आरोप « Khabarhub

रिलाइन्स स्पिनिङको नक्कली अडिट धितोपत्र बोर्डमा मिलाइएको प्रचण्डको आरोप

मागे नयाँ स्टक एक्सचेञ्जको लाइसेन्समा नयाँ प्रतिस्पर्धा


२४ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्समा नयाँ प्रतिस्पर्धाको माग गरेका छन् ।

प्रतिपक्षी दलको नेताको हैसियतमा आज संसदमा बोल्दै प्रचण्डले अहिलेको प्रक्रिया अवैध भएको भन्दै रद्द गर्न माग गरेका छन् ।

‘म तपाईँहरूलाई यही रोष्टमबाट भन्छु, दूरसञ्चार फ्रिक्वेन्सीजस्तै नयाँ स्कटक एक्सचेन्जको लाइसेन्सलाई पनि राज्यले आफ्नो सम्पत्ति मान्ने वातावरण बन्नुपर्छ, दिनुपर्ने भए कमिशनबाट होइन, खुला प्रतिष्पर्धाबाट, अझ रकम बढाबढबाट दिनुपर्छ नयाँ लाइसेन्सको अनुमति, त्यसका लागि अहिलेको अवैध प्रक्रिया रद्द हुनुपर्छ’, अध्यक्ष प्रचण्डले भने ।

उनले बिचौलियाका आँखा धितोपत्र बोर्डतर्फ गएको भन्दै अहिले ऐनमा नभएको व्यवस्थाअनुसार निर्देशिका तयार गरेर चोर बाटोबाट नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिन खोजिएकोसमेत सरकारलाई आरोप लगाएका छन् ।

‘सत्तापक्षका माननीयहरू, दुःख नमान्नुहोला, तपाईँहरूको समर्थन र मतलाई यो सरकारले अपराध होइन, अपराधी धुने डिटर्जेन्ट बनाइरहेको छ, अपराधीलाई चोख्याउने सुनपानी बनाइरहेको छ, अब बिचौलियाका आँखा गएका छन् धितोपत्र बोर्डमा, ऐनले नै कल्पना नगरेको निर्देशिका तयार पारेर सरकार नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिने चोर बाटो खोज्दै छ’, प्रचण्डले संसद्लाई सम्बोधन गर्दै भने ।

अध्यक्ष प्रचण्डले रिलाइन्स स्पिनिङ मिल्सको आइपिओ विवादको विषय धितोपत्र बोर्डको नेतृत्व चयनसँग जोडेर मिलाईएको भन्दै सरकारलाई गम्भीर आरोप लगाएका छन् । ‘म सोध्छु, स्पिनिङ मिलको आइपिओमा नक्कली अडिटको काण्ड के भयो ? उत्तर मै दिन्छु, धितोपत्र बोर्डमै मिलाइयो’, उनले भने ।

प्रकाशित मिति : २४ माघ २०८१, बिहीबार  ५ : ३४ बजे

भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत दिने

काठमाडौं – भारत सरकारले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् उपलब्ध

कांग्रेसको संस्थापनइतर पक्षले छुट्टै १५औँ महाधिवेशन गर्ने

काठमाडौँ- नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि २३

रास्वपा सांसदहरूले उद्धार कोषमा जनही थप १५ हजार दिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संसदीय दलका सदस्यहरूले प्रधानमन्त्री दैवी

सशस्त्र प्रहरीलाई अमेरिकी ड्रोन सहयोग

काठमाडौँ- नेपालका बाढीप्रभावित दुर्गम क्षेत्रमा राहत सामग्री पुर्‍याउनका लागि सशस्त्र