पाएका अधिकारलाई बलियो बनाउन संविधान संशोधन गर्नुपर्छ : उपप्रधानमन्त्री सिंह « Khabarhub

पाएका अधिकारलाई बलियो बनाउन संविधान संशोधन गर्नुपर्छ : उपप्रधानमन्त्री सिंह


२४ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधान एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले प्राप्त गरेका अधिकारलाई बलियो बनाउन संविधान संशोधन गर्नुपर्ने बताएका छन् । 

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको स्थापना दिवसका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले प्राप्त अधिकारलाई थप बलियो बनाउन र अधिकार कार्यान्वयनका लागि देखिएका समस्या समाधानका लागि संविधान संशोधन गर्नुपर्ने बताएका हुन् ।

मुलुकको परिवर्तनमा महत्त्वपूर्ण भूमिका खेलेका पार्टी कांग्रेस र एमाले मिलेर बनेको सरकारले प्राप्त अधिकारलाई कटौती गर्न नसक्ने उनले बताए । त्यस्तै सिंहले सबै मिलेर प्राप्त अधिकारलाई बलियो बनाउनुपर्नेमा जोड दिए । 

उनले आदिवासी जनजातिहरूको मौलिक संस्कृति र पहिचानलाई पनि जगेर्ना गर्नुपर्ने धारणा राखे । 

प्रकाशित मिति : २४ माघ २०८१, बिहीबार  ५ : ४४ बजे

उपत्यकाका सार्वजनिक सवारीसाधनमा सिसी क्यामरा जडान सुरु

काठमाडौं– काठमाडौँ उपत्यकाका सार्वजनिक सवारी साधनमा आजदेखि सिसी क्यामरा जडान

मलामी बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

पाल्पा- पाल्पाको रिब्दिकोट गाउँपालिका–१ ख्याहाको जोगीथुमबाट मलामी बोकेर रिडीघाटतर्फ जाँदै

शनिबारदेखि सप्ताहव्यापी शहीद दिवस सुरु हुने

काठमाडौं– शनिबारदेखि यस वर्ष सहिद सप्ताहका कार्यक्रम सुरु हुने भएका

हातहतियार बुझाउन मुस्ताङ प्रशासनको आग्रह

मुस्ताङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी