अर्थसंक्षेप : नयाँ स्टक एक्सचेञ्ज प्रक्रिया रद्द गर्न प्रचण्डको माग, बालेनले बिर्सिए चुनावी बाचा | Khabarhub Khabarhub

अर्थसंक्षेप : नयाँ स्टक एक्सचेञ्ज प्रक्रिया रद्द गर्न प्रचण्डको माग, बालेनले बिर्सिए चुनावी बाचा


२४ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 5 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ स्टक एक्सचेञ्जको प्रक्रिया रद्द गरेर नयाँ प्रक्रिया सुरु गर्नुपर्ने माग गरेका छन् । आज नेप्से ११.६४ अंकले घटेको छ ।

काठमाडौंमा करदाताको संख्या बढेको छ । आज अमेरिकी डलरको मूल्य १४० रुपैयाँ नाघेको छ ।

आजका आर्थिक समाचार :

रिलाइन्स स्पिनिङको नक्कली अडिट धितोपत्र बोर्डमा मिलाइएको प्रचण्डको आरोप

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्समा नयाँ प्रतिस्पर्धाको माग गरेका छन् । प्रतिपक्षी दलको नेताको हैसियतमा आज संसदमा बोल्दै प्रचण्डले अहिलेको प्रक्रिया अवैध भएको भन्दै रद्द गर्न माग गरेका छन् ।

‘म तपाईँहरूलाई यही रोष्टमबाट भन्छु, दूरसञ्चार फ्रिक्वेन्सीजस्तै नयाँ स्कटक एक्सचेन्जको लाइसेन्सलाई पनि राज्यले आफ्नो सम्पत्ति मान्ने वातावरण बन्नुपर्छ, दिनुपर्ने भए कमिशनबाट होइन, खुला प्रतिष्पर्धाबाट, अझ रकम बढाबढबाट दिनुपर्छ नयाँ लाइसेन्सको अनुमति, त्यसका लागि अहिलेको अवैध प्रक्रिया रद्द हुनुपर्छ’, अध्यक्ष प्रचण्डले भने ।

‘तथ्याङ्क दरिद्रता’ भोग्दैछ सरकारको गरीब पहिचान कार्यक्रम

सरकारले एक दशकअघि गरीब घरपरिवार पहिचान कार्यक्रम थाल्यो । तर, दशक बितिसक्दा पनि सरकारले न यो कार्यक्रम सम्पन्न गर्न सकेको छ, न त लक्ष्यअनुसार गरिबी निवारणको लक्ष्य हासिल गर्न सकेको छ ।

सरकारले सुरुवात गरेको गरीब पहिचान कार्यक्रम अहिलेसम्म पनि सम्पन्न नभएको हो । रोचक पक्ष त यो छ कि सरकारले तथ्याङ्क सङ्कलन गर्दाको समयमा गरीब रहेका कैयन नेपालीहरू अहिले तुलनात्मक आर्थिक सम्पन्नताको अवस्थामा पुगिसकेका छन् ।

नेप्से साढे ११ अंकले घटेर फेरी आयो २६९९ विन्दुमा

साताको अन्तिम शेयर बजारका घटेर परिसूचक २६०० को विन्दुमा आएको छ । बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.६४ अंकले घटेर परिसूचक २६९९.८१ विन्दुमा आएको छ ।

आज नेप्से ०.४२ प्रतिशतले बढ्दा कारोबार भने बढेको छ । बुधबार ८ अर्ब बढीको कारोबार हुँदा आज ९ अर्ब २४ करोड ७३ लाख ७५ हजार रुपैयाँ बराबरको १ करोड ८६ लाख ८० हजार ३९२ कित्ता शेयर कारोबार भएको छ ।

कर्णालीको जलमा छलैछल

कर्णालीमा सबैको एउटै स्वर छ, ‘कर्णाली समृद्धिको आधार जल, जङ्गल र जडिबुटी हो ।’ जङ्गल र जडिबुटीमा तत्कालै लगानी बढाइहाल्ने अवस्था नभएपछि कर्णालीको जलमा अथाह लगानी सम्भावना छ । तर, कर्णालीको जलमा लगानीकर्ता, सरकारी तथा स्थानीयस्तरबाट निरन्तर छल हुँदा अथाह जलस्रोत उपयोगबिनै दक्षिणतिर बग्दो छ ।

कर्णालीमा जलविद्युत आयोजना बनाउन प्रचुर स्रोत र सम्भावना छन् । देशकै सबैभन्दा ठूलो जलविद्युत आयोजना ९प्रस्तावित०देखि साना गरी धेरै आयोजना अध्ययन तथा लगानीका लागि देशीविदेशी लगानीकर्ताहरूले कर्णालीमा चासो राखेका छन् ।

काठमाडौंमा बढे करदाता, बालेनले बिर्सिए चुनावी बाचा

काठमाडौं महानगरपालिकामा कर तिर्ने व्यवसायीको सङ्ख्या बढिरहेको छ । तर, व्यवसायीलाई दिन भनी चुनावी प्रतिबद्धता जनाएको सुविधाबारे मेयर बालेन्द्र शाह (बालेन) मौन देखिएका छन् ।

आर्थिक वर्ष २०७८र७९ देखि आर्थिक वर्ष २०८०र८१ माघ २१ सम्म ७७ हजार ९४३ नयाँ व्यवसायी काठमाडौं महानगरपालिकामा आबद्ध भएका छन् । उक्त अवधिमा महानगरले नयाँ व्यवसाय दर्ताबाटै एक अर्ब दुई करोड ४७ लाख ५२ हजार रुपैयाँ बराबर राजस्व आर्जन गरेको छ ।

अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा : बिक्रीदर १४० रुपियाँ नाघ्यो

नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अघिल्लो दिनको तुलनामा अमेरिकी डलर, युरोपियन युरो र युके पाउन्ड स्ट्रलिङलगायत विदेशी मुद्राको मूल्य बढेको छ।

आज अमेरिकी डलर एकको खरिददर १३९ रुपियाँ ६५ पैसा र बिक्रीदर १४० रुपियाँ २५ पैसा कायम भएको छ। युरोपियन युरो एकको खरिदर १४५ रुपियाँ ४९ पैसा र बिक्रीदर १४६ रुपियाँ ११ पैसा तोकिएको छ।

जनकपुरबाट अल्ट्रालाइट वायुयान उडान परीक्षण

एभियाक्लब पोखराले सगरमाथा हिमाल, त्यस वरपरका चुचुरा र कोसी टप्पु क्षेत्रको दृश्यावलोकन गर्नेगरी जनकपुरबाट अल्ट्रालाइट वायुयानको उडान परीक्षण गरिएको छ ।

परीक्षणका लागि आज जनकपुर विमानस्थलबाट एभियाक्लबको अल्ट्रालाइट वायुयानले राजविराजका लागि उडान भरेको हो । भारतीय पर्यटकको हिमाल तथा कोसी नदी क्षेत्रको दृश्यावलोकनप्रति बढ्दै गएको रुचिलाई दृष्टिगत गरी मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले अल्ट्रालाइट वायुयान सञ्चालन गराउन नागरिक उड्ड्यन प्राधिकरणलाई आग्रह गरेका थिए।

म्याग्दे गाउँपालिकामा मजदुर सञ्चित कोष कार्यान्वयन

तनहुँको म्याग्दे गाउँपालिकामा मजदुर सञ्चित कोष कार्यान्वयनको तयारी गरिएको छ । जीवनभर अर्काका लागि श्रम गर्ने तर अप्ठ्यारो परेका बेला कोही नहुने तथा आर्थिक अवस्था कमजोर हुने विपन्न मजदुर वर्गलाई लक्षित गरी गाउँपालिकाले मजदुर सञ्चित कोष कार्यान्वयन गर्ने भएको हो ।

दैनिक ८०० देखि एक हजार ५०० सम्म आम्दानी गर्ने भए पनि न्यून बचतका कारण संकटको अवस्था सामना गर्न असहज हुने तथा शिक्षा, स्वास्थ्य, आवास लगायतका मानवीय एवं सामाजिक विकासको अवस्था कमजोर भएका मजदुर वर्गका लागि यो ‘म्याग्दे गाउँपालिकाको मजदुर सञ्चितकोष सञ्चालन कार्यविधि २०८१’ कोषको स्थापना गरिएको प्रमुख प्रशासकीय अधिकृत नारायण अधिकारीले जानकारी दिए।

भूमिसम्बन्धी अध्यादेश माफिया पोस्न ल्याइयो, सरकारको नियतमै खोट छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले जारी भएका अध्यादेशको प्रक्रियासँगै नियतमा पनि खोट रहेको बताएका छन् । प्रतिनिधिसभाको बिहीबार बैठकलाई सम्बोधन गर्दै प्रमुख प्रतिपक्षी दलका नेता उनले सरकारको नियतमा खोट देखिएको बताएका हुन् ।

‘यसबीचमा जारी भएका अध्यादेशहरुका प्रक्रिया मात्र होइन, नियतमा पनि हामीलाई शंका छ । भूमि तथा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन संशोधनका लागि जारी अध्यादेशको नियत के हो रु’, उनले भने, ‘संशोधित प्रावधानहरूले वास्तविक भूमिहीन, दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीले जोतभोग गरिरहेको जग्गाको लालपूर्जा पाउन सहज हुन्छ कि झन् कठिन, जटिल र महंगो हुन्छ रु’

समस्या झेल्दै ‘भोजपुरे खुकुरी’ उद्योग

पूर्वी पहाडी जिल्ला भोजपुर खुकुरी व्यवसायका लागि प्रख्यात छ । यहाँ बनेको खुकुरीको नेपालभित्र मात्र होइन, देशबाहिर पनि त्यतिकै चर्चा हुने गरेको छ । पछिल्लो समय भने दक्ष कालिगड र कच्चापदार्थको अभावमा यो व्यवसाय समस्यामा पर्न थालेको छ ।

एकातिर दक्ष कालिगडको अभाव, अर्कोतिर सीप सिक्नुपर्ने युवा विदेश पलायन हुँदा त्यसको मार यस व्यवसायमा परेको छ । रोजगारी र पढाइका लागि युवाहरू विदेश जाने क्रम बढेको बताउँदै आरन उद्योगी घनश्याम विश्वकर्माले भने, ‘युवा पलायन र कच्चापदार्थको अभावका कारण पनि खुकुरी बनाउने आरन उद्योगहरूको सङ्ख्या दिनानुदिन घट्दै गइरहेको छ ।’

८२ मेगावाट क्षमताको तल्लो सोलु हाइड्रो निर्माण अन्तिम चरणमा

सोलुखुम्बुको तिङ्ला क्षेत्रमा निर्माणाधीन ८२ मेगावाट क्षमताको तल्लो सोलुखोला हाइड्रोपावर निर्माणको काम अन्तिम चरणमा पुगेको छ । आयोजनाको भौतिक प्रगति ९५ प्रतिशत भएको छ ।
तल्लोसोलु हाइड्रोपावर कम्पनी लिमिटेडद्वारा प्रवर्द्धित आयोजनाका जेनेरेटर, टर्वाइन जडान, हेडबक्स, पावर हाउस, सुरुङमार्गलगायत संरचना निर्माण भएका छन् ।

कम्पनीका प्रबन्धक धर्मेन्द्र गोतामेका अनुसार आयोजनाको पेनस्टक टनेलको ‘बेक थ्रु’को चरणमा पुगेको छ । उनले भने, ‘आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । अब पेनस्टक पाइपको मात्र बाँकी छ । आगामी भदौमा व्यावसायिक उत्पादन गर्ने हाम्रो लक्ष्य छ ।’

प्रकाशित मिति : २४ माघ २०८१, बिहीबार  ७ : १० बजे

भाडा नबुझाएको भन्दै बसपार्क सञ्चालकलाई सेवा सुविधा लिन नपाउने परिपत्र

मुस्ताङ – मुस्ताङमा बसपार्क सञ्चालन गर्ने एक सञ्चालक विरुद्ध सरकारी

छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु

पाल्पा – पाल्पामा भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको

उत्पादनको जिम्मा निजी क्षेत्रलाई दिनुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई

तुलसीपुर – नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री

वनमन्त्री शाही जर्मनीमा भेटघाटमा व्यस्त

काठमाडौं – जर्मनीको भ्रमणमा रहेका वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही

राजस्थानले कोलकातालाई दियो १५२ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा राजस्थान रोयल्सले