बजेट खर्चमा सबैभन्दा कमजोर बन्यो उद्योग मन्त्रालय « Khabarhub

बजेट खर्चमा सबैभन्दा कमजोर बन्यो उद्योग मन्त्रालय


२४ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्ष ०८१/८२ को बजेट कार्यान्वयनमा सबैभन्दा कमजोर उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय देखिएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आज प्रतिनिधिसभामा पेस गरेको बजेटको अर्धवार्षिक समीक्षामा खर्च क्षमतामा सबैभन्दा कमजोर उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय देखिएको हो ।

अर्थमन्त्रीले प्रस्तुत गरेको पुस महिनासम्मको मन्त्रालयगत खर्च स्थितिअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सहित २२ वटा मन्त्रालयमध्ये सबैभन्दा कम अर्थात् ७.६२ प्रतिशत खर्च उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गरेको छ । त्यस्तै, समीक्षा अवधिमा सबैभन्दा धेरै अर्थात् ५०.६४ प्रतिशत खर्च परराष्ट्र मन्त्रालयले गरेको छ ।

अर्थमन्त्रीले प्रस्तुत गरेको तथ्यांकअनुसार अनुसार समीक्षा अवधिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ३३.२३, अर्थले २२.७१, उर्जा, जलस्रोत तथा सिँचाइले २०.११, कानून, न्याय तथा संसदीय मामिलाले, ३२.५४, कृषि तथा पशुपन्छी विकासले ३०.२३, खानेपानीले १६.११, गृहले ४१.४१, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनले २७.९० र वन तथा वातावरण मन्त्रालयले २९.३० प्रतिशत बजेट खर्च गरेका छन् ।

त्यस्तै, समीक्षा अवधिमा भूमि व्यवस्था तथा गरिबी निवारणले ३५.२३, भौतिक पूर्वाधार तथा यातायातले २३.५९, महिला, बालबालिका तथा जेष्ठ नागरिकले १७.६१, युवा तथा खेलकूदले १७.८७, रक्षाले ४६.३९, सहरी विकासले ११.२०, शिक्षा, विज्ञान तथा प्रविधिले ४३.२५, सञ्चार तथा सूचना प्रविधिले २८.७८, संघीय मामिला तथा सामान्य प्रशासनले १२.७४, स्वास्थ्य तथा जनसंख्याले ३२.५६ र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले १४.०८ प्रतिशत बजेट खर्च गरेका छन् ।

प्रकाशित मिति : २४ माघ २०८१, बिहीबार  ९ : ०९ बजे

पदाधिकारीमा ओलीले समेटेनन् ४० वर्षमुनिका युवा

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो प्यानलको नाम

ओलीको प्रशंसा गर्दै एमाले फर्किएकी रामकुमारी अटाइनन् कुनै प्यानलमा

काठमाडौं– तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) मा सचिवको जिम्मेवारीमा

महाधिवेशनस्थलमै पुगेर भोट माग्दै ईश्वर पोखरेल

काठमाडौं– नेकपा एमालेको एघारौँ महाधिवेशनमा अध्यक्षका उम्मेदवार ईश्वर पोखरेलले महाधिवेशनस्थलमै

एमाले उपाध्यक्षमा बिन्दा पाण्डेको उम्मेदवारी, प्रस्तावकमा अष्टलक्ष्मी शाक्य

काठमाडौं- नेकपा एमालेकी नेतृ बिन्दा पाण्डेले पार्टीको उपाध्यक्ष पदमा उम्मेदवारी

जेन-जीको आन्दोलनपछि ओलीको रक्षा कवच बनेका महेशलाई सचिवको टिकट

काठमाडौं– भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनको बलमा दुईतिहाइको