बजेट खर्चमा सबैभन्दा कमजोर बन्यो उद्योग मन्त्रालय « Khabarhub

बजेट खर्चमा सबैभन्दा कमजोर बन्यो उद्योग मन्त्रालय


२४ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्ष ०८१/८२ को बजेट कार्यान्वयनमा सबैभन्दा कमजोर उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय देखिएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आज प्रतिनिधिसभामा पेस गरेको बजेटको अर्धवार्षिक समीक्षामा खर्च क्षमतामा सबैभन्दा कमजोर उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय देखिएको हो ।

अर्थमन्त्रीले प्रस्तुत गरेको पुस महिनासम्मको मन्त्रालयगत खर्च स्थितिअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सहित २२ वटा मन्त्रालयमध्ये सबैभन्दा कम अर्थात् ७.६२ प्रतिशत खर्च उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गरेको छ । त्यस्तै, समीक्षा अवधिमा सबैभन्दा धेरै अर्थात् ५०.६४ प्रतिशत खर्च परराष्ट्र मन्त्रालयले गरेको छ ।

अर्थमन्त्रीले प्रस्तुत गरेको तथ्यांकअनुसार अनुसार समीक्षा अवधिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ३३.२३, अर्थले २२.७१, उर्जा, जलस्रोत तथा सिँचाइले २०.११, कानून, न्याय तथा संसदीय मामिलाले, ३२.५४, कृषि तथा पशुपन्छी विकासले ३०.२३, खानेपानीले १६.११, गृहले ४१.४१, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनले २७.९० र वन तथा वातावरण मन्त्रालयले २९.३० प्रतिशत बजेट खर्च गरेका छन् ।

त्यस्तै, समीक्षा अवधिमा भूमि व्यवस्था तथा गरिबी निवारणले ३५.२३, भौतिक पूर्वाधार तथा यातायातले २३.५९, महिला, बालबालिका तथा जेष्ठ नागरिकले १७.६१, युवा तथा खेलकूदले १७.८७, रक्षाले ४६.३९, सहरी विकासले ११.२०, शिक्षा, विज्ञान तथा प्रविधिले ४३.२५, सञ्चार तथा सूचना प्रविधिले २८.७८, संघीय मामिला तथा सामान्य प्रशासनले १२.७४, स्वास्थ्य तथा जनसंख्याले ३२.५६ र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले १४.०८ प्रतिशत बजेट खर्च गरेका छन् ।

प्रकाशित मिति : २४ माघ २०८१, बिहीबार  ९ : ०९ बजे

स्वास्थ्य बीमा सेवा कटौती गर्ने बोर्डको निर्णय

काठमाडौँ – स्वास्थ्य बीमा बोर्डले निजी स्वास्थ्य संस्थामार्फत प्रदान हुँदै

हिमाली वातावरणको संरक्षण आजको आवश्यकता हो : राष्ट्रपति पौडेल

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले दिगो हिमाली पर्यटन, जिम्मेवार पर्वतारोहण

प्रतिनिधि सभाको बैठकमा चलचित्र विधेयक पेश गर्दै सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ – सूचना तथा सञ्चारमन्त्री डा. बिक्रम तिमिल्सिनाले बुधबारको प्रतिनिधि

जलजलामा हिमाल र बादलको लुकामारी

म्याग्दी – पहाडको उच्च स्थानमा फैलिएको समथर घाँसेमैदान, हरियाली पहाडको

रेश्मिका हत्या प्रकरण : थप तीन युवा पक्राउ

खोटाङ – दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी २७ वर्षीया रेश्मिका परियारको