एक वर्षपछि प्रतिनिधिसभा बैठकमा उपस्थित भए सांसद नेम्बाङ « Khabarhub

एक वर्षपछि प्रतिनिधिसभा बैठकमा उपस्थित भए सांसद नेम्बाङ


२४ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एमालेका सांसद बसन्तकुमार नेम्बाङ एक वर्ष पछाडि आज प्रतिनिधिसभामा उपस्थित भएका छन्।

गत साल माघ १७ गते ब्रेन स्ट्रोक भए पश्चात आज पहिलो पटक सदन गएको उनकी श्रीमती भूमिका सुब्बाले जानकारी दिइन् ।

नेम्बाङलाई ताप्लेजुङको एक कार्यक्रममा सहभागी हुने क्रममा स्वास्थ्यमा एक्कासी समस्या देखिएको थियो। त्यसपछि काठमाडौं ल्याएर उपचार गराउँदा उनलाई ब्रेन स्ट्रोक देखिएको थियो ।

नेम्बाङबारे श्रीमती सुब्बाले फेसबुकमा लेखेकी छ्न, ‘जानुहुँदा अनुहार मलीन देखीए पनि सदनबाट फर्कीनु हुँदा असाध्यै खुशी हुनुहुन्थ्यो । उहाँको मनोबल उच्च राख्न र स्वास्थ सुधार गर्न पनि अब पहिलाको गतिविधिहरूलाई विस्तारै निरन्तरता दिनुपर्छ भन्ने महसुस भएकोछ ।’

अहिले नेम्बाङ सुन्न सक्ने भएपनि बोल्न नसक्ने श्रीमती सुब्बाको भनाइ छ। नेम्बाङ २०७४ र ७९ को निर्वाचनमा पाँचथरबाट विजयी भएका सांसद हुन् । यस अगाडि उनी भौतिक पूर्वाधारमन्त्री सहरी विकासमन्त्री समेत भइसकेका छन्।

प्रकाशित मिति : २४ माघ २०८१, बिहीबार  ९ : ५४ बजे

संविधान संशोधन कार्यदलको दोस्रो बैठक आज

काठमाडौं–  ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’ को दोस्रो बैठक

बबईमा पुल नहुँदा सर्वसाधारणलाई सास्ती

दाङ– बबई गाउँपालिका वडा नं. १ र ५ लाई जोड्न

रेडपाण्डा संरक्षण गर्न जनचेतनामूलक कार्यक्रम

ललितपुर– नेपालका उच्च पहाडी तथा हिमाली क्षेत्रमा पाइने दुर्लभ वन्यजन्तु

२४ घण्टामा देशभर विपदका ५० घटना, १ जनाको मृत्यु, ४ जना घाइते 

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर ५० वटा विपद्का घटना दर्ता

हलिया मुक्ति घोषणाको १८ वर्ष : ‘व्यवस्था फेरियो, अवस्था उस्तै’

काठमाडौं– अछाम जिल्लाको साँफेबगर नगरपालिका–४ स्थित साँफे बगरका तारा आउजी