पोखराको टाइगर माउन्टेनमा बेलायती राजकुमारको बास « Khabarhub

पोखराको टाइगर माउन्टेनमा बेलायती राजकुमारको बास


२४ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

पोखरा – नेपाल भ्रमणमा रहेका बेलायती राजकुमार एडवार्ड र उनकी श्रीमती सोफी पोखराको प्रसिद्ध टाइगर माउन्टेन लजमा बास बसेका छन्। कास्कीका विभिन्न पर्यटकीय क्षेत्रको भ्रमण गर्ने उद्देश्यसहित बिहीबार बिहान नेपाली सेनाको विमानमार्फत् पोखरा आइपुगेका उनीहरूलाई पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य र कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले स्वागत गरेका थिए।

पोखरा पुगेपछि राजकुमार दम्पतीले गोर्खा वेलफेयर ट्रस्टले सञ्चालन गरेको वेलफेयर कार्यालयको अवलोकन गरे। उनीहरूले पुराना गोर्खा सैनिक तथा उनीहरूका परिवारका लागि सञ्चालन गरिएका सहयोग कार्यक्रमबारे जानकारी लिए। त्यसक्रममा भूतपूर्व गोर्खा सैनिकहरू तथा बेलायती सेनामा सेवा दिँदा ज्यान गुमाएका सैनिकका परिवारसँग कुराकानी गरे।

सन् १९७५ मा बेलायतका वर्तमान राजा चाल्र्स (त्यतिबेला युवराज) अहिलेको टाइगर माउन्टेन हुँदै पदयात्रामा निस्किएका थिए, जसलाई अहिले ‘रोयल ट्रेक’ नाम दिइएको छ।

बेलायती महारानी एलिजाबेथ द्वितीय र राजकुमार फिलिपका कान्छा छोरा एडवर्डलाई हाल ‘ड्युक अफ एडिनबरा’ उपाधि दिइएको छ।

शुक्रबार बिहान उनीहरूले पोखराको दीपस्थित गोर्खा सैनिक भर्ती केन्द्रमा नवभर्ती सैनिकहरूको दीक्षान्त समारोहमा सहभागिता जनाउनेछन्। त्यसपछि लुम्ले पुगेर अन्नपूर्ण गाउँपालिकाको माझगाउँसम्म पदयात्रा गर्नेछन्।

शनिबार माझगाउँबाट लान्द्रुक हुँदै पर्यटकीय गाउँ घान्द्रुक पुगेर रात बिताउने कार्यक्रम रहेको छ। आइतबार बिहान पोखरा फर्किएर त्यसपछि काठमाडौं प्रस्थान गर्ने तय भएको छ।

राजकुमार एडवर्ड दम्पतीलाई यो निजी भ्रमणका क्रममा नेपाल प्रहरी र नेपाली सेनाले ‘ख श्रेणी’ को सुरक्षा प्रदान गरिरहेको छ। काठमाडौंमा रहँदा उनले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता समेत गरिसकेका छन्।

प्रकाशित मिति : २४ माघ २०८१, बिहीबार  १० : १७ बजे

प्रधानमन्त्रीको काँधले सिंगो देशको भार थामिरहेको छ : रक्षा बम

काठमाडौँ । जेनजी अगुवा रक्षाम बमले देश निर्वाचन होमिएको र

प्रधानसेनापतिले भने : क्षेत्रीय सुरक्षाको अवस्था चुनौतीपूर्ण बन्दै गएको छ

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले वर्तमान अन्तरराष्ट्रिय तथा क्षेत्रीय सुरक्षाको

माघ १० देखि काठमाडौं महानगरले सहिद सप्ताह सुरु गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले यही माघ १० गते शनिबारदेखि सहिद

आचारसंहिता उल्लंघन गरेपछि कोशीका मुख्यमन्त्रीलाई सोधियो तीन दिने स्पष्टीकरण

काठमाडौँ- कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्कीलाई स्पष्टीकरण सोधिएको छ

वार्षिक प्रतिवेदन नबुझाएसम्म सहकारी खारेजीका लागि अनुमति नदिने

काठमाडौं – काठमाडौं महानगरपालिकाले आफ्नो कार्यक्षेत्रमा सञ्चालनमा रहेको सहकारीलाई वार्षिक