हमासलाई ट्रम्पको चेतावनी- ‘बन्दी रिहा नगरेमा एउटा पनि सदस्य बाँकी रहने छैन’ « Khabarhub

हमासलाई ट्रम्पको चेतावनी- ‘बन्दी रिहा नगरेमा एउटा पनि सदस्य बाँकी रहने छैन’


२२ फाल्गुन २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासलाई बन्दी रिहा गर्नका लागि चेतावनी दिएका छन्। ट्रम्पले हमासलाई सामाजिक सञ्जालमार्फत् यस्तो चेतावनी दिएका हुन्। ‘मैले यो काम सक्नका लागि इजरायललाई सबै कुरा उपलब्ध गराएको छु। मैले भने अनुसार नगरेमा हमासको एउटा पनि सदस्य बाँकी रहने छैन,’उनले ट्र्थ सोसलमा लेखेका छन्।

बन्दी रिहाइका लागि अमेरिकासँग प्रत्यक्ष वार्ता गर्ने कुरा आएपछि ट्रम्पले सामाजिक सञ्जालमा यस्तो चेतावनी दिएका हुन्।

ट्रम्पले बन्दी रिहाइ नगरेमा हमासले कल्पनै नगरेको कठिन समयको सामना गर्नुपर्ने बताएका छन्। उनले हरेक जीवित व्यक्ति रिहा गर्न तथा मृतकको शव तत्काल हस्तान्तरण गर्न भनेका छन्। उनले हमास नेतृत्वलाई तत्काल गाजा छाड्नसमेत भनेका छन्।

ट्रम्पले त्यहाँका सर्वसाधारणलाई समेत चेतावनी दिएका छन्। उनले गाजावासीका लागि सुन्दर भविष्य पर्खिरहेको भए पनि बन्दी रिहाइ नभएमा त्यसो नहुने बताएका हुन्। साथै उनले बन्दी रही रहे जो कोही पनि मर्नसक्ने चेतावनी दिए। युद्ध विरामपछि रिहा भएका बन्दीसँग ह्वाइट हाउसमा भेटवार्ता गरेपछि ट्रम्पको त्यो पोस्ट सार्वजनिक भएको हो।

प्यालेस्टाइनी स्रोतका अनुसार यो बीचमा हमास र अमेरिकी अधिकारीबीच दुई पटक वार्ता समेत भइसकेको छ। प्यालेस्टाइनी स्रोत उद्धृत गर्दै यी समाचार बिबिसीले प्रकाशित गरेको हो।

प्रकाशित मिति : २२ फाल्गुन २०८१, बिहिबार  ६ : १४ बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४