ट्रम्पविरुद्ध खरो उत्रने को हुन् डेमोक्र्याट महिला ? | Khabarhub Khabarhub

ट्रम्पविरुद्ध खरो उत्रने को हुन् डेमोक्र्याट महिला ?

जसले चार वर्ष अमेरिकी माझ उठाउने छिन् आफ्नो आवाज


२२ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


399
Shares
  • change font
  • change font
  • change font

सन् १९८० को अन्त्यमा अमेरिकी राष्ट्रपति रोनाल्ड रेगन र मिखायल गोर्खाचोभ बीचको समझदारीलाई शान्तिको नयाँ अध्यायको रूपमा लिइएको थियो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि कङ्ग्रेसको दुवै संसद्लाई आफू शान्तिको पर्यायको रूपमा प्रस्तुत गरेका छन्। ट्रम्पले यसो भनिरहे पनि डेमोक्र्याट सहमत छैनन्। ट्रम्पले आफ्नो विचार संसदमा राखेपछि डेमोक्र्याटको तर्फबाट यसको प्रतिकार गर्ने जिम्मेवारी एलिसा स्लोटकिनले लिएकी थिइन्।

ट्रम्पको चुनावी अभियानमा उम्मेदवारी दिएका हिलारी क्लिन्टन र कमला ह्यारिसपछि अब चुनौती बन्ने सम्भावनाको रूपमा स्लोटकिन देखिएकी छिन्। निर्वाचनमा अर्को पटक डेमोक्र्याटको उम्मेदवार को हुने भन्ने प्रश्न फरक हो। तर ट्रम्पप्रति सबै भन्दा प्रभावकारी रूपले प्रस्तुत हुने पहिलो महिला भने स्लोटकिन नै हुन्।

उनले ट्रम्पको कार्यकाल शीत युद्ध अन्त्यको रेगनसँग तुलना गर्दा उनको आशय प्रस्ट थियो। स्लोटकिनको आशय थियो, ‘यदि शीत युद्ध कालीन समयमा ट्रम्पको सत्ता भएको भए अमेरिका हार्नेगरी सम्झौता हुने थियो।’

संयोग नै मान्नुपर्छ, दुवै पटक डेमोक्र्याटबाट उम्मेदवार भएका महिला उम्मेदवारलाई पराजित गरेका ट्रम्पको विरुद्धमा सार्वजनिक रूपमा यसरी खरो उत्रने पहिलो व्यक्ति पनि महिला सिनेटर स्लोटकिन नै बनेकी छिन्।

ट्रम्पको सम्बोधनको लगत्तै मिचिगनमा उनले आफ्नो धारणा राखेकी थिइन्। स्लोटकिनले राष्ट्रपति ट्रम्पको आर्थिक नीतिको पनि आलोचना गरेकी छन्। एलन मस्कसँग कठोर रूपमा प्रस्तुत भएकी उनी डमोक्र्याटको राजनीतिमा पछिल्लो समय चर्चामा रहेकी तेस्रो महिला हुन्। संयोग नै मान्नुपर्छ, दुवै पटक डेमोक्र्याटबाट उम्मेदवार भएका महिला उम्मेदवारलाई पराजित गरेका ट्रम्पको विरुद्धमा सार्वजनिक रूपमा यसरी खरो उत्रने पहिलो व्यक्ति पनि महिला सिनेटर स्लोटकिन नै बनेकी छिन्।

५ नोभेम्बर २०२४ मा भएको निर्वाचनमा अमेरिकाका धेरै मत सर्वेक्षणलाई गलत साबित गर्दै रिपब्लिक उम्मेदवार ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएका थिए।

यसपछि उनले आफ्नो क्याबिनेट गठन गर्ने सवालमा गरेका धेरै निर्णय विवादमा छन्। २० जनवरी २०२५ मा दिन ट्रम्प ह्वाइट हाउस प्रवेश गरेपछि ट्रम्पले गरेका हरेक निर्णय चर्चामा छन्। धेरै निर्णयले विश्वव्यापी तरङ्ग पैदा गरेका छन्। अमेरिकामा भने यसको विरोध गर्नेको कमी छैन। सशक्त र प्रभावकारी ढङ्गले विरोध गर्ने काम भने स्लोटकिनले गरेकी छिन्।

उनले ट्रम्पको यस नीतिले अमेरिकाको अर्थतन्त्र मन्दीतर्फ उन्मुख हुने बताएकी छिन्। एलन मस्को नेतृत्वमा रहेको डोग प्रति पनि उनी त्यत्तिकै आक्रामक रूपमा प्रस्तुत भएकी छिन्। ‘परिवर्तन आवश्यक हो। तर यसको मतलब यो होइन कि हामी सबै असुरक्षित बनौँ,’ गएको निर्वाचनको जनमतलाई सम्बोधन गर्दै उनले भनिन्, ‘अमेरिकामा जीवन स्तरमा समस्या बढेको साँचो हो। तर यसलाई सम्बोधन गर्ने क्रममा जिम्मेवार त बन्नुपर्छ। प्रजातान्त्रिक मूल्य र र मान्यतामा आघात पुग्ने काम गर्न मिल्दैन।’

ट्रम्प ह्वाइट हाउस प्रवेश गरेपछि ट्रम्पले गरेका हरेक निर्णय चर्चामा छन्। धेरै निर्णयले विश्वव्यापी तरङ्ग पैदा गरेका छन्। अमेरिकामा भने यसको विरोध गर्नेको कमी छैन। सशक्त र प्रभावकारी ढङ्गले विरोध गर्ने काम भने स्लोटकिनले गरेकी छिन्।

आप्रवासी व्यवस्थापन जरुरी भए पनि यसलाई रोगको रूपमा लिनु गलत हुने उनको जिकिर थियो। उनले अमेरिका नै आप्रवासीको देश भएको कुरा नकार्न नमिल्ने बताएकी छिन्। पूर्व सिआईए विश्लेषक स्लोटकिन अमेरिकामा सिनेटमा सफलता पाउने कान्छी डेमोक्र्याट हुन्। उनी नोभेम्बरमा भएको निर्वाचनमा नेतृ कमला ह्यारिस हारेकै स्थानबाट सिनेटमा सफलता पाएकी थिइन्।

अमेरिकामा राष्ट्रपतिले स्टेट अफ युनियनको रूपमा संसदमा सम्बोधन गर्ने परम्परागत प्रचलन छ। तथापि मंगलबार साँझको सम्बोधन यो परम्परा भन्दा फरक थियो। त्यसको लगत्तै प्रतिकार गर्न डेमोक्र्याटको योजना अनुसार उनको सम्बोधन आएको थियो। उनकै बारेमा सिनेटमा डेमोक्र्याटिक नेता चक स्कुमरले उदीयमान नेतृत्वको संज्ञा दिएका छन्। उनी पहिलो पटक सन् २०१९ मा डेमोक्र्याटको बहार आएको समयमा मिचिगनमा सफलता पाएकी थिइन्।

प्रत्यक्ष राजनीतिमा आउनु अघि उनले सुरक्षा निकायमा काम गरेकी थिइन्। सिआइएमा काम गरेकी उनी अरबी र स्वाहिली भाषामा पारङ्गत मानिन्छन्।

उनले मिचिगनमा मूल्य वृद्धि नियन्त्रणको मुद्दा उठाएकी थिइन्। यसमा आम मतदाता सहमत भएपछि ट्रम्प निकट माइक रोजरलाई हराउन सफल भएकी हुन्।

हिलारी र ह्यारिसपछि स्कोटलिन
सन् २०१६ मा ट्रम्प पहिलो पटक राष्ट्रपति पदको उम्मेदवार हुँदा हिलारी क्लिन्टन उम्मेदवार भएकी थिइन्। त्यस समयमा भएको प्राय मत सर्वेक्षणले पनि क्लिन्टनलाई सफल हुने बताएको थियो। यसमा बाबजुद निर्वाचनमा ट्रम्पले सफलता पाएका थिए।

पराजयपछि क्लिन्टनले आफूले हारको कल्पना समेत नगरेको बताइन्। यत्ति मात्र होइन, उनले हारको कारण समेत खुलासा गरेकी थिइन्। यी नै कारण मध्य इलेक्ट्रोल मतको महत्त्व नबुझ्नु तथा खानी ऊर्जालाई हटाउने विषयलाई उठाउने मुख्य कारण भएको जनाएकी थिइन्। कोइला विस्थापनको मुद्राले त्यस क्षेत्रमा आबद्ध धेरै श्रमिकले रोजगारीको जोखिम महसुस गर्नु आफ्नो हारको प्रमुख कारण भएको उनी आफूले बताएकी थिइन्।

सन् २०२४ मा ट्रम्पले फेरि अर्की महिला उम्मेदवार कमला ह्यारिसलाई पराजित गरेका थिए। सो निर्वाचनमा ह्यारिसलाई धेरै मत सर्वेक्षणले बलियो साबित गरेका थिए। अमेरिकाको जीवन कठिन भएको मुद्दा ट्रम्पले उठाएका थिए। यो विषयलाई उनले आप्रवासीसँग जोडेर हेरेका थिए।

उनका विपक्षी ह्यारिसले गर्भपतन, महिला स्वास्थ्य र सिमान्तकृतको विषय उठान गरेकी थिइन्। अमेरिकीले ह्यारिसको भन्दा ट्रम्पको विषयलाई पत्याए पछि उनी अहिले ह्वाइट हाउसमा छन्।

अबको चार वर्षपछि अमेरिकाको चुनावी राजनीतिका बारे यकिन छैन। तर डेमोक्र्याटको नेतृत्वमा उनको उपस्थिति बेजोड ढङ्गले उठेको छ। उनको आर्थिक क्षेत्रमा ज्ञान र सुरक्षा संयन्त्रका ज्ञान मात्र होइन वैदेशिक मामलामा रहेको दृष्टिकोणका कारण डेमोक्र्याटमा उनको आकर्षण छ।

आर्थिक क्षेत्रमा ज्ञान र सुरक्षा संयन्त्रका ज्ञान मात्र होइन वैदेशिक मामलामा रहेको दृष्टिकोणका कारण डेमोक्र्याटमा उनको आकर्षण छ।

चुनावी मैदानमा प्रतिस्पर्धीको रूपमा उनी ट्रम्पको विरुद्धमा नभए पनि ट्रम्प कार्यकालमा भएको गतिविधिका विषयमा बारम्बार आवाज उठाउने कुराको विषयको नेतृत्व गर्ने भएकै कारण उनलाई योग्य ठानिएको हो।

यस अघि दुवै पटक महिला डेमोक्र्याट उम्मेदवारलाई हराएर राष्ट्रपति भएका ट्रम्पका लागि अबको चुनौती भने उनै स्कोटलिन हुन सक्छिन्। जसले हरेक विषयलाई प्रस्ट रूपमा अमेरिकीसँग राख्ने खुबी राख्छिन्। स्रोतः सिएनएन, बिबिसी, एनबिसी न्युज

प्रकाशित मिति : २२ फाल्गुन २०८१, बिहीबार  ८ : ०० बजे

‘बेरुजुका सम्बन्धमा महालेखाको सुझाव कार्यान्वयन गर्नुपर्छ’

काठमाडौं – महालेखापरीक्षकको कार्यालयले लेखा परीक्षणका सम्बन्धमा औँल्याइएको विषय तथा

बालेनलाई धक्का : गौशालाको धर्मशाला अब मारवाडी समितिकै जिम्मा

काठमाडौं- गौशलास्थित धर्मशाला सञ्चालनको जिम्मा मारवाडी सेवा समितिकै हातमा गएको

पक्षधरताभन्दा कार्य सम्पादनमा अब्बल हुनुहोस् : मुख्यमन्त्री कँडेल

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पक्षधरताभन्दा कार्य सम्पादनमा अब्बल

एमाले मोरङमा संस्थापनलाई धक्का, १८८ मत गन्दा ढकालको प्यानल नै अगाडि

मोरङ- नेकपा एमाले मोरङको दशौँ जिल्ला अधिवेशनका क्रममा बिहीबार मतगणना

राष्ट्रिय सभाबाट पनि स्वीकृत भए पाँच वटा अध्यादेश

काठमाडौं – राष्ट्रिय सभाबाट पाँच अध्यादेश स्वीकृत भएको छ ।