पर्यटनमन्त्री पाण्डेलाई जर्मनीमा ‘टुरिजम मिनिस्टर अफ द एयर’ अवार्ड प्रदान « Khabarhub

पर्यटनमन्त्री पाण्डेलाई जर्मनीमा ‘टुरिजम मिनिस्टर अफ द एयर’ अवार्ड प्रदान


२२ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जर्मनीको बर्लिनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेलाई हिमालयन क्षेत्रका मुलुकहरुबाट वर्षको उत्कृष्ट पर्यटनमन्त्री (टुरिजम मिनिस्टर अफ दी एयर) अवार्ड प्रदान गरिएको छ ।

बर्लिनमा प्यासिफिक एरिया ट्राभल राइटर्स एसोसियसन (पाटवा) ले आयोजना गरेको ‘वर्ल्ड टुरिजम एण्ड एभिएसन समिट–२०२५’ को अवसरमा मन्त्री पाण्डेलाई हिमालयन क्षेत्रबाट ‘टुरिजम मिनिस्टर अफ द एयर’ अवार्ड प्रदान गरिएको हो ।

सन् १९९९ देखि आईटीबी बर्लिनको वार्षिक समारोहमा प्रदान गरिँदै आएको यो अवार्ड पर्यटन क्षेत्रमा विशेष योगदान गरेको मुलुकका पर्यटनमन्त्री प्रदान गर्ने गरिन्छ ।

नेपालका लागि ऐतिहासिक रूपमा महत्वपूर्ण मानिएको यो अवार्ड पाउनु मन्त्री पाण्डेको कुशल नेतृत्व तथा नेपाल सरकारको पर्यटन प्रवर्द्धनका लागि अवलम्बन गरिएका नीति तथा योजनाहरूको अन्तर्राष्ट्रिय मान्यता भएको बर्लिनमा सहभागी पर्यटन व्यवसायीहरूले प्रतिक्रिया दिएका छन् ।

नेपालको पर्यटन प्रवर्द्धनमा पुर्‍याएको योगदानका लागि अन्तर्राष्ट्रियस्तरमा सम्मानित गरिएकाले यो अवार्ड नेपालकै पर्यटन क्षेत्रका लागि गौरवको विषय भएको बताइएको छ ।

अवार्ड ग्रहण गरेपछि प्रतिक्रिया दिँदै मन्त्री पाण्डेले यस उपलब्धिलाई व्यक्तिगतभन्दा पनि नेपालकै पर्यटन क्षेत्रका लागि ठूलो सम्मानका रूपमा लिनुपर्ने बताएका छन् ।

मन्त्री पाण्डेले प्रविधिको विकाससँगै आएको आर्टिफिसियल इन्टेलिजेन्सले पर्यटन क्षेत्रमा ठूलो योगदान गरिरहेकोसमेत बताएका छन् ।

मन्त्री पाण्डेले पर्यटनलाई समुदायमैत्री बनाउन, वातावरणमैत्री आतिथ्य अभ्यासलाई प्रबर्द्धन गर्न र हरित पूर्वाधारमा लगानी बढाउनका लागि काम भइरहेकोसमेत जानकारी गराए ।

यसअघि मन्त्री पाण्डेले आईटीबी मिनिस्टर्स समिट– २०२५ मा सहभागिता जनाएका थिए ।

प्रकाशित मिति : २२ फाल्गुन २०८१, बिहीबार  ११ : ०५ बजे

ईश्वरी भुजेल हत्या प्रकरण : ‘नेपाली ब्रो’लाई थप ५ दिन हिरासत अनुमति

काठमाडौं – ‘नेपाली ब्रो’ नामले चिनिने कुमार थापालाई पत्नी हत्या

गृहमन्त्री सुधन गुरुङले गरे कालभैरवको दर्शन (तस्बिरहरू)

काठमाडौं – दोश्रो पटक गृहमन्त्रीमा नियुक्त भएका मन्त्री सुधन गुरुङले

परराष्ट्रमन्त्री खनाल चीन भ्रमणमा जाने

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले उत्तरी छिमेकी चीनको भ्रमण गर्ने

भारतबाट ५० हजार टन मल ल्याउने प्रक्रिया अन्तिम चरणमा

काठमाडौं – भारतले नेपाललाई रासायनिक मल आपूर्ति गर्ने प्रक्रिया अघि

काठमाडौंको कपन क्षेत्रमा भारी वर्षा

काठमाडौं – पछिल्ला केही दिनदेखि मौसममा आएको बदलीसँगै आज काठमाडौँसहित