नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ शुक्रबार बाँडफाँड हुने « Khabarhub

नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ शुक्रबार बाँडफाँड हुने


२२ फाल्गुन २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ शुक्रबार बाँडफाँड हुने भएको छ ।

कम्पनीले नेपाल माइक्रोको फागुन ११ गतेदेखि १५ गतेसम्म निष्काशन गरेको आईपीओको बाँडफाँड आज हुने तयारी गरेको भए पनि बलेफी हाइड्रोपावरको लिलामी सेयरको बोलपत्र खोल्ने समय पनि बिहीबार बिहान ८ बजे परेपछि आईपीओ बाँडफाँडको कार्यक्रम स्थगित गरिएको बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटलले जानकारी गराएको छ ।

नेपाल माइक्रोको फागुन ११ गतेदेखि १५ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँका दरमा १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता आईपीओ बिक्री गरेको थियो ।

उक्त आईपीओमा अन्तिम दिनसम्ममा १९ लाख ९७७ जनाले कुल २ करोड ४४ लाख ८३ हजार २२० कित्ताका लागि आवेदन दिएका थिए । तसर्थ, यसमा गोलाप्रथामार्फत १ लाख ८४ हजार ५०० जनाले मात्र सेयर हात पार्नेछन् । अब शुक्रबार आईपीओ बाँडफाँड भएपछि नतिजा सार्वजनिक हुनेछ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८१, बिहिबार  १२ : १६ बजे

मुस्ताङमा बढ्दै पर्यटकीय चहलपहल

मुस्ताङ- दसैँदेखि हिमाली मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै जान थालेको छ

किम जोङ उन चीन भ्रमणमा

काठमाडौं- उत्तर कोरियाली नेता किम जोङ उन चीन भ्रमणमा पुगेका

यु-१९ एसिया कपका लागि बन्द प्रशिक्षणमा सहभागी खेलाडीको सूची सार्वजनिक, को को परे ?

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले आगामी पुरुष यु-१९ एसिया

किसानलाई धान थन्क्याउने चटारो

भोजपुर- पहाडी भूगोलका मिलेका गराहरू लहलहाएका सुनौला धानका बालाहरूले पहेँलपुर

दशौँ राष्ट्रिय खेलकुदलाई स्वागत गर्न तयार सुर्खेतको १० हजार दर्शक क्षमताको रंगशाला

सुर्खेत – पटक–पटक मिति सर्दै अन्योलमा परेको दशौँ राष्ट्रिय खेलकुद