बालेन्द्रको पुर्ख्यौली घरमा प्रचण्ड, भने- हामी मिलेर देश बनाउँछौँ « Khabarhub

बालेन्द्रको पुर्ख्यौली घरमा प्रचण्ड, भने- हामी मिलेर देश बनाउँछौँ


२२ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


486
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)को पुर्ख्यौली घर पुगेका छन्।

बिहीबार बिहान प्रचण्डसहितका माओवादी नेताहरू महोत्तरीको एकडारा गाउँपालिकास्थित बालेन्द्रको पुर्ख्यौली घरमा पुगेका हुन् ।

जनतासँग माओवादी, तराई मधेस जागरण अभियानको क्रममा बालेन्द्रको घरमा माओवादी केन्द्रले कार्यक्रमसमेत गरेको छ।

अहिले बालेन्द्रको उक्त पुर्ख्यौली घरमा एकडारा गाउँपालिकाको कार्यालय राखिएको छ । जुन घर पालिकाले भाडामा लिएर कार्यालय चलाएको हो ।

उक्त घरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले सबै मिलेर व्यवस्था जोगाउन र देश बनाउन आग्रह गरेका छन् ।

त्यसक्रममा उनले स्थानीयसँग अन्तक्रिया पनि गरे। प्रचण्डले बालेनको घरमा आइपुग्दा आफूलाई एक किसिमको रमाइलो पनि लागेको बताए ।

‘बालेन साहको पुर्ख्यौली घरमा आइपुगेका छौँ । उहाँका बुवा लगायत काकाहरूको घरमा, हामी आइपुगेका छौँ’, उनले भने, ‘यसले पनि एउटा रमाइलो महसुस भएको छ । बालेनजीले पनि सुनिरहनु भएको होला । हामी सबै मिलेर यो देश बनाउनु छ ।’

प्रचण्डले मिटरब्याजपीडितका समस्या समाधान गर्न अझै पनि जालझेल भइरहेको बताएका छन् ।

उनले महोत्तरीका मिटरब्याजपीडितका गुनासो सुन्दै उनीहरूका समस्याप्रति गम्भीर भएर ऐन, संरचना बनाएर काम अघि बढाउन खोजिए पनि अझै जालझेल भइरहेको बताए ।

उनले मिटरब्याजपीडितका समस्या समाधान गर्न माओवादीले बल गर्ने विश्वास दिए । देशका सबै जिल्लामा मिटरब्याजपीडितको समस्या देखिएकाले यसलाई दीर्घकालीन रुपमा नै समाधान गर्नुपर्ने पनि उनले बताए ।

त्यसक्रममा मिटरब्याज पीडितहरूले आफूहरूको समस्या राज्यले नसुनेको र पीडा थपिदै गएको गुनासो गरेका थिए ।

प्रकाशित मिति : २२ फाल्गुन २०८१, बिहीबार  १ : ०८ बजे

नेपालगञ्जस्थित प्लाइ उद्योगमा आगलागी, पाँच करोडको क्षति

बाँके– बाँकेको नेपालगन्ज उपमहानगरपालिका–२१ फुल्टेक्रास्थित नयाँबस्तीमा अवस्थित एभरेष्ट प्लाइ ढोका

एसियाली छनोट : पुरुष र महिला क्रिकेट टिम अहिले चीनसँग प्रतिस्पर्धा गर्दै

काठमाडौँ – एसियाली गेम्स छनोट अन्तर्गत आइतबार नेपाली पुरुष र

सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि कैलालीलाई

डडेल्धुरा– सुदूरपश्चिम प्रदेशस्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि कैलालीले

लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा वर्षाको सम्भावना, तराईमा हुरी चल्ने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले उपल्लो

एसियाली छनोट : चीनसँग हुने आजको खेल जित्नै पर्ने दबाबमा महिला टिम

काठमाडौँ – मलेसियामा जारी एसियन गेम्स महिला क्रिकेट छनोटको सेमिफाइनल