मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा प्रधानमन्त्री सुर्खेत आउने « Khabarhub

मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा प्रधानमन्त्री सुर्खेत आउने


२२ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहका भोली शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली सुर्खेत आउने भएका छन् । 

शुक्रबार बिहान ११ बजे विश्वविद्यालयको केन्द्रीय प्रशासनिक भवन परिसर, कुइनेपानीमा प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा विद्यार्थीहरू दीक्षित हुने कार्यक्रम रहेको छ। 

प्रधानमन्त्री ओलीसँगै शिक्षा विज्ञान तथा प्रविधिमन्त्री एवम् सहकुलपति विद्या भट्टराई र सिक्किम केन्द्रीय विश्वविद्यालयका संस्थापक उपकुलपति एवम् जवाहरलाल नेहरु विश्वविद्यालय भारतका प्रा. डा. महेन्द्र पी. लामा उपस्थिति रहने ग्र्याजुएट स्कुल अफ ह्युमानिटिज एण्ड सोसल साइन्सेसका डीन एवम् मध्यपश्चिम विश्वविद्यालय तेस्रो दीक्षान्त समारोह, सञ्चार तथा प्रचार–प्रसार उपसमितिका संयोजक सह प्रा. डा. लीलाधर तिवारी बताए । 

दीक्षान्त समारोहमा विभिन्न तीन वर्षको ब्याजहरूबाट स्नातकोत्तर तहमा सर्वोत्कृष्ट भएका तीन जनालाई कुलपति पदक, स्नातक तहमा सर्वोत्कृष्ट भएका तीन जनालाई उपकुलपति पदक, सबै ग्र्याजुएट स्कुलहरूबाट स्नातकोत्तर तहका लागि डीन लिस्टमा परेका ११ जना र स्नातक तहबाट १८ जना विद्यार्थीहरू गरी जम्मा ३५ जनाले प्रमाणपत्रसहित पदक पाउने विश्वविद्यालयले जनाएको छ । 

दीक्षान्त समारोहमा ग्रेस लिस्टमा रहेका तीन हजार आठ सय ४१ जना विद्यार्थीहरू दीक्षित हुने र जसमध्ये आठ सय ८५ जना विद्यार्थीहरूले सहभागिताको लागि आवेदन दिएका छन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०८१, बिहीबार  १ : ४४ बजे

पहाडी क्षेत्रमा बादल लाग्ने, तराईमा तातो लहर

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पोखराको खोलाघरमा बनेका अवैध संरचना हटाइँदै

कास्की– पोखरा महानगरपालिकाले बजारको मध्यभाग भएर बग्ने फिर्केखोलाको खोलाघरभित्र बनेका

अय्यरको शतकमा पञ्जाबको सानदार जित

काठमाडौँ – श्रेयस अय्यरको सानदार अविजित शतकको मद्दतले पञ्जाब किङ्सले

वीरगञ्जबाट १० महिनामा करिब ८ खर्बको सामान भित्रियो

वीरगन्ज– वीरगन्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्ष (आव)को १०

एसईईमा उत्कृष्ट विद्यार्थीलाई ल्यापटपसहित सम्मान

भोजपुर– भोजपुरको रामप्रसादराई गाउँपालिकाले शैक्षिकसत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा