दशैँ बिदाको मौका छोप्न निर्माताको होडबाजी, ६ फिल्मको साइत फूलपाती | Khabarhub Khabarhub

दशैँ बिदाको मौका छोप्न निर्माताको होडबाजी, ६ फिल्मको साइत फूलपाती


२२ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यो वर्ष दशैँलक्षित चार फिल्म प्रदर्शनमा आए । घटस्थापनामा ‘बेहुली फ्रम मेघौली’, फूतपातीमा ‘छक्का पञ्जा–५’, ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ प्रदर्शनमा आए ।

तीन फिल्म हलमा थपिएपछि ‘बेहुली फ्रम मेघौली’लाई उतार्नुपर्ने अवस्था आयो । कम शो पाएको भन्दै फिल्मका निर्माता तथा कलाकार निर्देशक निश्चल बस्नेतले हलबाट ‘बेहुली फ्रम मेघौली’ उतारे ।

यो अभ्यासबाट सिक्नुपर्ने कुरा हो– सुरुवाती दिनमा उच्च अकुपेन्सी रहेका फिल्मको चापमा अन्य फिल्म पर्छन् । फलतः शो कम पाउँछन् । लगानी खेर जान्छ ।

यसको शिक्षा व्यवहारिक रुपमा पाउने फिल्म हो ‘ज्वाइँ साब’ । ‘१२ गाउँ’ र ‘छक्का पञ्जा–५’को अकुपेन्सीको चेपुवामा ‘ज्वाइँ साब’ परेको थियो । दुई फिल्मलाई अनुपेन्सीका आधारमा हलहरुले बढी शो दिँदा ‘ज्वाइँ साब’ले शो कम पाएको थियो ।



यो घटनामा फिल्म ‘ज्वाइँ साब’लाई घाटा देखियो । समग्रमा भन्दा यही क्षेत्रका मेकर मारमा परेका हुन् ।

तर, यो घटनालाई मेकरहरूले नै नजरअन्दाज गरिहेका छन् । अस्ति भर्खरै अर्थात् फागुन १४ गते पनि तीन फिल्म प्रदर्शनमा आए– ‘लाज शरणम्’, ‘मायावी’ र ‘फेरि रेशम फिलिली’ ।

तर, तीनै फिल्मले हलमा दर्शकको चाप बढाउन नसकेकाले शोको विवाद पनि आएन ।

अझै पनि मेकरहरू बिदाको मौका पारेर फिल्मको व्यापार बढाउने दाउमा देखिन्छन् । ‘बिदामा नेपाली दर्शक हलमा जाने बानी छ’ भन्ने मान्यताका कारण हलमा फिल्म ल्याउन मेकरहरू बिदा कुरेर बसेका छन् ।

अझ दशैँको लामो बिदामा फिल्म हलमा ल्याउन मेकरहरू आधा वर्षअगाडिबाटै तँछाड्मछाड् गरिरहेका छन् । वि.सं. २०८२ को दशैँ आउन ७ महिना बाँकी छ । दशैँलाई प्रदर्शन मिति तोक्ने फिल्मको संख्या ६ पुगिसकेको छ ।

दशैँमा ६ फिल्म

दशैँको फूलपाती प्रदर्शन मिति तोकिएका फिल्म हुन्– ‘बलिदान’, ‘माइतीघर’, ‘महाराजधिराज’, ‘हरिबहादुरको जुत्ता’, ‘डबल ट्रिपल’ र ‘दशमी’ ।

यी ६ फिल्मको प्रदर्शन मिति एउटै हो, अर्थात् ०८२ को फूलपाती ।

फलपातीमा घोषणा भएका सबै फिल्म प्रदर्शनमा आए शो बाडफाटँलाई लिएर विवाद हुने पक्का छ ।

तर, घोषणा गरेकै मितिमा यी सबै फिल्म प्रदर्शनमा आउँछन् भन्ने छैन । केही फिल्म अघि वा पछि सर्न सक्छन् ।


केही निर्माता भने कुनै हातमा पनि फिल्म फूलपातीमै प्रदर्शन गर्नेमा सुरमा छन् । बढी हौसिने ‘माइतीघर’ निर्माता रोहित अधिकारी छन् ।

उनले केही दिनअघि सामाजिक सञ्जालमा लेखेका छन्, ‘फूतपातीभन्दा एक इन्च नसर्ने हाम्रो फिल्म माइतीघर…’

यस फिल्मको केन्द्रीय भूमिकामा नायक धीरज मगर र नायिका उपासना सिंह छन् । केदार घिमिरे ‘माग्ने बुढा’को पनि अभिनय रहने भएकाले यसको चर्चा बढेको छ ।

मिलन तामाङले निर्देशन गर्ने यस फिल्ममा प्रकाश सपुत, दिकिला शेर्पा र बुद्धि तामाङको पनि अभिनय रहने बताइएको छ ।

बलिदान : निर्माता तथा निर्देशक सन्तोष सेन पनि आफ्नो फिल्म ‘बलिदान’ जसरी पनि फूलपातीमै प्रदर्शनमा ल्याउने तयारी छन् ।

फूतपातीमै प्रदर्शनमा ल्याउने तयारीसहित छायाङ्कनमा निस्किएका उनी उक्त मितिबाट हलचल हुने पक्षमा छैनन् ।


हरिबहादुरको जुत्ता : वरिष्ठ कलाकार हरिवंश आचार्यको परिकल्पना रहेको फिल्म ‘हरिबहादुरको जुत्ता’को प्रदर्शन मिति पनि फूलपातीलाई नै तोकिएको छ ।

फिल्मका शीर्ष पात्रसमेत रहेका हरिवंशले सामाजिक सञ्जालमार्फत् छायाङ्कन सकिएको जानकारी दिँदै फिल्मको प्रदर्शन मिति फूतपातीलाई तोकिएको बताएका थिए ।

उनले लेखेका थिए, ‘…अब दशैँ (फूलपाती)को दिन सिनेमा घरमा भेट हुनेछ ।’

दीपेन्द्र के खनालको निर्देशनमा बनिरहेको यस फिल्ममा हरिवंशसहित प्रकाश सपुत, स्वस्तिमा खड्का, प्रियंका कार्कीको अभिनय छ ।


डबल ट्रिपल : निर्माता अशोक शर्माको फिल्म ‘डबल ट्रिपल’ पनि फूलपाती नै प्रदर्शन मिति तोकिएको छ । यस फिल्ममा
दयाहाङ राई, खगेन्द्र लामिछाने, केकी अधिकारी, मिरुना मगर केन्द्रीय भूमिकामा छन् । यसको छायाङ्कन सुरु भएको छैन ।


महाराजधिराज : यस फिल्मको निर्माण घोषणा गत असोजमा भएको थियो । त्यसबेला ०८२ को तिहारमा प्रदर्शन मितिको तोकिएको थियो ।

तर, फिल्मका नायक पल शाहको जन्मदिन पारेर निर्माण पक्षले गत माघमा पोस्टर सार्वजनिक गरेको थियो ।

त्यही पोस्टरमार्फत यो फिल्मको प्रदर्शनम मिति फूतपाती तोकिएको जानकारी दिइएको थियो । यस फिल्मका निर्देशक र लेखक परिच्छेद सेन हुन् ।

दशमी : ‘ज्वाइँ साब’का निर्देशक वसन्त निरौलाले पनि आगमी दशैँमै अर्को फिल्म ‘दशमी’ ल्याउने भएका छन् ।

उनले फिल्म निर्माणको घोषणा गरिसेकका छन् । यस फिल्मका लेखक दिलिप रानाभाट र प्रस्तुतकर्ता राजकुमार पण्डित हुन् ।
यस फिल्मका कलाकार र छायाङ्कनबारे निर्माण पक्षले केही खुलाएको छैन ।

प्रकाशित मिति : २२ फाल्गुन २०८१, बिहीबार  ३ : ४९ बजे

निःशुल्क स्वास्थ्य शिविरबाट ५५३ जना लाभान्वित

कालिकोट – कालिकोटको नरहरिनाथ गाउँपालिकामा दुई दिनसम्म चलेको स्वास्थ्य शिविरबाट

बारको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

काठमाडौं – नेपाल बार एशोसिएशनको २७औँ केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि

बुद्धजन्मस्थल लुम्बिनीमा दीप प्रज्वलन गरिने

लुम्बिनी – बुद्धको जन्मस्थल लुम्बिनीमा चार हजार दीप प्रज्वलन गरिने

प्रविधिक समस्या देखिएको जहाज मर्मतपछि नियमित उडान सुचारु : वायुसेवा निगम

काठमाडौं – नेपाल वायुसेवा निगमले आफ्ना विमानहरूको उडानसम्बन्धी विभिन्न सञ्चारमाध्यममा

शहीद मार्गको बजेट काटेर सरकारले प्रतिशोध साँध्योः वर्षमान पुन

रोल्पा– नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन ‘अनन्त’