इटहरीमा ट्राफिक व्यवस्थापनसम्बन्धी अभियान « Khabarhub

इटहरीमा ट्राफिक व्यवस्थापनसम्बन्धी अभियान


२२ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

इटहरी – इटहरीमा ट्राफिक प्रहरीले ट्राफिक नियम व्यवस्थापनसम्बन्धी अभियान सञ्चालन गरेको छ ।

चर्को आवाज निकालेर तथा स्वरूप परिवर्तन गरेर सवारी चलाउने, ट्राफिक नियम पालना नगर्नेलाई सचेतनासँगै आवश्यकताका आधारमा कारबाही गर्ने उद्देश्यले ट्राफिक प्रहरीले विशेष अभियान सञ्चालन गरेको हो ।

अभियानअन्तर्गत एक सातामा चर्को आवाज निकाल्ने तथा ट्राफिक नियम पालना नगर्ने एक सय ५९ मोटरसाइकल चालकलाई कारबाही गरिएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले जनाएको छ ।

जिल्लास्थित ट्राफिक व्यवस्थापन कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीलले भने, ‘त्यस्ता मोटरसाइकलले दुर्घटना निम्तिनुका साथै सर्वसाधारणमा अनावश्यक आवाजले आतङ्कित मच्चाएको, वातावरणमा ध्वनि प्रदूषण बढाएको जनगुनासो आएपछि अभियान सञ्चालन गरी सचेतना अभिवृद्धिसँगै कतिपयलाई कारबाही गरिएको हो ।’

जथाभाबी रूपमा साइलेन्सरलाई परिवर्तन गरेर चलाउने, फिल्टर निकालेर वा कम्पनीबाट नै ठुलो आवाज निस्कने बनाइएका मोटरसाइकललाई इटहरी बजार क्षेत्रभित्र सञ्चालनमा कडाइ गरिएको प्रनाउ त्वातीलले जानकारी दिए। 

उनका अनुसार कारबाही परेकामध्ये एक सय ५२ मोटरसाइकलका चालकलाई साइलेन्सरपाइप फेर्न लगाइएको र बाँकी मोटरसाइकल चालकलाई कारबाहीका लागि यातायात व्यवस्था कार्यालय इटहरी पठाइएको छ । 

प्रकाशित मिति : २२ फाल्गुन २०८१, बिहीबार  २ : ५५ बजे

खहरेमा बगेकी सुमित्राको शव राप्ती किनारमा भेटियो

हेटौँडा– हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुरकी ११ वर्षीया सुमित्रा ब्लोनको शव राप्ती

पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका

सोलुखुम्बु–  विश्वको सर्वोच्च शिखर सगरमाथासहित विश्वका अग्ला हिमशृङ्खला र सयौँ

जाजरकोटमा जिप दुर्घटना : एक जनाको मृत्यु, ६ घाइते

काठमाडौँ – डोल्पा-जाजरकोट सडकखण्डअन्तर्गत जाजरकोटको नलगाड नगरपालिका–७ दानेपिपलमा जिप दुर्घटना

भक्तपुरका किरण थापा मगर : वडाध्यक्षदेखि मुख्यमन्त्रीसम्म

मकवानपुर– बागमती प्रदेश सरकारमा बिहीबारमात्रै सातौँ मुख्यमन्त्रीका रूपमा नियुक्त भएका

काभ्रेमा ७४ आपराधिक घटना, ७६ पक्राउ

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकमा गत साउनमा ७४ आपराधिक घटना दर्ता भएका छन्।