पूर्वराजालाई प्रधानमन्त्रीको चुनौती- अब राजतन्त्र फर्किँदैन, लोकप्रिय भए चुनाव लड्नुस् « Khabarhub

पूर्वराजालाई प्रधानमन्त्रीको चुनौती- अब राजतन्त्र फर्किँदैन, लोकप्रिय भए चुनाव लड्नुस्


२२ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


534
Shares
  • change font
  • change font
  • change font

महोत्तरी- प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा अब राजतन्त्र ब्यूँतने सपना नदेख्न भनेका छन् ।

देशकै सबैभन्दा ठूलो कागज उद्योगको उद्घाटनका लागि बिहीबार महोत्तरी पुगेका ओलीले नेपालमा जन्मिँदै कोही राजा हुने र कोही रैती भएर बस्ने दिन अब फर्किएर नआउने पनि बताएका छन् ।

पछिल्लो समय राजावादीहरूको गतिविधि बढिरहेका सन्दर्भमा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनाव लडेर अघि बढ्न पनि चुनौती दिएका छन् ।

ओलीले हिमाल, पहाड,तराई जता पनि उठ्न पाइने भएकाले २०८४ को चुनावमा प्रतिस्पर्धामा उत्रिन पूर्वराजा ज्ञानेन्द्र शाहलाई आग्रह गरे ।

गत फागुन ७ गते प्रजातन्त्र दिवसका दिन पूर्वराजाले दिएको भिडियो सन्देशबाट पछिल्लो समय दलहरू तरंगित छन् । बुधबार मात्रै राजेन्द्र लिङ्देन र दुर्गा प्रसाईंसहितका राजावादीहरूले काठमाडौंमा शक्ति प्रदर्शन गरेका छन् ।

यही पृष्ठभूमिमा ओलीले अगाडि भने, ‘हाम्रो संविधानले राजा चिन्दैन । राजा भएर रैती बनाउँछु भन्ने अब कसैले नसोचे हुन्छ ।’

महोत्तरीको गौशाला नगरपालिका–१, रामनगरमा आज नेपाल पल्प एण्ड पेपर इण्डष्ट्रिजको उद्घाटनका क्रममा उनले गर्दै अब कसैको जालझेल नचल्ने पनि बताएका छन् ।

‘अब अराजकता, बलमिच्याँइ र जालझेल चल्दैन‘ उनले भने, ‘मुलुकमा अब राजतन्त्र फर्किँदैन । सबैले संविधानअनुसार चल्नुपर्ने आवश्यक छ ।’

उनले अब औद्योगिक विकास र रोजगारी सृजनामा प्राथमिकता दिइने बताए । ‘अब हामी आत्मनिर्भरताको बाटोमा लाग्नुको विकल्प छैन । सहकार्यका माध्यमबाट युवाहरूले आँपको खेती विकास गर्न सक्छन्, यसमा प्रदेश सरकारहरु पनि अघि सरुन्’, ओ‌लीले भने ।

प्रधानमन्त्री ओलीले वर्तमान सरकार केवल सरकारका लागि नभएर देश बनाउन आएको बताए । उनले हुलाकी राजमार्ग, सुनकोशी-मरिनलगायत योजना छिटो सम्पन्न गर्ने प्रतिबद्धता जनाए ।

आइएमई ग्रुपले स्थापना गरेको यस उद्योग सञ्चालनमा आएसँगै प्रयोग भइसकेका कागजबाट नेपालमै नयाँ कागज उत्पादन गर्न सकिने छ । जसका कारण कागज आयातमा कमी आउनेछ । उद्योगले करिब तीन सयलाई रोजगारी दिने जनाएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८१, बिहीबार  ४ : १६ बजे

शनिबार शनिदेवसहित पिपलको पूजा गर्नुहोस्

आज २०८३ साल भदौ ६ गते शनिबार सन् २०२६ अगष्ट

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज २०८३ साल भदौ ६ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ६ गते शनिबार सन् २०२६

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ