कृष्णपुरमा ‘नागरिकसँग नगरप्रमुख’ कार्यक्रम सञ्चालन « Khabarhub

कृष्णपुरमा ‘नागरिकसँग नगरप्रमुख’ कार्यक्रम सञ्चालन


२२ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कृष्णपुर नगरपालिकामा सञ्चालित ‘नागरिकसँग नगरप्रमुख’ कार्यक्रमअन्तर्गत स्वास्थ्यकर्मीले नगरबासीको घरमा पुगेर सेवा दिन थालेका छन् । नगरवासीको स्वास्थ्य परीक्षण गर्न चार वटा स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको छ ।

स्वास्थ्य सेवा नगर वासीको पहुँचमा पुर्‍याउनका लागि कार्यक्रमलाई निरन्तर दुई वर्षदेखि सञ्चालन गरिँदै आइएको नगरप्रमुख हेमराज ओझाले बताए।

‘स्वास्थ्य सेवाबाट कोही पनि नगरबासी वञ्चित हुनु हुँदैन भन्ने उद्देश्यका साथ यो कार्यक्रमलाई अघि बढाएका छौँ’ उनले भने, ‘अति विपन्न परिवार, दलित, मुक्त कमैँया, मुक्त हलिया, आरक्ष विस्थापित, सुकुम्बासीलगायतको घर दैलोमा पुगेर स्वास्थ्यकर्मीसहितको टोलीले सेवा उपलब्ध गराउन थालेका छन् ।’

स्वास्थ्यकर्मीको टोलीले मधुमेह, उच्च रक्तचाप, मिर्गौलालगायत नसर्ने रोगको परीक्षण गरिरहेका उनले जानकारी दिए। उनका अनुसार अन्य रोगका बारेमा पनि स्वास्थ्यकर्मीले स्थानीयलाई परामर्शसँगै निःशुल्क औषधि उपलब्ध गराइरहेका छन् । कार्यक्रम सञ्चालनका लागि चार वटा स्वास्थ्यकर्मीको टोली बनाएर वडा वडामा परिचालन गरिएको छ ।

कार्यक्रमअन्तर्गत ३० वर्ष माथिका सबै नागरिकको स्वास्थ्य परीक्षणमार्फत रिपोर्ट तयार गरी त्यसका आधारमा उपचारका लागि सिफारिस गरिने नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख रतनबहादुर विष्टले बताए। उनका अनुसार दुई महिनासम्म सञ्चालन हुने अभियानअन्तर्गत ७० हजार नागरिकलाई सेवा दिने लक्ष्य राखिएको छ । 

गत वर्ष सोही कार्यक्रमअन्तर्गत अभियान सञ्चालन गरी २५ हजार बढीलाई सेवा दिइएको थियो । कार्यक्रम सञ्चालनका लागि १५ लाख बजेट परिचालन गरिएको छ । परिचालन गरिएको बजेटबाट स्वतथ्यकर्मीको तलब, उपकरण, औषधिलगायत खर्च गरिने नगर कार्यालयले जनाएको छ । यो कार्यक्रमसँगै नगरपालिकाले कृष्णपुर स्वास्थ्य चौकीको स्तरोन्नति गरी २४ सैँ घण्टा चिकित्सकीय सेवा उपलब्ध गराउँदै आएको छ ।

अस्पतालमा पुग्ने बिरामीको उपचारका लागि विशेषज्ञ चिकित्सकको व्यवस्था मिलाइएको नगरको स्वास्थ्य शाखाका प्रमुख विष्टले उल्लेख गरे। सुत्केरीलाई बर्थिङ सेन्टरसम्म पुर्‍याउन र दुर्घटना हुँदा उपचार आवश्यक भएकालाई एम्बुलेन्स सेवा निःशुल्क प्रदान गर्ने व्यवस्था गरिएको उनले बताए। 

प्रकाशित मिति : २२ फाल्गुन २०८१, बिहीबार  ४ : ५२ बजे

संयुक्त राज्य अमेरिकामा दादुराको प्रकोप, बालबालिका बढी प्रभावित

लस एन्जलस- संयुक्त राज्य अमेरिकामा सन् २०२५ मा दुई हजारभन्दा

आलोपालो दिवा खाजा बनाउँछन् भाग्योदयका अभिभावक

वालिङ– स्याङ्जाको भीरकोट नगरपालिका–६ उजेलीडाँडामा रहेको भाग्योदय माध्यमिक विद्यालयका अभिभावकले विद्यालयमै

पदयात्रा पथप्रदर्शकका लागि चरा पहिचानसम्बन्धी तालिम

गण्डकी– नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय र पोखरा पन्छी

भूमिगत विद्युतीकरणको काम ८३ प्रतिशत

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम

‘भूकम्पबाट हुने क्षति न्यूनीकरण गर्न सुरक्षित निर्माण, बसोबास र व्यवहार अपरिहार्य’

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले भूकम्पबाट हुने क्षति न्यूनीकरणका लागि सुरक्षित