एमाले मोरङमा संस्थापनलाई धक्का, १८८ मत गन्दा ढकालको प्यानल नै अगाडि « Khabarhub

एमाले मोरङमा संस्थापनलाई धक्का, १८८ मत गन्दा ढकालको प्यानल नै अगाडि


२२ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

मोरङ- नेकपा एमाले मोरङको दशौँ जिल्ला अधिवेशनका क्रममा बिहीबार मतगणना भइरहेको छ ।

बुधबार भएको मतदानपछि बिहीबार सुरू मतगणनामा अध्यक्ष केपी शर्मा ओलीसहितका संस्थापन पक्षीय नेताहरूको समर्थन मिलेको प्यानल पछि परेको छ।

ताजा अवस्थामा १८८ मतगणना गरिसक्दा अध्यक्षसहित पाँचजना पदाधिकारीहरूमा कोशी प्रदेशको अध्यक्षमा पराजित पूर्वकेन्द्रीय सदस्य विनोद ढकाल नेतृत्वको प्यानलले अग्रता बनाउँदै लगेको छ।

अध्यक्षका लागि ढकालको प्यानलबाट मैदानमा रहेका अजम्बर राईले अहिलेसम्म ९८ मत ल्याएका छन् । उता ओली र महासचिव शंकर पोखरेलसहितको साथ पाएका राजकुमार ओझा ८४ मतसहित पछ्याउँदैछन् ।

उपाध्यक्ष पदमा पनि ढकाल प्यानलका सागर थापा ९८ मतसहित अगाडि छन् । उनीसँग प्रतिस्पर्धामा रहेकी संस्थापन पक्षीय शान्तिकुमारी लिम्बूले ७७ मत ल्याएकी छन् ।

उता सचिव पदमा पनि ढकाल पक्षीय सोमराज थापाले ९६ मत ल्याएका छन् । उनीसँग प्रतिस्पर्धामा रहेकासंस्थापन पक्षीय रविन थापाले ७८ मत ल्याएका छन् ।

उपसचिव पदमा ढकाल पक्षीय सन्तोष बान्तवाले १०५ मत ल्याउँदा संस्थापन पक्षीय इर्जलाल राजवंशी ६८ मतमा समेटिएका छन् ।

अर्कातिर महिला सहसचिवमा संस्थापन पक्षीय शिल्पा निराला कार्की पनि पछि परेकी छन् । पहिलो चरणको गणनामा उनी अगाडि थिइन् । अहिले ढकाल पक्षीय उषा झाले ९३ मत ल्याउँदा कार्कीले ८२ मत पाएकी छन् ।

अहिले विराटनगरस्थित एमाले जिल्ला पार्टी कार्यालय पाञ्चालीमा मतगणना भइरहेको छ। निर्वाचन समितिका अनुसार जिल्ला अधिवेशनमा ८ सय ८८ मत खसेको थियो ।

एमालेको जिल्ला अधिवेशन नेताहरूका लागि प्रतिष्ठाको विषय बनेको छ । ढकाललाई एमालेका शीर्ष नेताहरू लागेर कोशी प्रदेश अध्यक्षमा हराएका थिए । उनी घनश्याम खतिवडासँग पराजित भएका थिए ।

कुनै बेला ओलीकै संरक्षण पाएका ढकाल कोशी प्रदेशको चुनावपछि किनारा पारिएका थिए ।

यस्तो अवस्थामा कारबाही गरिएका सागर थापासहितलाई जुटाएर ढकालले एमाले मोरङको चुनावमा आफ्नो प्यानल खडा गरेका थिए । ढकाललाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पनि संरक्षण मिलेको बताइन्छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८१, बिहीबार  ५ : ५१ बजे

बेनीबाट म्याग्दीको सदरमुकाम स्थानान्तरण गर्न मन्त्री पुनको प्रस्ताव

म्याग्दी– विज्ञान, प्रविधि तथा नवप्रर्वतनमन्त्री महाविर पुनले म्याग्दीको सदरमुकाम बेनी

प्रधानमन्त्री कार्यालयको नियमित प्रेस ब्रिफिङ : विभिन्न निकायमा ६११ जनाको नियुक्ति

काठमाडौं– सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी

मधेस सरकारबाट बाहिरियो एमाले

काठमाडौँ- नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार

साउदी अरबमाथि हुथी हमलाको सुरक्षा परिषदद्वारा निन्दा

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले साउदी अरबमाथि नागरिक उड्डयन र

चिकित्सा शिक्षामा ४१८ सिट थप, निजी कलेजको सिट यथावत् राखेर सरकारीलाई प्रोत्साहन

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका