पक्षधरताभन्दा कार्य सम्पादनमा अब्बल हुनुहोस् : मुख्यमन्त्री कँडेल « Khabarhub

पक्षधरताभन्दा कार्य सम्पादनमा अब्बल हुनुहोस् : मुख्यमन्त्री कँडेल


२२ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पक्षधरताभन्दा कार्य सम्पादनमा अब्बल भएर सेवा प्रवाह गर्न नवनियुक्त कर्मचारीलाई निर्देशन दिएका छन् । 

प्रदेश सरकार अन्तर्गत खुल्ला प्रतिस्पर्धाबाट अधिकृतस्तर सातौँमा नियुक्त भएका कर्मचारीहरूलाई मुख्यमन्त्री कँडेलले सेवा प्रवाहमा पक्षधरताभन्दा कार्य सम्पादनलाई प्रमुख ठानेर काम गर्न निर्देशन दिएका हुन् । 

समाजमा कर्मचारी र राजनीतिक नेतृत्वप्रति हेर्ने दृष्टिकोण सकारात्मक नभएको चर्चा गर्दै मुख्यमन्त्री कँडेलले अब सबै तहका कर्मचारीहरूले समाजलाई सकारात्मक दृष्टिकोण बनाउने गरी काम थाल्नु पर्ने बताए ।

 ‘हिजोको जस्तो छैन । नागरिक सचेत भइसकेका छन्,’ उनले भने,‘तपाईँहरूको कामको मूल्यांकन नागरिक स्तरबाटै भइरहेको छ ।’

आफ्नो जिम्मेवारी बढेसँगै आडम्बर समाजलाई देखाउने नाममा गलत काम गरेर आर्थिक हैसियत  बढाउने काममा नलाग्न मुख्यमन्त्री कँडेलले कर्मचारीलाई निर्देशन दिए ।

 ‘तपाईँहरू नै भोलीको प्रदेश सचिव, प्रमुख सचिवको हकदार हो,’ उनले भने,‘इमानदारिताले त्यो स्थानमा पुग्न सकिन्छ तर म अधिकृत  भए भन्दै भनेर प्रचलित कानूनको विपरीत गएर काम गर्नुभयो भने, तपाईँहरूकै करियर समाप्त हुन्छ ।’ 

निजामती कर्मचारी समाजको पथप्रदर्शक भएकोले सामाजिक रूपान्तरणमा कर्मचारीहरू महत्त्वपूर्ण योगदान दिन सक्ने मुख्यमन्त्री कँडेलले बताए ।

प्रकाशित मिति : २२ फाल्गुन २०८१, बिहीबार  ५ : ५२ बजे

चैत १२ देखि १४ सम्म देशभर एमएडब्लु वृद्धिको मेगा एक्सचेन्ज  

काठमाडौं– एमएडब्लु वृद्धिले इभी ब्रान्डहरु दिपल, अवतार, नामी र सेरेसलाई एउटै

म्याग्दीका २४ पर्यटकीय स्थलमा पूर्वाधार निर्माण योजना

म्याग्दी– गण्डकी प्रदेश सरकार मार्फत म्याग्दीमा यस वर्ष २४ पर्यटकीय

इरान–कतार ऊर्जा तनावमा ट्रम्पको कडा चेतावनी

दोहा– मध्यपूर्वमा झन्डै तीन सातादेखि जारी युद्धले ऊर्जा सुरक्षामाथि गम्भीर

जुम्लामा एक हजार २७७ किशोरीलाई एचपीभी खोप दिने

जुम्ला– जिल्लामा लक्षित समूहका एक हजार २७७ जना किशोरीलाई पाठेघरको

संसद् सचिवालयले बोलायो ६ राष्ट्रिय दलको बैठक

काठमाडौं- संघीय संसद् सचिवालयले २१ फागुनपछिको निर्वाचनमार्फत् प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने