सार्वजनिक यातायातलाई प्रविधिमैत्री बनाइने « Khabarhub

सार्वजनिक यातायातलाई प्रविधिमैत्री बनाइने


२२ फाल्गुन २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यातायात व्यवस्था विभागले सार्वजनिक यातायातलाई सुरक्षित बनाउन प्रविधिमैत्री बनाउने तयारी गरेको छ ।

विभागले यात्रुवाहक सवारी साधनामा अनलाइन भुक्तानी, जिपिएस जडानलगायतका कार्यगरी प्रविधिमैत्री बनाउने तयारी गरेको हो । 

यस विषयमा विभागले बिहीबार सरोकारवाला निकायसँग छलफल गरेको थियो । 

छलफलका क्रममा विभागका महानिर्देशक राजीव पोखरेलले सार्वजनिक यातायातको डाटालाई एकीकृत गर्न सके यस क्षेत्रलाई सुरक्षित बनाउन सकिने बताए । 

उनले देशभर रहेका तौलपुललाई पनि प्रविधिमैत्री बनाइने जानकारी दिए । पोखरेलले सरकार र सरोकारवाला सबै मिलेर काम गर्न सके सकारात्मक नजिता निस्कने बताए ।

उनले इम्वोस्ड नंवर प्लेड जडानका क्रममा देखिएका समस्या समाधान हुने उल्लेख गरे  ।  

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले सार्वजनिक यातायात सञ्चालनमा देखिएका समस्यालाई हल गर्नुपर्ने बताए । 

अनलाइन टिकेटिङ, जिपीएस जडानलगायतका कार्यलाई सुरु गर्नुपर्ने उनले बताए । उनले सिमलताल दुर्घटनापछिको अध्ययन प्रतिवेदनले सुधारका विषय औँल्याए पनि त्यसलाई राज्यले कार्यान्वयन नगरेको भन्दै आपत्ति जनाए । 

त्यस्तै इम्वोस्ड नंवर प्लेड जडानका देखिएको समस्या समेत समाधान हुनुपर्नेमा यातायात व्यवसायीहरूले जोड दिएका थिए । 

प्रकाशित मिति : २२ फाल्गुन २०८१, बिहिबार  ७ : ५२ बजे

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने