जनकपुरमै पाङ्ग्रा छुटेको बुद्ध एयरको जहाज काठमाडौं सुरक्षित अवतरण « Khabarhub

जनकपुरमै पाङ्ग्रा छुटेको बुद्ध एयरको जहाज काठमाडौं सुरक्षित अवतरण


२२ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जनकपुरबाट काडमाडौंका लागि उडेको बुद्ध एयरको जहाज अगाडिको एउटा पाङ्ग्राबिना नै सुरक्षित अवतरण गरेको छ। जहाज अवतरण गर्ने क्रममा पाङ्गा नभएको थाहा भएको थियो ।

बिहीबार दिउँसो ४ः३९ बजे जनकपुरबाट काठमाडौंका उडेको ९एनएएनएच कलसाइन रहेको उक्त जहालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ५ः०६ बजे सुरक्षित अवतरण गरेको थियो ।

उक्त जहाजको नोज ल्यान्डिङ गियरको एउटा टायर जनकपुरकै रनवेका झरेको फेला परे छ । नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार जहाज ग्राउन्डेड गर्दै अनुसन्धान सुरु गरिएको छ ।

उनले भने, ‘काठमाडौंमा अवतरण भएपछि मात्रै जहाजको नोज ल्यान्डिङ गियरको एउटा टायर नभएको थाहा भयो । ल्यान्डिङ गियरसँगै नोज ह्विल रहने भएका कारण पाइलटलाई इन्डिकेसन आउँदैन । अहिले जहाज ग्राउन्डेड गरि अनुसन्धान सुरु भएको छ । अवतरणलगत्तै पाइलटले जाँच गर्दा नोज ह्विल जनकपुरमै छुटेको रिपोर्ट आएको हो ।’

प्रकाशित मिति : २२ फाल्गुन २०८१, बिहीबार  ८ : २९ बजे

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल असोज ५ गते सोमबार सन् २०२६

आज २०८३ साल असोज ५ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ५ गते सोमबार सन् २०२६

एन्फाका कोषाध्यक्ष र लेखा प्रमुख पक्राउ

काठमाडौं – नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २६ जनालाई