प्रविधिक समस्या देखिएको जहाज मर्मतपछि नियमित उडान सुचारु : वायुसेवा निगम | Khabarhub Khabarhub

प्रविधिक समस्या देखिएको जहाज मर्मतपछि नियमित उडान सुचारु : वायुसेवा निगम


२२ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल वायुसेवा निगमले आफ्ना विमानहरूको उडानसम्बन्धी विभिन्न सञ्चारमाध्यममा आएका समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

निगमले बिहीबार एक विज्ञप्ती जारी गर्दै निगमको ९एन–एकेडब्ल्यू विमान भैरहवामा मर्मतसंभार पश्चात उडान सुचारु गरेको जानकारी दिएको हो ।

नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय प्रचलन अनुसार विमान निर्माता कम्पनी र नियमनकारी निकायले तोकेको मापदण्ड अनुसार मर्मतसंभार गरि पूर्णरूपले उडानयोग्य भइसकेपश्चात यात्रुको सुरक्षालाई उच्च प्राथमिकतामा राखी उडान संचालन गर्दै आइरहेको विज्ञप्तीमा उल्लेख छ ।

बुधबार निगमको ९एन–एकेडब्ल्यू विमान भैरहवाबाट दुबईको लागि प्रस्थान गर्ने क्रममा पाईलटले उडान पूर्वको नियमित चेकजाच गर्दा जहाजमा प्रविधिक समस्या देखिएको थियो । त्यसपछि यात्रुहरुको सुरक्षालाई ध्यानमा राखेर सो उडान स्थगन गरि आज निगमको आफ्नै विमान ९एन–एकेएक्स बाट भैरहवा देखि दुबईको लागि सबै यात्रु सहित प्रस्थान गरिसकेको निगमले जानकारी दिएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८१, बिहीबार  ९ : ४५ बजे

जुम्लाको चन्दननाथ र तातोपानीबीच भगिनी सम्बन्ध

जुम्ला– जुम्लाको चन्दननाथ नगरपालिका र तातोपानी गाउँपालिकाबीच स्थानीय पर्यटन प्रवर्द्धन

ललितपुर महानगर प्रमुखसँग युरोपेली युनियनका राजदूतबाट भेटवार्ता

ललितपुर– ललितपुर महानगर प्रमुखसँग युरोपेली युनियनका राजदूत भेरोनिक लोरेन्जोले भेटवार्ता

अमेरिकासँग सम्बन्ध बिग्रिएकै समयमा क्यानडामा निर्वाचन : ट्रम्पविरुद्ध दुवै दल एकजुट

ओटावा – क्यानडामा मंगलबार आम निर्वाचन सम्पन्न भएको छ। पार्टीका

जनकपुरमा जानकी जन्मोत्सव सुरु

धनुषा– पवित्र जानकी जन्मोत्सवका अवसरमा जनकपुरधामस्थित जानकी मन्दिरमा सोमबारदेखि औपचारिक

यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल