निःशुल्क स्वास्थ्य शिविरबाट ५५३ जना लाभान्वित « Khabarhub

निःशुल्क स्वास्थ्य शिविरबाट ५५३ जना लाभान्वित


२२ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

कालिकोट – कालिकोटको नरहरिनाथ गाउँपालिकामा दुई दिनसम्म चलेको स्वास्थ्य शिविरबाट पाँच सय ५३ जना लाभान्वित भएका छन् ।

स्वास्थ्य सेवा कार्यालय, कालिकोटको आयोजना तथा नरहरिनाथ गाउँपालिकाको समन्वयमा योगी नरहरिनाथ आधारभूत अस्पताल, कुमालगाउँमा बुधबारदेखि सुरु भएको दुई दिने शिविरबाट उनीहरु लाभान्वित भएका हुन् ।

शिविरमा नसर्ने रोग तथा भिआइए (पाठेघरको मुखको क्यान्सर परीक्षण) स्कृनिङ्गसम्बन्धी निःशुल्क सेवा उपलब्ध गराइएको स्वास्थ्य सेवा कार्यालय कालिकोटका अधिकृत कटकबहादुर महतले बताउनुभयो । उहाँका अनुसार शिविरमा ५५ जना दम, उच्च रक्तचाप १४ जना, मधुमेह निदानका एक सय ५६ जनाको प्रयोगशाला जाँच भएकोमा पाँच जना देखिएको छ ।

दाँत तथा मुख स्वास्थ्य ७७ जना, फिजियोथेरापी सेवा ५६ जना, विविध स्वास्थ्य परीक्षण तथा उपचार दुई सय छ जना, पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर परीक्षण दुई सय ९२ जनामा गरिएकोमा भिआइए पोजेटिभ चार जनामा देखिएको र शङ्कास्पद पाठेघरको मुखको क्यान्सर तीन जनामा देखिएको अधिकृत महतले बताए ।

महिलाको आङ खस्ने समस्या तथा फिस्टुलाको परीक्षण दुई सय ९२ जनामा गरिएकोमा १८९ जनामा उक्त समस्या देखिएको थियो ।

प्रकाशित मिति : २२ फाल्गुन २०८१, बिहीबार  १० : ५६ बजे

बुद्ध हिमाल हिमालचुली ग्रेट लेक्स सर्किटको नयाँ पदमार्गको विकास

काठमाडौं– गोरखा र लमजुङका पाँच स्थानीय तहलाई समेटेर बुद्ध हिमाल

मौन पीडामा रहेकी कालिमायाको याचना …

दमौली– यहाँस्थित व्यास नगरपालिका–८ बर्लाचीको एक घरको आँगनमा डोरीमा बाँधिएर जीवन

दक्षिण अफ्रिकाको बारमा गोलीकाण्ड : ९ जनाको मृत्यु, १० घाइते

जोहान्सबर्ग– दक्षिण अफ्रिकाको जोहान्सबर्ग नजिकैको बेक्कर्सडालमा शनिबार बिहान अज्ञात हथियारधारीहरूले

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिने बढी

चितवन– नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या यहाँ

पनौतीमा ‘भृकुटी’को जन्मघर तथा उद्यान निर्माण गरिने

काभ्रे– काभ्रेको पनौतीमा राष्ट्रिय विभूति भृकुटीको जन्मघर र उद्यान निर्माण