मुख्यमन्त्री कप भलिबल प्रतियोगिता आजदेखि हुँदै « Khabarhub

मुख्यमन्त्री कप भलिबल प्रतियोगिता आजदेखि हुँदै


२४ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

भोजपुर– भोजपुर सदरमुकाममा आजदेखि पाँच प्रदेशको सहभागितामा मुख्यमन्त्री कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता सुरु हुँदै छ ।

आयोजक जिल्ला भलिबल सङ्घका महासचिव सङ्ग्राम किरातीका अनुसार प्रतियोगितामा मधेस र कर्णाली प्रदेशबाहेक कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका खेलाडीको सहभागिता रहने छ । प्रतियोगिता यही चैत २८ गतेसम्म चल्ने छ । सबै खेल भोजपुर नगरपालिका- ७ कोदारस्थित मैदानमा सञ्चालन हुने छन् ।

प्रतियोगिता सञ्चालन गर्न कोशी प्रदेश सरकारले २० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । अन्य रकम जिल्लाका विभिन्न पालिका र व्यक्ति तथा सङ्घसंस्थाबाट सङ्कलन गरिने महासचिव किरातीले बताए ।

कोशी प्रदेश खेलकुद विकास बोर्ड प्रतियोगिताको मुख्य प्रायोजक रहेको छ । कोशी प्रदेश भलिबल सङ्घले प्राविधिक सहयोग गरेको छ ।

प्रतियोगितामा प्रथम हुनेले तीन लाख, दोस्रोले एक लाख ७५ हजार, तेस्रोले ८० हजार तथा चौथो हुने टोलीले ४० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजक जिल्ला भलिबल सङ्घले जनाएको छ । 

प्रकाशित मिति : २४ चैत्र २०८१, आइतबार  ६ : ५० बजे

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल