रास्वपालाई एमाले नेता थापाको प्रश्न– ‘न्यायालयको फैसलाविरुद्ध रुवाबासी किन ?’ « Khabarhub

रास्वपालाई एमाले नेता थापाको प्रश्न– ‘न्यायालयको फैसलाविरुद्ध रुवाबासी किन ?’


२४ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


471
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका नेता तथा सांसद सूर्य थापाले न्यायालयको फैसलाविरुद्ध रुवाबासी नगर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई सुझाव दिएका छन् ।

आज सामाजिक सञ्जाल फेसबुकमार्फत उनले रास्वपा सभापति रवि लामिछाने सहकारी ठगी मुद्दामा पक्राउ परेको सन्दर्भप्रति लक्षित गर्दै हरेक व्यक्तिले आफ्नो पौरखका दशा र दुर्दशा भोग्नुपर्ने बताएका छन् ।

उनले लेखेका छन्– ‘न्यायालयको फैसलाविरुद्ध सिङ्गो पार्टीको रुवाबासी र ल्याङल्याङ किन ? हरेक व्यक्तिले आफ्नो पौरखका दशा रदुर्दशा त भोग्नुपर्छ।’

उनले लामिछानेले पार्टी खोल्नुअघि बचत हिनामिना, ठगी र अपचलन गरेर वचतकर्तामाथि घात र विश्वास घात गरेको बताएका छन् ।

थापाले रास्वपा सभापति लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएपछि उनले दिएका प्रतिक्रियालाई समेट्दै यस्तो लेखेका छन्–
सहकारी ठगी– संसदीय छानविन गर्ने आफ्नै घोषणा !
समितिद्वारा कारबाहीको सिफारिस– क्लिन चिट पाएँ !
पाँच सहकारीमा अनुसन्धान/अभियोजन– प्रतिशोध साँधियो !
२ करोड ७५ लाख धरौट– न्याय जीवितै छ, धरौट बढी भयो !
धरौट खारेजीको माग– स्वयं उच्च अदालतमा निवेदन दर्ता !
पुर्पक्षमा थुनामा पठाउने आदेश– बेडरुममा पुगेर अन्तिम इच्छा सोध्ने ? अति भयो ! नयाँ पार्टीमाथि ज्यादती भयो !

बुटवलको सुप्रीम सहकारीको बचत अपचलन मुद्दामा उच्च अदालत तुलसीपुरले लामिछानेलाई थुनामा राख्न आदेश दिएपछि शुक्रबार राति पक्राउ परेका थिए ।

जिल्ला अदालत रुपन्देहीले धरौटीमा छाड्न दिएको आदेश उच्चले उल्टाइदिएको थियो । सरकारी वकिलले धरौटीमा रिहा गर्ने जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालतमा निवेदन दिएका थिए।

प्रकाशित मिति : २४ चैत्र २०८१, आइतबार  ८ : २१ बजे

खगेन्द्रको विषयमा रास्वपा सती जान सक्दैन : लिमा अधिकारी

राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित भएका सांसद खगेन्द्र सुनुवार यतिखेर गम्भीर

भारतमा प्रदर्शन : ३० भन्दा बढी पत्रकार पक्राउ, प्रेस स्वतन्त्रतामाथि प्रश्न

काठमाडौँ – भारतको राजधानी नयाँ दिल्लीमा मतदाता नामावली संशोधनविरुद्ध भएको प्रदर्शनको

काठमाडौँमा लुकिछिपी बसिरहेका १० विदेशी नागरिक पक्राउ

काठमाडौँ– अवैधरूपमा नेपाल प्रवेश गरी काठमाडौँका विभिन्न स्थानमा लुकिछिपी बसिरहेका

गृहमन्त्री गुरुङ र भारतीय विदेशमन्त्री जयशंकरबीच भेट

काठमाडौं – भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्कने क्रममा गृहमन्त्री सुधन गुरुङ