यु- १९ पुरुष विश्वकप एसिया छनोट : नेपालविरुद्ध अफगानिस्तान ब्याटिङमा   « Khabarhub

यु- १९ पुरुष विश्वकप एसिया छनोट : नेपालविरुद्ध अफगानिस्तान ब्याटिङमा  


२४ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल यु- १९ र अफगानिस्तानको यु- १९ क्रिकेट टोलीबीच तीन खेलको एक दिवसीय शृङ्खलाअन्तर्गत दोस्रो दिनको खेल जारी छ ।

मूलपानी क्रिकेट मैदानमा जारी खेलमा अफगानिस्तानले टस जितेर  पहिले ब्याटिङ गरेपछि नेपाल फिल्डिङमा उत्रिएको छ । यु- १९ पुरुष विश्वकपको एसिया छनोटको तयारीस्वरूप नेपाल र अफगानिस्तानले अभ्यास खेल खेलेका हुन् ।

यसअघि बिहीबार भएको पहिलो खेलमा नेपाल अफगानिस्तानसँग १३० रनको फराकिलो अन्तरमा पराजित भएको थियो ।

अफगानिस्तानले तीन खेलको सिरिजमा १–० को अग्रता बनाएको छ ।  यो सिरिजमा हारबाट जोगिन नेपाललाई आजको खेल जित्नुपर्ने दबाब छ । नेपाल आजको खेलमा पराजित भएमा यस सिरिजको उपाधि अफगानिस्तानले जित्ने छ ।

अर्को साता नेपालमा नै आयोजना हुने एसिया छनोटमा नेपाल, अफगानिस्तान, हङकङ, युएई र ओमानले प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित मिति : २४ चैत्र २०८१, आइतबार  १० : ०३ बजे

प्रतिनिधिसभा निर्वाचन : यी हुन् एमालेका उम्मेदवार (सूचीसहित)

काठमाडाैं – नेकपा एमालेले आगामी निर्वाचनका लागि उम्मेदवार टुंग्याउँदै उपमहासचिव

यी हुन् ६३ दलका ३ हजार २१३ जना उम्मेदवार

काठमाडौँ– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची प्रकाशन गरेको छ।

जनकपुरमा बालेन र पूर्वयुवराज पारस एउटै होटलमा

जनकपुरधाम – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र

पूर्णबहादुर खड्काले भने : नयाँ पार्टी र स्वतन्त्र उम्मेदवारीबारेका हल्ला निराधार हुन्

काठमाडौं – शेरबहादुर देउवा पक्षीय कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले

झापा–५ मा ओली र बालेन भिड्ने पक्का

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले झापाका लागि आफ्ना उम्मेदवार तय गरेको