अमेरिकामा आँधी, १६ जनाको मृत्यु « Khabarhub

अमेरिकामा आँधी, १६ जनाको मृत्यु


२४ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन- संयुक्त राज्य अमेरिकाको मध्य–पूर्वी क्षेत्रमा आएको भीषण आँधीबेहरीका कारण कम्तीमा १६ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् । राष्ट्रिय मौसम सेवाले शनिबार आँधीको चेतावनी जारी गरेको थियो ।

आर्कान्सादेखि ओहायोसम्म फैलिएको आँधीबेहरीले भवनहरूमा क्षति पुर्‍याएको, सडकहरू बाढीमय भएको र हालैका दिनहरूमा दर्जनौँ चक्रवात उत्पन्न भएका छन् ।

टेनेसी राज्यको पश्चिमी भागमा १० जनाको मृत्यु भएको राज्यका अधिकारीहरूले बताएका छन् ।

केन्टकी राज्यका गभर्नर एन्डी बेशियरका अनुसार बाढीका कारण एक बालकसहित दुई जनाको मृत्यु भएको छ ।

सामाजिक तथा स्थानीय सञ्चारमाध्यममा शेयर गरिएका तस्वीरमा आँधीका कारण कैयौँ राज्यमा व्यापक क्षति पुगेको, घरहरू भत्किएको, रुखहरु ढलेको, बिजुलीको तार ढलेको र कारहरु पल्टिएको देखिएको छ ।

राष्ट्रिय मौसम सेवा (एनडब्ल्यूएस) ले मध्य–पूर्वी क्षेत्रका केही भागहरूमा आइतबारसम्म ‘व्यापक रूपमा आकस्मिक बाढी” आउन सक्ने चेतावनी दिँदै ‘जनजीवन र भौतिक संरचनामा क्षति हुने ठूलो खतरा रहेको’ चेतावनी दिएको छ ।

आँधीका कारण मिसौरीमा दुई र इन्डियानामा एक जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यम र अधिकारीहरूले जनाएका छन् ।

आर्कान्सा राज्यको लिटिल रकस्थित एक घरमा पाँच वर्षीय एक बालक मृत अवस्थामा फेला परेको राज्यको आपतकालीन व्यवस्थापन निकायले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

केन्टकीका गभर्नर बेशियरले शनिबार सामाजिक सञ्जालमा लेखेका छन्– छ, “धेरै समुदायमा बाढी रेकर्ड स्तरमा पुगेको छ, राज्यका बासिन्दाहरूलाई ‘यात्रामा ननिस्किन र जल क्षेत्रको नजिक नजान’ आग्रह गरिएको छ ।

आर्कान्सा र टेनेसीमा आइतबार बिहानसम्म एक लाखभन्दा बढी ग्राहक विद्युत्विहीन रहेको ट्र्याकिङ वेबसाइट पावर आउटेज डट कमले जनाएको छ ।

एनडब्लुएसले टेनेसी भ्याली र लोअर मिसिसिपी भ्यालीका केही भागमा आइतबार मध्यमदेखि गम्भीर आँधीबेहरी आउन सक्ने जनाएको छ ।

वैज्ञानिकहरूका अनुसार ग्लोबल वार्मिङले जलवायु परिवर्तन र पानीको चक्रलाई बिथोलिरहेको छ, जसले चरम मौसमलाई बारम्बार अधिक क्रूर बनाइरहेको छ ।

गत वर्ष संयुक्त राज्य अमेरिकामा उच्च तापमानको अहिलेसम्मकै उच्च रेकर्ड कायम भएको थियो भने चक्रवात र विनाशकारी आँधीबेहरीको असरले प्रभावित तुल्याएको थियो ।

प्रकाशित मिति : २४ चैत्र २०८१, आइतबार  १२ : १९ बजे

ल्होसारले समृद्ध मुलुक निर्माणमा ऊर्जा प्रदान गरोस् : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सोनाम ल्होसार पर्वले सबै नेपालीबीचको एकतालाई

मेची भन्सार : ६ महिनामा ७ अर्ब १९ करोडको अलैँची निर्यात

झापा– पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८२–०८३ को अर्धवार्षिक अवधिमा

एमाले अध्यक्ष ओली उम्मेद्वारी दर्ताका लागि आज झापा जाँदै

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली झापा-५ बाट

विराट कोहलीले बनाए कीर्तिमानी ५४ औं शतक

काठमाडौं – भारतका स्टार ब्याट्सम्यान विराट कोहलीले कीर्तिमानी ५४ शतक

उच्च गतिका रेल ठोक्किँदा स्पेनमा २१ जनाको मृत्यु

काठमाडौं – स्पेनमा रेल दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको