सकियो खगेन्द्र र वर्षाको फिल्म ‘हर्ष’ को छायाङ्कन « Khabarhub

सकियो खगेन्द्र र वर्षाको फिल्म ‘हर्ष’ को छायाङ्कन


२४ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायका खगेन्द्र लामिछाने र नायिका वर्षा राउतको केन्द्रीय भूमिकामा रहेको फिल्म ‘हर्ष’ को छायाङ्कन पूरा भएको छ ।

४० दिनको तालिका लिएर निर्देशक एकता पौडेल फागुनमा छायाङ्कनमा निस्किएकी थिइन् । निर्धारित समयभन्दा ५ दिन अगावै फिल्मको छायाङ्कन सकिएको हो ।

कलाकार र प्राविधिकको उत्साहपूर्ण कामले छायाङ्कन चाँडै सकिएको निर्देशक पौडेलको बुझाइ छ । उनले भनिन्, ‘फिल्मका ५ गीत र सबै छायाङ्कनको काम पूरा भइसकेको छ ।’

उनका अनुसार यो फिल्मको छायाङ्कन चितवन जिल्लाभित्र मात्रै गरिएको छ । पोस्ट प्रोडक्सनको काम सकेर मात्रै फिल्मको प्रदर्शन मिति तोक्ने तयारीमा निर्देशक पौडेल रहेकी छन् ।

‘हर्ष’ पौडेलको डेब्यू फिल्म हो । उनी अमेरिकामा फिल्म निर्माण पढेर आएकी हुन् । उनीसँग विभिन्न सर्ट फिल्म निर्माण गरेको अनुभव छ ।

पारिवारिक सामाजिक कथा पस्किने यस फिल्मको कथा उनले आफैँले लेखेकी हुन् । ई-प्राइम मुभिज र अष्टलक्ष्मी प्रोडक्सन ब्यानरमा निर्माण भएको यस फिल्मका निर्माता प्रशन्न पौडेल र विकास पौडेल हुन् ।

प्रकाशित मिति : २४ चैत्र २०८१, आइतबार  १ : १६ बजे

मुलुक हरेक दृष्टिकोणले सम्पन्न छ : अध्यक्ष लिङ्देन

बनियानी– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुक धार्मिक,

ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु

काठमाडौं– काठमाडौँ महानगरपालिका–१४ बल्खुमा ग२ख २०३९ नम्बरको ट्रकले बाप्र ०२–०६१

भदौ २३–२४ का घटना जाँचबुझ आयोगद्वारा म्याद थपको माग

काठमाडौं – भदौ २३ र २४ गते भएका घटनाको छानबिन

सशस्त्र प्रहरी बलको नं. २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार

ललितपुर– ललितपुर महानगरपालिकाको १०७ औं स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरी

नेशनल घर निर्माण फेस्ट-२०८२ को प्रायोजकमा (पावर्ड बाई) मा शिवम् सिमेन्ट

काठमाडौं– स्किल सेवा प्रालि र शिवम् सिमेन्ट लिमिटेडबीच नेशनल घर निर्माण