सकियो खगेन्द्र र वर्षाको फिल्म ‘हर्ष’ को छायाङ्कन « Khabarhub

सकियो खगेन्द्र र वर्षाको फिल्म ‘हर्ष’ को छायाङ्कन


२४ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायका खगेन्द्र लामिछाने र नायिका वर्षा राउतको केन्द्रीय भूमिकामा रहेको फिल्म ‘हर्ष’ को छायाङ्कन पूरा भएको छ ।

४० दिनको तालिका लिएर निर्देशक एकता पौडेल फागुनमा छायाङ्कनमा निस्किएकी थिइन् । निर्धारित समयभन्दा ५ दिन अगावै फिल्मको छायाङ्कन सकिएको हो ।

कलाकार र प्राविधिकको उत्साहपूर्ण कामले छायाङ्कन चाँडै सकिएको निर्देशक पौडेलको बुझाइ छ । उनले भनिन्, ‘फिल्मका ५ गीत र सबै छायाङ्कनको काम पूरा भइसकेको छ ।’

उनका अनुसार यो फिल्मको छायाङ्कन चितवन जिल्लाभित्र मात्रै गरिएको छ । पोस्ट प्रोडक्सनको काम सकेर मात्रै फिल्मको प्रदर्शन मिति तोक्ने तयारीमा निर्देशक पौडेल रहेकी छन् ।

‘हर्ष’ पौडेलको डेब्यू फिल्म हो । उनी अमेरिकामा फिल्म निर्माण पढेर आएकी हुन् । उनीसँग विभिन्न सर्ट फिल्म निर्माण गरेको अनुभव छ ।

पारिवारिक सामाजिक कथा पस्किने यस फिल्मको कथा उनले आफैँले लेखेकी हुन् । ई-प्राइम मुभिज र अष्टलक्ष्मी प्रोडक्सन ब्यानरमा निर्माण भएको यस फिल्मका निर्माता प्रशन्न पौडेल र विकास पौडेल हुन् ।

प्रकाशित मिति : २४ चैत्र २०८१, आइतबार  १ : १६ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्