जनकपुरमा रामनवमी पर्व मनाइँदै | Khabarhub Khabarhub

जनकपुरमा रामनवमी पर्व मनाइँदै


२४ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– सीताको जन्मभूमि नगरी जनकपुरधाममा आज रामनवमी पर्व धूमधामका साथ मनाइँदै छ । भगवान् रामको जन्म चैत्रशुक्ल नवमी तिथिमा भएको स्मरणमा आज रामनवमी पर्व विशेष उत्साहका साथ मनाउने गरिन्छ ।

शनिबारदेखि भारतको विभिन्न भेगका साथै नेपालको विभिन्न जिल्लाबाट हजारौँ श्रद्धालु भक्तजनासहित साधुसन्त रामनवमी पर्व मनाउन जनकपुरधाममा आएका छन् । मर्यादा पुरुषोत्तम रामको जन्मजयन्तीका अवसरमा आज यहाँ रामनवमी महोत्सव आयोजना गरिएको छ । 

रामको प्रेमभूमि र सीताको जन्मभूमि जनकपुरधामको प्राचीन राममन्दिरमा आयोजित महोत्सवमा नेपाल र भारतका साधुसन्तसहित श्रद्धालु भक्तजनको उल्लेख्य सहभागिता रहेको जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्वले जानकारी दिए ।

उनका अनुसार मन्दिर परिसरमा श्रद्धालुद्वारा भजनकीर्तनका साथै मिथिलाञ्चलमा जन्मसंस्कारमा गाइने गीतले रामको जन्मोत्सवमा झैँ अनुभूति भइरहेको छ । 

त्रेतायुगमा चैत्रशुक्ल नवमीका दिन रामको जन्म भएको शास्त्रमा उल्लेख गरिएको छ । अयोध्याका राजा दशरथपुत्र राम सूर्यवंशी क्षत्रिय राजकूलका ६१औँं पुस्ताका रूपमा मानिन्छन् ।

‘‘राम शब्द रम्’ धातुबाट बनेको हो जसको अर्थ क्रीडा, खेल र आनन्द हुन्छ । विद्वानहरूले यसलाई विभिन्न अर्थ लगाए पनि रामको अलौकिक सौन्दर्यमा जीव मात्रलाई रमाउने क्षमता छ, सोही क्षमताबाट उहाँको नाम राम भएको ग्रन्थमा उल्लेख छ’, मन्दिरका महन्त वैष्वले भए ।

राम परब्रह्मा, परमतप र परमतारक ब्रम्ह भएको विश्वासका आधारमा मानिसले आफ्ना सन्तति र ठाउँको नामसमेत राम राखेका पाइन्छ । महर्षि वैदिक विश्वविद्यालयमा गरिएको एक शोधमा विश्वमा रामको नाम जोडिएका एक हजारभन्दा बढी सहर रहेका पाइएको वैष्वले जानकारी दिए । 

धार्मिक ग्रन्थमा शिवको रामभक्ति तथा हनुमान, नारद, अत्रि, अनुसूया, भरत, शवरीलगायतको रामप्रतिको प्रेम, भक्ति र उपासनाका बारेमा चर्चा गरिएको छ । कल्याणस्वरूप र सत्यस्वरूपका रूपमा पूजा गरिने राम पुण्य र मोक्षदायक हुन् । जसले रामनवमी व्रत गर्छ, त्यसले सम्पूर्ण पाप नाश गरी सिद्धि पाउँछ भन्ने शास्त्रमा वर्णन गरिएको महन्त वैष्वले बताए ।

उनका अनुसार विश्वका महापुरूषको परम्परामा राम एक मात्र मर्यादा पुरूषोत्तम हुन् भने उनको राज्य व्यवस्था र आदर्श लोकतन्त्रका लागि प्रेरणाका स्रोत मानिन्छन् । 

आज पनि सुशासन, सुव्यवस्थालगायत लोककल्याणकारी, आदर्श व्यवस्थाका लागि शास्त्रीय गुणलाई एउटै शब्दमा पूर्ण अभिव्यक्ति दिन रामराज्य शब्दलाई व्याख्या गर्ने गरिएको जानकारहरू बताउँछन् ।

देशभक्ति, पितृभक्ति, मातृभक्ति, भातृप्रेम, प्रजावत्सलता, सरलता, सहिष्णुता, धार्मिकता, नैतिकता, क्षमाशीलता र वीरताका उदाहरण दिँदा पनि रामलाई सम्झिने गरिएको राम मन्दिरका महन्त गिरीले उल्लेख गरे । रामको जन्मोत्सवका अवसरमा आज यहाँ विधिवत् पूजाअर्चना गरिने र साँझमा बधाई गानसहित झाँकी तथा गीतनाद आयोजना हुने उनले जानकारी दिए ।

कुर्था–जनकपुर–जयनगर मार्गमा नेपाल रेल्वे सञ्चालन भएकाले यहाँका जानकी मन्दिर र राम मन्दिरमा दर्शन गर्ने श्रद्धालु भक्तजनहरूको सङ्ख्यामा वृद्धि हुँदै गएको जनकपुरधाम उपमहानगरपालिका–३ का वडाध्यक्ष दीपेन्द्र साहले बताए । 

शोभायात्रा, झाँकी तथा सांस्कृतिक कार्यक्रममा धार्मिक मर्यादा कायम राख्न सबैलाई आग्रह गरिएको बताउँदै उनले शान्ति, सुव्यवस्था र धार्मिक सौहार्द कायम राख्न स्थानीय प्रशासनले आवश्यक तयारी गरेको जानकारी दिए ।

प्रकाशित मिति : २४ चैत्र २०८१, आइतबार  १ : ०९ बजे

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता

मनाङमा ‘यार्तुङ’ सुरु

मनाङ – ‘खेतीपातीको उत्पादन राम्रो होस्’ भन्ने कामनासहित हिमाली जिल्ला

‘विश्वले अब गर्मीको लहरसँग बाँच्न सिक्नुपर्नेछ’

एजेन्सी – संयुक्त राष्ट्रसंघ अन्तर्गतको मौसम तथा जलवायु विषयक निकायले

संविधानअनुसार परराष्ट्र नीति सञ्चालन गरिएको गृहमन्त्रीको दाबी

काठमाडौँ – गृहमन्त्री रमेश लेखकले नेपालको परराष्ट्र नीति र अन्तरराष्ट्रिय