ट्रम्पका कारण अमेरिकी बजारमा दोहोरिएला ‘ब्ल्याक मण्डे’ को इतिहास ? « Khabarhub

ट्रम्पका कारण अमेरिकी बजारमा दोहोरिएला ‘ब्ल्याक मण्डे’ को इतिहास ?


२४ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


657
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वभर ‘रेसिप्रोकल टेरिफ’ लागु गरेका छन् । यसबाट एसियालीदेखि अमेरिकी बजारसम्म हाहाकार मच्चिएको छ । ट्रम्पको ‘टेरिफ स्ट्रेटजी’को विरोध बढ्दै गइरहेको छ ।

यसैबीच एउटा अमेरिकी मार्केट एक्सपर्टले चेतावनी जारी गर्दै सप्ताहको पहिलो कारोबारका दिन एकपटक पुनः सन् १९८७ को झल्को आउने बताएका छन् । उनले ब्ल्याक मण्डे अर्थात् (ब्ल्याक मण्डे अफ युएस मार्केट) प्रमाणित हुन सक्ने चेतावनी दिएका छन् ।

के हो ब्ल्याक मण्डे ?

ब्ल्याक मण्डे सन् १९८७ अक्टोबर १९ सोमबारका दिनको गम्भीर र निकै हदसम्म अप्रत्यासित शेयर बजार दुर्घटना थियो । त्यबेला विश्वभरमा १.७१ ट्रिलियन अमेरिकी डलर घाटा भएको अनुमान गरिएको थियो । यो दुर्घटनाका कारण विस्तारित आर्थिक अस्थिरता र महामन्दी आउने आशङ्का उत्पन्न गराएको थियो ।

संयुक्त राज्य अमेरिकाको पहिलो समकालीन विश्व वित्तीय सङ्कट सन् १९८७ को शरद ऋतुमा देखियो । जसलाई ‘ब्ल्याक मण्डे’ भनियो । यो बजार सङ्कटको एउटा शृङ्खला थियो जसले केही घण्टामै विश्व स्टक एक्सचेन्जलाई निकै ओरालो झारिदियो ।

संयुक्त राज्य अमेरिकामा डव जोन्स इन्डस्ट्रियल एभरेज (डीजेआईए) एकै कारोबार सत्रमा २२.६ प्रतिशतले ओरालो लागेको थियो । यो घाटा विश्व बजार इतिहासमा सबैभन्दा ठूलो एक दिवसीय शेयर बजार गिरावट थियो । त्यस समयमा अमेरिकामा यो गिरावटलाई ‘ग्रेट डिप्रेसन’ पछिको सबैभन्दा तीव्र बजार गिरावटका रुपमा हेरिएको थियो ।

के हो ग्रेट डिप्रेसन (व्यापक मन्दी) ?

संयुक्त राज्य अमेरिका र आधुनिक औद्योगिक अर्थव्यवस्थाको इतिहासमा सबैभन्दा लामो र गहिरो मन्दी हो ग्रेट डिप्रेसन । जुन एक दशकभन्दा बढी समयसम्म चलेको थियो । यो मन्दी सन् १९२९ मा सुरु भएर सन् १९४१ को दोस्रो विश्वयुद्धको समयमा समाप्त भएको थियो ।

ट्रम्प टेरिफले विश्वमा हलचल

यो साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी गरेको टेरिफले विश्वभर हलचल मच्चाएको छ । चीन, ताइवान, पाकिस्तानदेखि भारतजस्ता देशमा रेसिप्रोकल टेरिफको घोषणा गरिएको छ ।

यसको प्रत्यक्ष असर विश्वका शेयर बजारमा निकै ठूलो गिरावटका रुपमा देखिएको छ । यसले अमेरिकी बजारसमेत अछूतो रहन सकेन । युएस स्टक मार्केटमा ठूलो गिरावट देखिएको समाचार आइरहेकमा छन् ।

– एजेन्सी / तस्बिर– एआई

प्रकाशित मिति : २४ चैत्र २०८१, आइतबार  १ : ३३ बजे

पूर्णबहादुर र शेखरले गगनसँग खोजेको के हो ?

काठमाडौँ– दुई समूहको विवाद भुसको आगो झैँ सल्किरहेका बेला केही

परराष्ट्रमन्त्री बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी

काठमाडौं– चीनको चारदिने औपचारिक भ्रमणमा गएका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा

बाढी प्रभावित ७३ परिवारलाई घर हस्तान्तरण

जलेश्वर– जिल्लाको भङ्गहा नगरपालिकामा बाढीबाट प्रभावित भएका ७३ परिवारलाई आज

शेखरको आरोप : कोइराला निवासमै पसेर गगनले कारबाहीको धम्की दिए, कांग्रेसमा निरंकुशता सुरू भयो

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले लोकतन्त्रको स्थापना र

देशका विभिन्न स्थानमा भएका दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं– देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु