नेपाललाई जितका लागि १६९ रनको लक्ष्य « Khabarhub

नेपाललाई जितका लागि १६९ रनको लक्ष्य


२४ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल यू–१९ लाई अफगानिस्तान यू–१९ ले जितका लागि १६९ रनको लक्ष्य दिएको छ । मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको अफगानिस्तान यू–१९ ले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै १६८ रन बनायो ।

अफगानिस्तानका लागि कप्तान महबुब खानले सर्वाधिक ५८ रन बनाए । उनले ११४ बल खेल्ने क्रममा एक चौका प्रहार गरे । साथै ओपनरद्वय उजैरुल्लाह नियाजाईले १९ र खालिद अहमदजाईले १० रन बनाए । उसका लागि रोहुल्ला अरबले २७ रन बनाउँदा फैजल खान सिनोजादा र बर्खत इब्राहिमजाई शून्य रनमा आउट भए । नाजिफुल्लाह अमिरीले १६, जाइतुल्लाह शाहिनले २, खातिर स्तानिकजाईल ११ रन, वाहिदुल्लाह जार्दानले ८ र हफिजुल्लाह जार्दानले ५ रनको योगदान दिए ।

नेपालका लागि सन्तोष यादवले तीन, चिवरिन श्रेष्ठ र विपिन शर्माले दुई–दुई विकेट लिए । साथै अभिषेक तिवारी र अपराजित पौडेलले एक–एक विकेट लिए ।

यू–१९ पुरुष विश्वकपको एसिया छनोटको तयारी स्वरुप नेपाल र अफगानिस्तानबीच अभ्यास खेल्न भइरहेको हो । यसअघि बिहीवार भएको पहिलो अभ्यास खेलमा नेपाल अफगानिस्तानसँग १३० रनले पराजित भएको थियो । दुई टोलीबीचको तेस्रो अभ्यास खेल आगामी बुधबार हुने तालिका छ । आगामी साता नेपालमा आयोजना हुने एसिया छनोटमा नेपाल र अफगानिस्तानसँगै हङकङ, युएई र ओमानले प्रतिस्पर्धा गर्दैछन् ।

प्रकाशित मिति : २४ चैत्र २०८१, आइतबार  १ : ०७ बजे

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल  माघ ५ गते सोमबार ।

 आज २०८२ साल माघ ५ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल  माघ ५ गते सोमबार ।

प्रतिनिधिसभा निर्वाचन : यी हुन् एमालेका उम्मेदवार (सूचीसहित)

काठमाडाैं – नेकपा एमालेले आगामी निर्वाचनका लागि उम्मेदवार टुंग्याउँदै उपमहासचिव

यी हुन् ६३ दलका ३ हजार २१३ जना उम्मेदवार

काठमाडौँ– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची प्रकाशन गरेको छ।

जनकपुरमा बालेन र पूर्वयुवराज पारस एउटै होटलमा

जनकपुरधाम – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र