‘ज्ञानेन्द्र, गिरिजाप्रसाद र मैले गणतन्त्रका लागि हस्ताक्षर गरेपछि प्रचण्ड जोडिन आइपुगे’ | Khabarhub Khabarhub

‘ज्ञानेन्द्र, गिरिजाप्रसाद र मैले गणतन्त्रका लागि हस्ताक्षर गरेपछि प्रचण्ड जोडिन आइपुगे’


२४ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


540
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिपक्षी दल नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले गणतन्त्र स्थापनाका लागि सुरूमा तीनजनाबीच सहमति भएको दाबी गरेका छन् ।

२०६२/६३ को आन्दोलनपछि भएको त्यबेलाको सहमतिमा तत्कालीन राजा ज्ञानेन्द्र शाह, नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला र आफूले हस्ताक्षर गरेको दाबी नेपालले गरेका हुन् ।

आइतबार आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा आदिवासी जनजाति महासंघ (समाजवादी) बागमती प्रदेशको भेला-प्रशिक्षणलाई सम्बोधन गर्दै नेपालले माओवादी जनयुद्धअघि गणतन्त्र ल्याउनेबारे तीन जनाबीच स्पष्ट सहमति भएको जिकिर गरेका हुन् ।

अध्यक्ष नेपालले गणतन्त्र ल्याउन २०६३ वैशाख ११ गते भएको सहमतिलाई स्मरण गरे । ‘गिरिजाबाबु र म बस्यौँ, कागज तयार गर्यौँ, ज्ञानेन्द्र शाहले जनताको हातमा अधिकार सुम्पिसकेका थिए’, उनले भने, ‘त्यसपछि मात्रै माओवादी आन्दोलन पनि हाम्रो अभियानमा मिसिएको हो।’

अध्यक्ष नेपालले तत्कालीन नेकपा एमालेमा रहँदैको समयमा पार्टीले २०६२ साउनमै गणतन्त्रमा जानेको निर्णय गरेको पनि बताए । ‘जनयुद्ध हाँकेका प्रचण्ड त पछि मिसिनु भएको हो’, उनले भने, ‘त्यतिबेला गिरिजाबाबु, ज्ञानेन्द्र र मैले पहिले नै सहमति गरिसकेका थियौँ।’

पूर्वराजा ज्ञानेन्द्रका सचिवले ‘राजा फर्काउने कुरा छैन’ भन्ने अभिव्यक्ति दिएको उल्लेख गर्दै अध्यक्ष नेपालले यसले राहत भएको बताए। ‘त्यो कुरा सही हो भने पूर्वराजालाई धन्यवाद दिन चाहन्छु। बाहिर हल्ला मात्रै रहेछ, अलिकति मन शान्त भयो,’ उनले भने।

पूर्वराजालाई शाहलाई चुनौती दिएका उनले राजनीति गर्न म भनए पार्टी खोल्न सुझाए । ‘चुनाव लड्नुस्, जितेर देखाउनुस्। लोकतन्त्रमा त्यो बाटो खुल्ला छ’, उनले भने ।

अध्यक्ष नेपालले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताए। ‘राजाहरूले विगतमा के गरे ? जनताले रोजेका नेताभन्दा वंशवादी शासनले देशको भलो गर्न सक्दैन,’ उनले भने, ‘राजा फर्काएर विकास हुन्छ? शिक्षा, स्वास्थ्य, सीप र उद्योगको खाका छ त्यहाँ ?’

राजावादीले देश बनाउन नभई लुट्न राजा फर्काउने एजेन्डा अघि सारेका बताए । ‘यदि देश र जनताको सेवा गर्ने सोच छ भने पार्टी बनाएर आउनुस्। चुनाव जित्नुस्, सरकार चलाउनुस्। त्यो नै लोकतान्त्रिक बाटो हो,’ उनले पूर्वाराज शाहलाई भने ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले गणतन्त्र व्यवस्थाले थुप्रै परिवर्तन ल्याइसके पनि भ्रष्टाचार, अपारदर्शिता र गैरजिम्मेवारीपनले जनतामा निराशा बढेको बताए ।

अध्यक्ष नेपालले आफ्नो पार्टी कार्यालयमा सुरक्षा नदिएको भन्दै सरकारप्रति गुनासो राखे । ‘एमाले, कांग्रेस र माओवादीको कार्यालयमा सुरक्षा छ, तर हाम्रोमा छैन। यो विभेद हो। सरकारले क्षतिपूर्ति दिनुपर्छ,’ उनले भने ।

उनले राजावादी शक्तिहरू मच्चाइरहेको हल्लामा कुनै आधार नरहेको बताउँदै यस्तो भ्रम फैलाउने प्रवृत्तिप्रति सचेत रहन सबैलाई आग्रह गरे। “राजावादी नेताहरु सरकारभित्रै छन्। बाहिर अरुलाई दोष दिएर मात्रै हुँदैन,’ उनले प्रष्ट पारे।

प्रकाशित मिति : २४ चैत्र २०८१, आइतबार  २ : ३४ बजे

प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकता : महासचिव पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले लामो सङ्घर्षपछि

जनताकाबीचमा गएर झुट बोल्ने मन्त्रीलाई कारबाही हुनुपर्छ :  ज्ञानेन्द्र शाही

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले अहिले

प्रधानमन्त्री गृहनगर दमक पुग्दा रास्वपाको हस्ताक्षर कार्यक्रममा प्रहरी हस्तक्षेप

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली आउने भएपछि झापाको दमकमा चलिरहेको

एयर इन्डिया दुर्घटनामा ताजा फोरेन्सिक प्रमाणले भन्यो– ‘चालक दल’ जिम्मेवार

काठमाडौं– एयर इन्डियाको विमान पाइलटले जानाजानी दुर्घटना गराएको हुन सक्ने

धवल शमशेरको चुनौती : लिङ्देको हैकमवाद स्वीकार्दिनँ

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवल शमशेर राणाले अध्यक्ष राजेन्द्र