‘वर्तमान सरकारले अर्थतन्त्रसँग मजाक गर्‍यो, कांग्रेस-एमालेले गठबन्धनको औचित्य पुष्टि गर्न सकेनन्’ « Khabarhub

‘वर्तमान सरकारले अर्थतन्त्रसँग मजाक गर्‍यो, कांग्रेस-एमालेले गठबन्धनको औचित्य पुष्टि गर्न सकेनन्’


२४ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कांग्रेस–एमाले गठबन्धन सरकारले औचित्य सावित गर्न नसकेको बताएका छन् ।

आइतबार डा. सुमन कर्माचार्यको ‘कात्रोमा खल्ती’ पुस्तक लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले कांग्रेस–एमाले गठबन्धन सरकार बन्दा संविधान संशोधन, आर्थिक अवस्था सुधार र सुशासन कायम गर्ने कुरालाई प्रमुख प्राथमिता दिइए पनि त्यसतर्फमा कुनै काम हुन नसकेको बताए छन् ।

उनले अहिलेको देशको राजनीतिक परिस्थिति अत्यन्त नाजुक अवस्थामा रहेको बताए ।

नेता कोइरालाले देशको आर्थिक अवस्था दिनदिनै खराब हुँदै गएको र बिचौलियाको बिगबिगी रहेको बताए ।

‘हरेक तप्काका विचौलियाको बिगबिगी भएको छ । अहिले जुन परिस्थिति छ, एमाले नेतृत्वमा कांग्रेसको सरकार पनि छ । यो सरकार बनाउँदा एउटा कल्पना गरिएको थियो । त्यो कल्पना हामीले अगाडि बढाउन सकिएको देखिएको छैन’, उनले भने, ‘संविधानमा सुधार गर्ने भनिएको थियो । आज नौ महिना बितिसक्यो, त्यता ध्यान दिन सकिएको छैन । के–केमा संशोधन गर्ने, त्यो गरौँ । गर्नै पर्छ । प्रधानमन्त्रीजीले रोस्ट्रममा उभिएर भनेको कुरा यही हो । कांग्रेस–एमालेको सहमतिको दस्तावेज हो यो ।’

सरकारले देशको अर्थतन्त्रसँग खेलेर मजाक गरेको उनले आरोप लगाएका छन् । अर्थतन्त्रमाथि मजाक गर्ने छुट वर्तमान सरकारलाई नरहेको उनले बताए ।

‘आर्थिक अवस्था एकदम नाजुक छ । त्यसमा सुधारप्रक्रिया अगाडि बढ्यो भनेर अध्यादेशमार्फत् ऐन पनि आयो । कतिको हुन्छ हेरौँ । त्यहाँ पनि बिचौलियाकै खेल छ कि ?’ उनले प्रश्न गरे ।

सरकार बनाउँदा ‘सुशासन दिन्छौं, भ्रष्टाचार न्यूनीकरण गर्छौं’ भनिए पनि अहिले देशको अवस्था कस्तो छ भन्ने डा.कर्माचार्यको पुस्तकले प्रष्ट गर्ने उनले बताए ।

‘सुशासन कस्तो अवस्थामा छ, मैले भनिरहनु पर्दैन । औचित्य हामीले सावित गर्न सकिरहेको छैनौँ’, उनले भने, ‘के उपायहरू छैनन् ? उपाय छन् । त्यसको लागि नेताहरूमा राजनीतिक इच्छाशक्ति हुनुपर्‍यो ।’

राष्ट्र बैंकको गभर्नर नियुक्त गर्न पनि विचौलियाको चलखेलको कुरा आएको भन्दै उनले त्यसका आधारमा गभर्नर नियुक्त गरे नेपालकै लागि दुभार्ग्य हुने बताए ।

कोइरालाले मुलुकको सुशासनको अवस्थाले वर्तमान गठबन्धनको औचित्य सावित गर्ने नसकेको तर्क गरे । कोइरालाले राजनीतिक इच्छाशक्ति भए देशलाई समृद्ध र सुशासनयुक्त बनाउन सकिने बताए ।

प्रकाशित मिति : २४ चैत्र २०८१, आइतबार  ४ : ४६ बजे

टोखाको ऐतिहासिक विस्केट जात्रा सम्पन्न

काठमाडौं – धार्मिक, ऐतिहासिक तथा पुरातात्विक महत्त्व बोकेको टोखाको विस्केट

सिरहाः एक महिनामा १९ स्थानमा आगलागी

सिरहा – गर्मी र सुक्खा मौसम सुरुसँगै सिरहामा आगलागीका घटनामा

छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु, पाँच जना घाइते

बागमती – मकवानपुरको छुट्टाछुट्टै स्थानमा आज साँझ भएको सवारी दुर्घटनामा

भारतीय सहयोगमा बन्न लागेको स्वास्थ्य चौकी शिलान्यास

काठमाडौं– बागलुङको बडिगाड गाउँपालिका–७ भीमगिठेमा स्वास्थ्य चौकी निर्माणका लागि शिलान्यास

सशस्त्र प्रहरी रौतहटद्वारा स्रोत नखुलेको पाँच लाख २२ हजार बरामद

पर्सा – सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण हेडक्वाटर