साता बित्यो, अझै अस्पतालमा छटपटाउँदै गोली लागेका घाइते | Khabarhub Khabarhub

राजावादी आन्दोलन

साता बित्यो, अझै अस्पतालमा छटपटाउँदै गोली लागेका घाइते


२४ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


642
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नवराज सुवेदी र दुर्गा प्रसाईंसहितका राजावादीले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा गरेको आन्दोलन साता नाघिसकेको छ । तर प्रसाईं निषेधित क्षेत्र तोडेर भड्काएको उक्त आन्दोलनकाक्रममा अनाहकमा गोली खाएका घाइते अझै उपत्यकाका विभिन्न अस्पतालमा छटपटाइरहेका छन् ।

प्रहरीले सार्वजनिक गरेको तथ्याङ्कअनुसार उक्त दिन पत्रकार सुरेश रजक र यातायात मजदुर सविन महर्जनको मृत्यु भएको थियो । त्यस हिंश्रक झडपका क्रममा सुरक्षाकर्मीसहित १ सय २८ जना घाइते भए । ती घाइतेमध्ये २० जनालाई गोली लागेको थियो । गोली लागेकामध्ये धेरैजसो आन्दोलनसँग सरोकारै नभएका युवा–युवती छन् ।

गोली लागेर गम्भीर घाइते भएकामध्ये केही उपचारपछि डिस्चार्ज भएका छन् । केहीलाई अझै पनि अस्पतालमै राख्नुपर्ने भएको छ । कोटेश्वरस्थित कोठा छिर्नै लाग्दा गोली लागेका दाजुबहिनी दिनेश खत्री र रेबिका खत्री निजामती अस्पतालमा उपचारका लागि पुगेका थिए । दिनेश अस्पतालबाट डिस्चार्ज भइसेका छन् ।

बहिनीको अहिले पनि सघन उपचार कक्ष (आईसीयु) मा उपचार भइरहेको छ । गोलीले उनको तिघ्रा क्षतविक्षत भएकाले उपचारमा पनि लामो समय लागेको हो ।


पहिलो दिन उनी छर्राले लागेको घाउ सामान्य मान्दै घर फर्किए । तर भोलिपल्ट दुवै सात सुन्निए । ‘अस्पतालमा एक्सरे गर्दा दुवै हातमा छर्रा भित्रैसम्म छिरेको देखियो’, उनले भने, ‘त्यसपछि उपचारका लागि केएमसी अस्पतालमा भर्ना भएँ ।’

अहिले उनका दुवै हातको शल्यक्रिया गरेर छर्रा निकालिएको छ । छर्रा सानै भए पनि ठूलो अप्रेशन गर्नुपरे कार्कीले बताए । ‘आन्दोलन सामान्य होला भनेर आएँ, अहिले पछुतो भइरहेको छ’, उनले अस्पतालको बेडबाट भने ।

उनी केएमसी भर्ना भएको ८ दिन बितेको छ । कोठमा दिदीको सानो बच्चा छ । ‘बुवाआमा गाउँमै हुनुहुन्छ । बेडमा कुर्ने मान्छे कोही छैन’, उनले भने, ‘कहिलेकाहीँ साथी आउँछन् । अब त डिस्चार्ज गर्र्छौं भन्नु भएको छ डाक्टरले । तर घाउ कहिले निको हुन्छ थाहा छैन ।’

गोली लागेर घाइते भएका ६ जना उनीसँगै केएमसी अस्पतालमा भर्ना भएका थिए । तीमध्ये ४ जना डिस्चार्ज भइसकेका छन् । कार्की र अर्का घाइतेको अझै उपचार जारी छ ।



उपचार निःशुल्क

आन्दोलनका क्रममा घाइते भएकाको सरकारले निःशुल्क उपचार गर्ने भनेको थियो । तर केही अस्पतालले बिरामीबाट पैसा लिएको गुनासो आइरहेको थियो ।

केएमसी र निजामती अस्पतालमा घाइतेको उपचार निःशुल्क भइरहेको पाइएको छ । घाइतेहरूले अहिलेसम्म निःशुल्क उपचार भएको बताएका छन् । केएमसीमा उपचाररत कार्कीले बेडमा भर्ना हुनुअघि थोरै खर्च लागे पनि अहिले उपचार निःशुल्क भइरहेको बताए ।


अहिले औषधि लगायत कुनै पनि उपचारको शुल्क तिर्नु नपारेको उनले बताए । त्यस्तै निजामती अस्पतालमा रेबिकाको पनि निःशुल्क भइरहेको उनका दाजु दिनेशले बताए ।

दिनेशका अनुसार सुरुमा आप्mनै पैसा लगाए पनि अहिले निःशुल्क उपचार भइरहेको छ । ‘उपचारमा लागेको खर्च पनि फिर्ता गर्ने भनिएको छ’, उनले भने, ‘तर अहिलेसम्म पाइसकेका छैनौँ।’

प्रकाशित मिति : २४ चैत्र २०८१, आइतबार  ७ : ४१ बजे

राप्रपामा बढ्दो टकरावबीच रेखाको टिप्पणी- विशेष महाधिवेशनको माग भएन र ?

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की केन्द्रीय सदस्य एवम् अभिनेत्री

पक्राउ परेकी दक्षिण कोरियाली पूर्वप्रथम महिला बस्ने जेलमा पङ्खा छ, एसी छैन

सियोल– दक्षिण कोरियाकी पूर्वप्रथम महिला किम किओन हीलाई पूँजी बजार

कैलालीस्थित कारागारमा भएको घटनाको निष्पक्ष छानबिन गर्न निर्देशन

काठमाडौं– प्रतिनिधिसभाअन्तर्गत कानुन, न्याय तथा मानवअधिकार समितिले कैलालीस्थित कारागार कार्यालय

बागलुङमा एक लाख ९३ हजार पशुचौपायालाई खोप

ढोरपाटन – जिल्लामा एक लाख ९३ हजार ७२२ पशुचौपायालाई खोप