तीनकुनेको राजावादी आन्दोलनका क्रममा २० जनालाई लाग्यो गोली « Khabarhub

तीनकुनेको राजावादी आन्दोलनका क्रममा २० जनालाई लाग्यो गोली


१९ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


426
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत शुक्रबार काठमाडौंको तीनकुनेमा भएको राजावादीहरूको आन्दोलनका क्रममा झडप हुँदा प्रहरीले चलाएको गोली २० जनालाई लागेको खुलेको छ।

दुर्गा प्रसाईं र नवराज सुवेदी नेतृत्वमा राजावादीहरूले गरेको आन्दलनमा हिंसात्मक झडप हुँदा प्रहरीले गोलीसमेत चलाएको थियो ।

त्यसक्रममा १८ जना पुरूष र २ जना महिलासहित २० जनालाई गोली लागेको पुष्टि बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता एवम् डीआईजी दिनेश आचार्यले गरेका छन् ।

‘त्यस आन्दोलनका क्रममा ७४६ राउन्ड अश्रुग्यास हानिएको थियो । प्रहरीले झडपका क्रममा बन्दुकबाट ब्ल्याङ्क १९२ राउन्ड चलाएको थियो । त्यसमा ५८ वटा लाइट राउन्ड हानिएको थियो । पेस्तोलको गोली ३ राउन्ड चलेको छ’, उनले भने, ‘त्यसक्रममा १८ पुरूष र २ महिलासहित २० जनालाई गोली लागेको तथ्यांक प्राप्त भएको छ ।’

राजावादीसँगको झडपका क्रममा ५५ जना नेपाल प्रहरी र २३ जना सशस्त्र प्रहरी घाइते भएको पनि उनले बताएका छन् । झडपका क्रममा अन्य कयौँ घाइते भए पनि सबै विवरण प्राप्त नभएको उनले बताए ।

कोटेश्वरको भाटभटेनी क्षेत्रमा पनि दुईजनालाई गोली लागेकोबारे अनुसन्धान भइरहेको उनले बताए । आचार्यले भाटभटेनी लुट्न पुगेको समूहलाई तितरबितर पार्ने क्रममा त्यस क्षेत्रमा पनि गोली चलेको हुन सक्ने जानकारी दिए ।

प्रकाशित मिति : १९ चैत्र २०८१, बुधबार  ५ : १९ बजे

चरन क्षेत्रको अभावले बाँकेका पशुपालक किसान सङ्कटमा

बाँके – बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौनाका बम्बबहादुर पुनमगरलाई कुनै

एनपीएलमा पाकिस्तानी खेलाडीको सभागिता अन्योलमा : क्रिकइन्फो

काठमाडौं- क्रिकेट पोर्टल क्रिकइन्फोले नेपाल प्रिमियर लिग (एनपीएल) मा पाकिस्तानका

कांग्रेसमा व्यापक एकता भएको छ, बाँकीलाई पनि एकताबद्ध गर्छौं : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसमा व्यापक एकता कायम

एनपीएलका सात टोलीका लोगो अंकित एक्स्ट्रीमका ‘स्पेसल एडिसन’ क्यान सार्वजनिक

काठमाडौं – एक्स्ट्रीम इनर्जी ड्रिङ्कले नेपाल प्रिमियर लिग (एनपीएल) को